प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 डिसेम्बर p. ८
  • साथीहरूको दबाउ र प्रचार गर्ने सुअवसर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साथीहरूको दबाउ र प्रचार गर्ने सुअवसर
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • साथीहरूको दबाब—के यो साँच्चै शक्‍तिशाली हुन्छ र?
    ब्यूँझनुहोस्‌!—२००२
  • म कसरी साथीहरूको दबाबको सामना गर्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००३
  • युवाहरू हो—साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • साथीहरूको दबाब—के यसले तपाईंलाई फाइदा पुऱ्‍याउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 डिसेम्बर p. ८

साथीहरूको दबाउ र प्रचार गर्ने सुअवसर

१ साथीहरूको दबाउ—फाइदाजनक वा हानिकारक दुवै हुनसक्छ। यहोवाका जनहरूले हामीलाई असल मसीही क्रियाकलापमा लाग्न प्रेरित गर्ने सकारात्मक दबाउ दिन्छन्‌। (हिब्रू १०:२४) तथापि, परिवारका गैर-साक्षी सदस्य, सहकर्मी, स्कूलका साथीहरू, छिमेकी अथवा अन्य चिनेजानेका मानिसहरूले मसीही सिद्धान्तहरूसित मेल नखाने मार्ग अपनाउन दबाउ दिनसक्छन्‌। तिनीहरूले “ख्रीष्टमा भएको [हाम्रो] जीवनको असल चाल-चलनलाई निन्दा” गर्नसक्छन्‌। (१ पत्रु. ३:१६) उसोभए हामीले भोग्नसक्ने साथीहरूको नकारात्मक दबाउका बावजूद प्रचार गरिरहने हाम्रो संकल्प कसरी कायमै राख्नसक्छौं त?

२ परिवारका सदस्य: कहिलेकाहीं, श्रीमान्‌ तथा बुबा जो यहोवाका साक्षी होइनन्‌, तिनीहरूले आफ्नी पत्नी तथा छोराछोरीहरूले जन सेवकाईमा भाग लिएको नचाहन सक्छन्‌। यस्तै परिस्थिति मेक्सिकोको एउटा परिवारको पनि थियो। एक जना मानिसकी श्रीमती र सात जना छोराछोरीहरू सच्चाइमा आए। आफ्नो परिवारले घर घर प्रचार गरेर बाइबल अध्ययनको प्रस्ताव राखेको मन नपरेको कारण सुरु सुरुमा तिनले विरोध गरे। तिनले यो काम गर्दा तिनीहरूको प्रतिष्ठामा आँच आउँछ भन्‍ने महसुस गरेका थिए। तथापि, तिनकी श्रीमती र छोराछोरीहरू यहोवाको सेवा गर्ने अनि सेवकाईमा नियमित तवरमा भाग लिने आफ्नो निर्णयप्रति अडिग रहे। पछि, त्यस मानिसले पनि प्रचार कार्यसम्बन्धी परमेश्‍वरको प्रबन्ध स्वीकार्नुको महत्त्व बुझ्न थाले र आफू पनि यहोवाप्रति समर्पित भए। तिनले १५ वर्षपछि मात्र सच्चाइ स्वीकारे। तिनको परिवारले प्रचार गर्ने सुअवसरमा लागिरहन छोडेका भए के तिनले कहिल्यै त्यसरी सच्चाइ स्वीकार्न सक्थे होलान्‌ र?—लूका १:७४; १ कोरि. ७:१६.

३ सहकर्मी: तपाईंले आफ्ना सहकर्मीहरूलाई साक्षी दिन गर्नुभएको प्रयासलाई कसै कसैले निको नमान्लान्‌। एक जना बहिनीले बताएअनुसार आफ्नो कार्यालयमा यस संसारको अन्तबारे छलफल भइरहेको बेला तिनले मत्ती अध्याय २४ पढ्‌न सबैलाई सल्लाह दिंदा सबैले तिनलाई खिसी गरे। तथापि, केही दिनपछि तिनको सहकर्मीहरूमध्ये एक जनाले त्यो अध्याय पढेर निकै प्रभावित भएको कुरा तिनलाई बताइन्‌। त्यसपछि, प्रकाशन प्रस्तुत गरियो र तिनी र तिनको पतिसित बाइबल अध्ययन गर्ने प्रबन्ध पनि मिलाइयो। सबैभन्दा पहिलो अध्ययन बिहानको दुई बजे सिद्धियो। तेस्रो अध्ययनपछि तिनीहरू सभामा उपस्थित हुन थाले र त्यसको केही समय पछि नै सुर्ती सेवन गर्न छोडेर सेवकाईमा पनि भाग लिन थाले। हाम्री बहिनी सहकर्मीहरूसित आफ्नो आशा बाँड्‌न आफै अग्रसर नभएकी भए के यसो हुन्थ्यो होला र?

४ स्कूलका साथी: किशोरकिशोरी साक्षीहरूले स्कूलका साथीहरूको दबाउ अनुभव गर्नु र प्रचारको काममा भाग लिंदा अरू केटाकेटीहरूले हेला गर्लान्‌ भनेर डराउनु कुनै नौलो कुरा होइन। संयुक्‍त राज्यका एक जना मसीही युवतीले यसो भनिन्‌: “अरूले मलाई जिस्क्याउलान्‌ भन्‍ने डरले म साथीहरूलाई साक्षी दिनै डराउँछु।” त्यसैले, तिनले आफ्ना स्कूलका साथीहरूलाई तथा क्षेत्रमा साक्षी दिने अवसरलाई नै त्यागिन्‌। साथीहरूको दबाउ सामना गर्ने बल तपाईं कसरी विकास गर्न सक्नुहुन्छ? यहोवामा भरोसा गर्नुहोस्‌ र उहाँको हार्दिक अनुमोदन खोज्नुहोस्‌। (हितो. २९:२५) सेवकाईमा परमेश्‍वरको वचन चलाउन तपाईंले पाउनुभएको क्षमतामाथि गौरव गर्नुहोस्‌। (२ तिमो. २:१५) भर्खरै उल्लेख गरिएकी युवतीले आफ्ना स्कूलका साथीहरूसित कुरा गर्ने इच्छा खेती गर्न मदत गर्नुहोस्‌ भन्दै यहोवालाई प्रार्थना गरिन्‌। तिनले स्कूलमा अनौपचारिक साक्षी दिन थालिन्‌ र परिणाम राम्रो भएको देखेर आफूले चिनेका सबैसित कुरा गर्न थालिन्‌। अन्तमा तिनले यसो भनिन्‌: “जवान मानिसहरूलाई भविष्यको आशा चाहिन्छ र तिनीहरू पाउन पनि चाहन्छन्‌ अनि यहोवाले तिनीहरूलाई मदत गर्न हामीलाई चलाइरहनु भएको छ।”

५ छिमेकी: हामी र हाम्रो विश्‍वास देखेर झर्को मान्‍ने छिमेकी अथवा अरू चिनेजानेका मानिसहरू पनि हुनसक्छन्‌। तिनीहरूले के सोच्लान्‌ भनेर डर लाग्छ भने तपाईं आफैलाई यो प्रश्‍न सोध्नुहोस्‌: ‘अनन्त जीवनतर्फ लैजाने सत्य के तिनीहरूलाई थाह छ? तिनीहरूको हृदयसम्म पुग्न म के गर्नसक्छु?’ एक जना क्षेत्रीय निरीक्षकले छिमेकीहरूलाई अलिअलि तर नियमित तवरमा साक्षी दिंदा असल परिणाम प्राप्त भएको देखे। इमान्दार हृदयभएका मानिसहरू खोजिरहन आवश्‍यक बल अनि बुद्धिको लागि यहोवालाई बिन्ती गरिरहनुहोस्‌।—फिलि. ४:१३.

६ साथीहरूको नकारात्मक दबाउका कारण हार मान्यौं भने विरोधीहरू खुसी हुनसक्छन्‌, तर त्यसो गर्दा के तिनीहरू वा हामीलाई फाइदा हुन्छ र? येशूलाई उहाँको आफ्नै समुदायले विरोध गरे। उहाँले आफ्नै सौतेनी भाइहरूका नमीठा वचनहरू सहनुपऱ्‍यो। तर परमेश्‍वरले उहाँका लागि रोज्नुभएको मार्गमा अटल रहिरहेको खण्डमा मात्र तिनीहरूलाई मदत गर्न सकिनेछ भनेर उहाँलाई थाह थियो। तसर्थ, येशूले “पापीहरूबाट उहाँको विरुद्धमा भएको यतिका विवादहरू सहनु[भयो।]” (हिब्रू १२:२, ३) हामीले पनि त्यसै गर्नुपर्छ। राज्य सन्देश प्रचार गर्ने सुअवसरको सकेसम्म बढी लाभ उठाउने अठोट गर्नुहोस्‌। यसो गरेर तपाईंले “आफूलाई र [तपाईंलाई] सुन्‍नेलाई समेत उद्धार” गर्नुहुनेछ।—१ तिमो. ४:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने