प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 मे पृ. ५
  • सरलीकृत ग्राहक नवीकरण प्रकिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सरलीकृत ग्राहक नवीकरण प्रकिया
  • हाम्रो राज्य सेवकाई—२००१
हाम्रो राज्य सेवकाई—२००१
km01 मे पृ. ५

सरलीकृत ग्राहक नवीकरण प्रकिया

प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-का ग्राहकहरूले ग्राहक अवधि सकिएको सूचना दुईवटा लिखित फारामद्वारा पाउने गर्थे। पहिलो लिखित सूचना, मण्डलीद्वारा वितरण गरिने पूर्वमुद्रित एक्सपाइरिङ सब्स्‌क्रिप्सन स्लिप हो। यस फारामद्वारा ग्राहकहरूलाई पुनः नवीकरण गर्ने सुझाउ दिइन्छ।

दोस्रो लिखित सूचना, ग्राहक नवीकरण फाराम थियो। यस फारामलाई प्याक गरिएको पत्रिका भित्र राखेर हुलाकमार्फत सीधै ग्राहककहाँ पठाइन्थ्यो। सरलीकृत साहित्य वितरण प्रबन्ध लागू भएपछि यस प्रकियालाई रद्द गरिएको थियो। यद्यपि, ब्रेल लिपिमा नाम र ठेगाना प्राप्त गर्ने ग्राहकहरूको लागि भने यो प्रक्रिया कायमै राखिनेछ।

प्रकाशक तथा अग्रगामीहरूलाई ग्राहक बन्‍नुको सट्टा मण्डलीले प्राप्त गर्ने पत्रिकाहरूबाटै व्यक्‍तिगत प्रति लिन प्रोत्साहित गरिन्छ। यसले सोसाइटीको काम र खर्च घटाउँछ।—सोसाइटीले अक्टोबर १५, १९९९ मा भारतका सम्पूर्ण मण्डलीहरूलाई पठाएको पत्रको पृष्ठ २ को विषय “प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को ग्राहक बनाउने सन्दर्भमा के गर्ने?” हेर्नुहोस्‌।

क्षेत्र सेवामा ग्राहक बन्‍नेहरूलाई दिइने प्रमुख लिखित सूचना, मण्डलीद्वारा वितरण गरिने पूर्वमुद्रित एक्सपाइरिङ सब्स्‌क्रिप्सन स्लिप हुनेछ। मण्डलीमा यी फारामहरू आइपुग्ने बित्तिकै ग्राहक बनाउने प्रकाशकलाई सम्बन्धित फारामहरू जिम्मा दिने कोसिस गर्नुपर्छ। अब उप्रान्त ग्राहकहरूले प्याक गरेको पत्रिका भित्र नवीकरण फाराम प्राप्त नगर्ने भएकाले यी जिज्ञासु व्यक्‍तिहरूलाई यथासक्य छिटो भेट्‌नु अत्यन्त जरुरी छ। व्यक्‍तिविशेषको साँचो चासो छ वा छैन र उसलाई पुनः पत्रिका दिइएको खण्डमा लाभ उठाउनेछन्‌ कि छैनन, निर्णय गर्ने प्रयत्न गर्नुपर्छ। यदि चासो छ र फाइदा उठाउलान्‌ जस्तो छ भने, ग्राहक प्रति पठाउँदा लाग्ने हुलाक खर्च बचाउन हामी सबैले यस्ता व्यक्‍तिहरूलाई आफ्नो पत्रिका रुटमा समावेश गर्ने विचार गर्न सक्छौं। यसरी ग्राहक नवीकरण गर्नुको सट्टा हरेक नयाँ अंकहरू जिज्ञासु व्यक्‍तिहरूकहाँ आफैले पुऱ्‍याएर उनीहरूको चासो बढाउन सकिन्छ। तर पत्रिका पुऱ्‍याउनु त्यति व्यावहारिक नदेखिएमा ग्राहक नवीकरण गर्न सकिन्छ। नवीकरण गर्दा पूर्वमुद्रित एक्सपाइरिङ सब्स्‌क्रिप्सन स्लिप पठाउनु नै धेरै उपयुक्‍त हुनेछ किनकि यसो गर्दा नवीकरण प्रक्रिया ढिलो हुँदैन। ग्राहक नवीकरणहरू मण्डलीमार्फत पठाउनुपर्छ।—हाम्रो राज्य सेवकाई, नोभेम्बर १९८८ पृष्ठ ४ र फेब्रुअरी १९८६ पृष्ठ ४ (अंग्रेजी) हेर्नुहोस्‌।

धेरै टाढा वा पृथक इलाकामा बस्ने ग्राहकहरूलाई एक्सपाइरिङ सब्स्‌क्रिप्सन स्लिप मण्डलीले हुलाकमार्फत पठाउन सक्छन्‌।

यी समसमायिक पत्रिकाहरूले अन्धकारमय संसारमा आध्यात्मिक ज्योति चम्काइरहनेछन्‌। यो नयाँ प्रबन्धमा सबैबाट सहयोग मिल्नेछ भन्‍ने हामीले विश्‍वास लिएका छौं ताकि प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-का सम्पूर्ण ग्राहकहरूको एउटै पनि अंक नछुटोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने