प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 डिसेम्बर p. १
  • दिनभरि नै यहोवाको भय मान्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दिनभरि नै यहोवाको भय मान्‍नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • किन मानिसको होइन, परमेश्‍वरको भय मान्‍नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • यहोवाको डर मान्‍नुहोस्‌ र उहाँको पवित्र नाउँको महिमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 डिसेम्बर p. १

दिनभरि नै यहोवाको भय मान्‍नुहोस्‌

१ “परमप्रभुको भयनै ज्ञानको शुरू हो।” (भज. १११:१०) यसले हामीलाई खराबी त्यागेर भलाइ गर्न प्रोत्साहित गर्छ। (हितो. १६:६) यो भय भनेको हाम्रो सृष्टिकर्ताप्रति गहिरो श्रद्धा हो। यसले, उहाँलाई खुसी नपार्ने र अनाज्ञाकारी हुने कामहरू त्याग्न उत्प्रेरित गर्छ। यो, हामीले खेती गरेर दिनभरि नै प्रकट गर्नुपर्ने गुण पनि हो।—हितो. ८:१३.

२ शैतानको संसारको आत्माले हामीलाई दुष्ट कार्यहरूमा लाग्न दिनहुँ अचाक्ली दबाउ दिन्छ। (एफि. ६:११, १२) हाम्रो असिद्ध शरीर पापी भएको हुनाले स्वतः खराबीतिर ढल्कन्छ। (गला. ५:१७) तसर्थ, यहोवाका आज्ञाहरू पालन गर्न, आनन्दित हुन अनि जीवन पाउन दिनभरि नै उहाँको भय मान्‍नुपर्छ।—व्यव. १०:१२, १३.

३ हिब्रू १०:२४, २५ मा हामीलाई एक ठाउँमा भेला भएर “झन्‌ बढ़ता” एक अर्कालाई प्रोत्साहन दिने सल्लाह दिइएको छ। यी अन्तिम दिनहरूमा जोगिन चाहन्छौं भने हामी सभाहरूमा नियमित तवरले उपस्थित हुनुपर्छ। यहोवालाई अप्रशन्‍न तुल्याउने भयले हामीलाई सभामा उपस्थित हुन र त्यसको उद्देश्‍यको अझ बढी मूल्यांकन गर्न उत्प्रेरित गर्नेछ। परमेश्‍वरसँग डराउनेहरू मसीही सभाहरूमा भाग लिनुलाई पवित्र सुअवसर ठान्छन्‌।

४ राज्यको सुसमाचार प्रचार गर्ने आज्ञा पालन गर्नु पनि परमेश्‍वरलाई प्रेम गर्छौं भनेर देखाउने अर्को तरिका हो। (मत्ती २८:१९, २०; प्रेरि. १०:४२) प्रचार कार्यको प्रमुख उद्देश्‍य अरूलाई यहोवाको भय खेती गर्न र उहाँको इच्छाअनुरूप गरेर समर्पित हुन मदत गर्नु हो। हामी पुनःभेट गर्दै, बाइबल अध्ययन गर्ने प्रयास गरेर अनि त्यसपछि परमेश्‍वरका सम्पूर्ण आज्ञाहरू सिकाएर त्यसो गर्छौं। यसरी हामी यहोवाप्रति भय अनि छिमेकीप्रति प्रेम जाहेर गर्छौं।—मत्ती २२:३७-३९.

५ परमेश्‍वरको डर विकास नगर्नेहरूले आध्यात्मिक कुराहरूको मूल्यांकन गर्नसक्दैनन्‌ र तिनीहरू संसारको खतरनाक हावा अथवा मानसिक झुकाउको सिकार हुन्छन्‌। (एफि. २:२) हामी “परमेश्‍वरलाई मनपर्ने सेवा भक्‍ति र डरले चढ़ाउनसकौं” भनी दृढ संकल्प गर्नसकौं। (हिब्रू १२:२८) यसो गऱ्‍यौं भने, दिनैभरि यहोवाको भय मान्‍नेहरूले पाउने आशिष्‌ हामीले पनि पाउन सक्नेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने