जिल्ला तथा अन्तरराष्ट्रिय अधिवेशनहरूले परमेश्वरलाई महिमा दिन हामीलाई उत्प्रेरित गर्छ!
हालसम्म सम्पन्न “परमेश्वरलाई महिमा दिनुहोस्” जिल्ला तथा अन्तरराष्ट्रिय अधिवेशनहरूले बृहत् साक्षी दिएको छ। यी महत्त्वपूर्ण ईश्वरतान्त्रिक घटनाहरूले यहोवाको नाउँ महिमित गर्ने काम गर्नुका साथै “परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा” दिने हाम्रो क्षमतालाई अझ बढाएको छ। (भज. ९६:८) साँच्चै, उहाँ महिमा पाउन योग्यको हुनुहुन्छ किनभने उहाँका उत्कृष्ट सृजनात्मक कार्यहरूले उहाँका उद्भुत गुणहरू झल्काउँछ।—अय्यू. ३७:१४; प्रका. ४:११.
आफ्नो व्यक्तिगत टिपोट तथा निम्न प्रश्नहरू चलाउँदै जनवरी १९ को हप्तामा हुने अधिवेशन कार्यक्रमको पुनरावृत्ति तयारी गर्नुहोस् र त्यसमा भाग लिनुहोस्।
१. निर्जीव सृष्टिले कसरी परमेश्वरको महिमाको वर्णन गर्छ र त्यो, मानिसहरूले उहाँको प्रशंसा गर्ने तरिकाभन्दा कसरी फरक छ? (भज. १९:१-३; “सृष्टिले परमेश्वरको महिमाको वर्णन गर्छ”)
२. रूप परिवर्तनले वर्तमान कुन वास्तविकतालाई पूर्वचित्रण गर्छ र कुन तरिकामा आज मसीहीहरू यस वास्तविकताले गर्दा उत्साहित भएका छन्? (मुख्य भाषण, “महिमित भविष्यसूचक दर्शनहरूले हामीलाई उत्साहित गर्छन्!”)
३. अगमवक्ता दानियलले देखाएको जस्तो नम्रता हामी कसरी खेती गर्न सक्छौं र यसो गरेर हामी कसरी लाभ उठाउनेछौं? (दानि. ९:२, ५; १०:११, १२; “यहोवाको महिमा नम्रहरूमा प्रकट हुन्छ”)
४. (क) आमोसको भविष्यवाणीबाट हामी ईश्वरीय न्यायबारे कुन तीनवटा कुरा सिक्न सक्छौं? (आमोस १:३, ११, १३; ९:२-४, ८, १४) (ख) आमोस २:१२ मा दिइएको चेतावनीमूलक उदाहरणबाट आज यहोवाका साक्षीहरूले कस्तो व्यावहारिक पाठ सिक्न सक्छन्? (“आमोसको भविष्यवाणी—हाम्रो समयको लागि यसको सन्देश”)
५. (क) कुनै व्यक्ति रक्सी पिएर नमात्तिए तापनि अचाक्ली रक्सी पिउनुका खतराहरू के-के हुन्? (ख) अचाक्ली रक्सी पिउने समस्या कसरी सुधार गर्न सकिन्छ? (मर्कू. ९:४३; एफि. ५:१८; “रक्सी दुर्व्यसनको पासोबाट अलग रहनुहोस्”)
६. “सी द गूड ल्याण्ड” भन्ने नयाँ प्रकाशनबाट तपाईंले कसरी लाभ उठाइरहनुभएको छ? (“ ‘त्यो असल भूमि’—प्रमोदवनको पूर्वझलक”)
७. हामी कुन तीन तरिकामा ‘ऐनाले जस्तै प्रभुको तेजलाई देखाउन सक्छौं?’ (२ कोरि. ३:१८; “ऐनाले जस्तै प्रभुको तेजलाई देखाउनुहोस्”)
८. अनुचित घृणाको स्रोत के हो र यस्तो किसिमको घृणाको सामना गर्नुपरे तापनि कुन कुराले हामीलाई आफ्नो निष्ठा कायम राख्न मदत गर्न सक्छ? (भज. १०९:१-३; “विनाकारण घृणा गरिएको”)
९. महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोण के हो र यस्तो दृष्टिकोण अझ बढी विकास गर्नु आवश्यक छ भन्ने कुरा एक जना व्यक्तिले कसरी पत्ता लगाउन सक्छ? (मत्ती २०:२०-२६; “महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोण विकास गर्ने”)
१०. शारीरिक थकानको बावजुद कुन कुराले हामीलाई आध्यात्मिक तवरमा बलियो रहन मदत गर्न सक्छ? (“थकित तर लत्तो नछाड्ने”)
११. शैतानले झूट प्रवर्धन गर्ने केही माध्यमहरू के-के हुन् र हाम्रो विश्वास उल्ट्याउन गरिने प्रयासहरूको उपयुक्त धर्मशास्त्रीय जवाफ के हो? (यूह. १०:५; “ ‘बिरानो सोरदेखि’ सजग रहनुहोस्”)
१२. (क) आमाबाबुले मर्कूस १०:१४, १६ मा उल्लिखित येशूको उदाहरण कसरी पछ्याउन सक्छन्? (ख) लर्न फ्रम द ग्रेट टिचर भन्ने नयाँ पुस्तकको कुन कुरा तपाईंलाई मनपऱ्यो? (“हाम्रा छोराछोरी—बहुमूल्य उत्तराधिकार”)
१३. युवाहरूले कसरी यहोवाको प्रशंसा गरिरहेका छन्? (१ तिमो. ४:१२; “युवाहरूले कसरी यहोवाको प्रशंसा गरिरहेका छन्”)
१४. “सतावटको बावजुद निडर भई साक्षी दिने” विषयक नाटकको कस्ता दृश्यहरू तपाईंलाई झलझली याद आउँछ?
१५. (क) पत्रुस र यूहन्ना? (प्रेरि. ४:१०) (ख) स्तिफनस? (प्रेरि. ७:२, ५२, ५३) (ग) प्रथम शताब्दीको मसीही मण्डलीले बसालेको उदाहरण हामी कसरी अनुकरण गर्न सक्छौं? (प्रेरि. ९:३१; नाटक तथा “सुसमाचार सुनाउन ‘बन्द नगर्नुहोस्’ ” विषयक भाषण)
१६. (क) हामी कुन-कुन तरिकाहरूमा परमेश्वरलाई महिमा दिन कटिबद्ध छौं? (ख) जसै हामी “परमेश्वरलाई महिमा दिनुहोस्” विषयक अधिवेशनमा सिकेका कुराहरू लागू गर्छौं, हामी कुन कुराबारे विश्वस्त हुन सक्छौं? (यूह. १५:९, १०, १६; “यहोवाको महिमाको निम्ति ‘धेरै फल फलाइरहनुहोस्’ ”)
अधिवेशनमा प्रस्तुत गरिएको राम्रो आध्यात्मिक निर्देशनमा मनन गर्दा हामी आफूले सिकेका कुराहरू व्यवहारमा उतार्न उत्प्रेरित हुनेछौं। (फिलि. ४:८, ९) यसले “सबै परमेश्वरकै महिमाको निम्ति” गर्ने हाम्रो संकल्पलाई बलियो बनाउनेछ।—१ कोरि. १०:३१.