प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 फेब्रुअरी पृ. १
  • येशूको अनुकरण गर्दै प्रचार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूको अनुकरण गर्दै प्रचार गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • मसीही सेवकाई —हाम्रो प्रमुख कार्य
    हाम्रो राज्य सेवकाई—२००३
  • “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • येशूले परमेश्‍वरको राज्यको विषयमा सिकाएको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • गालिलमा उहाँ आफ्नो सेवाको काम विस्तार गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
हाम्रो राज्य सेवकाई—२००७
km07 फेब्रुअरी पृ. १

येशूको अनुकरण गर्दै प्रचार गर्नुहोस्‌

१ हामीले कसरी प्रचार गर्नुपर्ने हो भनेर येशूले उदाहरण बसाल्नुभयो। येशू यहोवालाई र मानिसहरूलाई एकदमै माया गर्नुहुन्थ्यो भन्‍ने कुरा उहाँले थुप्रै अवसरमा र अनेक तरिकामा देखाउनुभयो। उहाँले नम्रहरूलाई सत्य सिकाउनुभयो, दुःखमा परेका र थिचोमिचोमा परेकाहरूलाई अपार दया देखाउनुभयो।—मत्ती ९:३५.

२ येशूको उदाहरण र शिक्षा: राजनैतिक कामकुरामा येशू अल्झिनुभएन। येशूले चाहनुभएको भए समाज सुधार हुने थुप्रै अरू असल काम गर्न सक्नुहुन्थ्यो तर गर्नुपर्ने मुख्य कामलाई अलमल्याउने कुनै पनि काम उहाँले गर्नुभएन। (लूका ८:१) सबै मानिसलाई पिरोल्ने समस्या सधैंको लागि समाधान गर्ने परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नमै उहाँ तल्लीन हुनुभयो। येशूले एकदमै महत्त्वपूर्ण काम गर्नुपर्ने थियो तर समय भने थोरै थियो। कफर्नहुमका मानिसहरू येशूलाई यहीं बस्नुहोस्‌ भन्दै थिए। तर येशूले चेलाहरूलाई भन्‍नुभयो: “आओ, हामीहरू अन्त कहीं . . . जाऔं, र त्यहाँ पनि म प्रचार गरूँ किनकि यसैको निम्ति म निस्किआएको हुँ।”—मर्कू. १:३८.

३ चेलाहरूलाई तालिम दिइसकेपछि उहाँले तिनीहरूलाई तोकेरै यस्तो निर्देशन दिनुभयो: “ ‘स्वर्गको राज्य नजीकै आइपुगेको छ,’ भन्दै प्रचार गर।” (मत्ती १०:७) परमेश्‍वरको राज्यलाई जीवनमा पहिलो स्थान दिनुपर्छ भनेर उहाँले चेलाहरूलाई सिकाउनुभयो। (मत्ती ६:३३) स्वर्ग जानुअघि येशूले चेलाहरूलाई भन्‍नुभएका अन्तिम शब्दहरूले अब तिनीहरूले के गर्नुपर्ने हो, त्यो प्रस्ट बुझायो। येशूले भन्‍नुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ।”—मत्ती २८:१९.

४ परमेश्‍वरको राज्यको महत्त्व: येशूको कुराकानीको मुख्य विषय नै परमेश्‍वरको राज्य थियो। यही उदाहरण पछ्याउन येशूले चेलाहरूलाई आग्रह गर्नुभयो। मानिसहरूले समस्या समाधान गर्न जति नै प्रयास गरे पनि कहिल्यै सफल हुँदैनन्‌। (यर्मि. १०:२३) परमेश्‍वरको राज्यले मात्र उहाँको नाउँलाई पवित्र पार्छ र मानिसहरूका समस्याहरू सधैंका लागि समाधान गर्छ। (मत्ती ६:९, १०) “घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै” मानिसहरूलाई परमेश्‍वरको राज्यबारे सत्य कुरा सिकाउँदा उनीहरू आनन्दित भएर जिउन सिक्छन्‌, अहिले नै जीवन सफल बनाउन सक्छन्‌ र भविष्यको भरपर्दो आशा पाउन सक्छन्‌।—इज. ९:४.

५ परमेश्‍वरको राज्यको प्रचार गर्ने काममा येशू अझै सक्रिय हुनुहुन्छ र उहाँले हामीलाई मदत दिन्छु भनेर ढुक्क गराउनुभएको छ। (मत्ती २८:२०) के हाम्रो सेवा येशूको जस्तै छ? (१ पत्रु. २:२१) प्रचारकार्यमा येशूले बसाल्नुभएको नमुना हामी यस आखिरी दिनमा पछ्याउने सक्दो कोसिस गरौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने