परमेश्वरद्वारा समर्थित कार्य
१ आज परमेश्वरका सेवकहरूमध्ये कमैसित मात्र वर्तमान रीतिरिवाजमा उच्च शिक्षा, प्रशस्त धन वा ख्याति छ। त्यसैकारण, कोही-कोही मानिसहरूले हाम्रो सेवकाईलाई केही मोलको ठान्दैनन्। (यशै. ५३:३) तथापि, हामीले गर्ने बाइबल शैक्षिक कार्यले विश्वभरिका मानिसहरूलाई सान्त्वना तथा आशा प्रदान गरेको छ। साधारण मानिसहरूले यस्ता उल्लेखनीय परिणामहरू कसरी प्राप्त गर्न सकेका छन्? परमेश्वरको समर्थनले गर्दा मात्र यो सम्भव हुन सकेको हो। (मत्ती २८:१९, २०; प्रेरि. १:८) प्रेरित पावलले यसो भने, “शक्तिशाली कुराहरूलाई शर्ममा पार्नालाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई चुन्नुभयो।”—१ कोरि. १:२६-२९.
२ प्रेरितहरू तथा प्रथम शताब्दीका प्रायजसो मसीहीहरू “अपठित र अजान” थिए। (प्रेरि. ४:१३) यद्यपि, सुसमाचार प्रचार गर्ने आफ्नो जिम्मेवारीलाई तिनीहरूले साहसी भई गरिरहे र यहोवाले तिनीहरूको प्रयासमा आशिष् दिनुभयो। बाधा-बिघ्न र विरोधको बावजुद ‘यहोवाको वचन सामर्थ्यसँग बढ्दै गयो र प्रबल भयो।’ कुनै पनि कुराले त्यस कामलाई रोक्न सकेन किनभने यस काममा परमेश्वरको समर्थन थियो। (प्रेरि. ५:३८, ३९; १९:२०) वर्तमान समयमा पनि परिस्थिति त्यस्तै छ। शक्तिशाली शासकहरूको तीव्र विरोधले समेत सुसमाचार व्यापक रूपमा फैलिन र बढ्नदेखि रोक्न सकेको छैन।—यशै. ५४:१७.
३ सम्पूर्ण श्रेय परमेश्वरलाई: परमेश्वरका सेवकहरूको हैसियतमा अनुमोदन पाएको भए तापनि के यसले हामीलाई घण्डले फुल्ने कारण दिन्छ? पटक्कै दिंदैन। मसीही सेवकाईलाई सङ्केत गर्दै पावलले यस्तो लेखे: “शक्तिको सर्वश्रेष्ठ महत्त्व हामीबाट होइन, तर परमेश्वरको होस् भनेर हामीसँग यो धन माटाको भाड़ामा छ।” (२ कोरि. ४:७) परमेश्वरले दिनुभएको बलको भरमा आफ्नो सेवकाई पूरा गर्न सकेको हो भन्ने कुरा पावलले मानिलिए।—एफि. ६:१९, २०; फिलि. ४:१३.
४ “परमेश्वरबाट सहायता पाएको हुनाले” मात्र प्रचार कार्य सम्पन्न हुँदैछ भनेर हामी पनि मानिलिन्छौं। (प्रेरि. २६:२२) यस्तो विश्वव्यापी उद्घोषणामार्फत, चाँडै आउन लागेको न्यायबारे पूर्व सूचना दिएर सबै जातिहरूलाई अहिले नै हल्लाउन यहोवाले हामीलाई उल्लेखनीय ढङ्गमा प्रयोग गरिरहनुभएको छ। (हाग्गै २:७) महत्त्वपूर्ण आध्यात्मिक कटनी कार्यमा “परमेश्वरका सहकर्मी” हुन पाउनु कत्ति ठूलो सुअवसरको कुरा हो!—१ कोरि. ३:६-९.