प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 नोभेम्बर p. ४
  • यहोवासित घनिष्ठता बढाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवासित घनिष्ठता बढाउने
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • “परमेश्‍वरको नजीक आओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवासित घनिष्ठता बढाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • के तपाईं यहोवासित साँच्चै नजिक हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • आध्यात्मिक प्रगति गरिरहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 नोभेम्बर p. ४

यहोवासित घनिष्ठता बढाउने

१. एउटी बहिनीले आफ्नो आध्यात्मिक तालिकाबारे कस्तो महसुस गरिन्‌?

१ एउटी मसीही बहिनी यस प्रकार स्वीकार्छिन्‌, “बितेका २० वर्ष वा त्योभन्दा बढी समयदेखि म सच्चाइमा टिकिरहेको एक मात्र कारण त सभाहरूमा उपस्थित भएकोले र क्षेत्र सेवकाईमा भाग लिएकोले रहेछ।” तथापि, तिनी अझै यसो भन्छिन्‌: “यी महत्त्वपूर्ण छन्‌ तर समस्या सुरु हुन थालेपछि मलाई थामिराख्ने कुरा यिनीहरू मात्र होइनन्‌ भनेर मैले अन्तमा बुझें। . . . मैले आफ्नो सोचाइमा परिवर्तन गर्नुपरेको र एउटा अर्थपूर्ण अध्ययन कार्यक्रम सुरु गर्नुपरेको देखें ताकि यहोवालाई साँच्चै चिन्‍न सकूँ र उहाँलाई माया गर्न अनि उहाँको पुत्रले हामीलाई दिनुभएको कुराको मूल्यांकन गर्न सकूँ।”

२. यहोवासित घनिष्ठता बढाउनु किन महत्त्वपूर्ण छ?

२ यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्न प्रयत्न गर्नु आवश्‍यक छ। यसो गर्नुमा मसीही गतिविधिको तालिका अनुरूप चल्नु मात्र पर्याप्त छैन। यहोवासित नियमित रूपमा कुराकानी गर्न चुक्यौं भने, समयको अन्तरालमा उहाँ हाम्रो लागि एक समयको घनिष्ठ मित्रजस्तै हुनुहुनेछ, जससँग हाम्रो लामो समयदेखि सम्पर्क हुन सकेको छैन। (प्रका. २:४) आउनुहोस्‌, व्यक्‍तिगत बाइबल अध्ययन र प्रार्थनाले कसरी हामीलाई यहोवासित घनिष्ठता बढाउन मदत गर्न सक्छ, हामी जाँचौं।—भज. २५:१४.

३. व्यक्‍तिगत अध्ययनको सम्बन्धमा कुन कुराले हामीलाई परमेश्‍वरसित नजिक हुन मदत गर्छ?

३ प्रार्थना र मनन अत्यावश्‍यक: हृदयलाई भरण-पोषण गर्ने व्यक्‍तिगत अध्ययन गर्दा, अध्ययन सामग्रीमा दिइएका मुख्य बुँदाहरूमा धर्सो तान्‍नु र उद्धृत शास्त्रपदहरू पल्टाएर हेर्नु मात्र पर्याप्त छैन। व्यक्‍तिगत अध्ययन भनेको त प्रस्तुत जानकारीले यहोवाका तौरतरिका, स्तर अनि व्यक्‍तित्वबारे के प्रकट गर्छ, त्यस विषयमा विचार गर्नु हो। (प्रस्थ. ३३:१३) आध्यात्मिक कुराहरू बुझ्दै जाँदा त्यसले हाम्रो भावनामा असर गर्नुका साथै आफ्नो जीवनबारे सोच्न झकझकाउँछ। (भज. ११९:३५, १११) यहोवासित घनिष्ठ हुने उद्देश्‍य राखेर व्यक्‍तिगत अध्ययन गर्नुपर्छ। (याकू. ४:८) गहन अध्ययन गर्नको लागि समय र उपयुक्‍त वातावरण हुनु जरुरी छ अनि नियमित रूपमा अध्ययन गर्न अनुशासन चाहिन्छ। (दानि. ६:१०) तपाईंको जीवन अति व्यस्त भए तापनि यहोवाका अद्‌भुत गुणहरूबारे मनन गर्न के तपाईंले हरेक दिन समय छुट्याउनुहुँदैछ?—भज. ११९:१४७, १४८; १४३:५.

४. व्यक्‍तिगत अध्ययनको सन्दर्भमा प्रार्थनाले कसरी हामीलाई यहोवासित घनिष्ठता बढाउन मदत गर्छ?

४ हार्दिक प्रार्थना अर्थपूर्ण व्यक्‍तिगत अध्ययनको अभिन्‍न भाग हो। बाइबल सत्यले हाम्रो हृदयलाई उत्तेजित गराउन र “परमेश्‍वरलाई मनपर्ने सेवा भक्‍ति र डरले चढ़ाउन” उत्प्रेरित गर्नको लागि हामीलाई परमेश्‍वरको पवित्र आत्मा चाहिन्छ। (हिब्रू १२:२८) त्यसकारण, हामीले हरेक अध्ययन यहोवालाई उहाँको आत्मा मागेर सुरु गर्नुपर्छ। (मत्ती ५:३) धर्मशास्त्रमा गहिरिएर ध्यान दिनुका साथै यहोवाको संगठनले प्रबन्ध गरेका अध्ययन सहायकहरू प्रयोग गर्दा, हामी यहोवालाई आफ्नो मनका कुराहरू पोखाउँछौं। (भज. ६२:८) यसरी अध्ययन गर्नु उपासनाको एउटा भाग हो, जसद्वारा हामी यहोवाप्रतिको आफ्नो भक्‍ति व्यक्‍त गर्नुका साथै उहाँसितको हाम्रो सम्बन्धलाई बलियो बनाउँछौं।—यहू. २०, २१.

५. हरेक दिन परमेश्‍वरको वचनमा मनन गर्नु किन हाम्रो लागि महत्त्वपूर्ण छ?

५ अन्य सम्बन्धहरूमा जस्तै यहोवासितको हाम्रो सम्बन्धलाई पनि निरन्तर भरण-पोषण गरिरहनै पर्छ किनभने यसो गर्दा यो सम्बन्ध हाम्रो जिन्दगीभर बढिरहनेछ। त्यसैकारण, यहोवाको नजिक गयौं भने, उहाँ पनि हाम्रो नजिक आउनुहुनेछ भन्‍ने कुरा मनमा राख्दै परमेश्‍वरसित नजिक हुन हरेक दिन हामी समय निकाल्न सकौं।—भज. १:२, ३; एफि. ५:१५, १५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने