प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 जून p. १
  • ‘धेरै फल फलाइरहनुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘धेरै फल फलाइरहनुहोस्‌’
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • ‘तिमीहरूले धेरै फल फलाइरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • ‘धीरजी भई फल फलाउनेहरूलाई’ यहोवा माया गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 जून p. १

‘धेरै फल फलाइरहनुहोस्‌’

१ प्रतीकात्मक भाषामा येशूले आफूलाई साँचो दाखको बोट, आफ्नो पितालाई किसान र आफ्ना आत्मा-अभिषिक्‍त अनुयायीहरूलाई फल फलाउने हाँगासित तुलना गर्नुभयो। प्रतीकात्मक किसानको कामबारे वर्णन गर्दा येशूले दाखको बोटमा दह्रो गरी अडिरहनुपर्ने महत्त्वबारे जोड दिनुभयो। (यूह. १५:१-४) यसको पाठ हो: यहोवासित नजिकको व्यक्‍तिगत सम्बन्ध राख्ने प्रत्येक व्यक्‍ति “साँचो दाखको बोट” अर्थात्‌ येशू ख्रीष्टको फल फलाउने हाँगाजस्तो हुनुपर्छ। हामीले “आत्माको फल” र राज्य फल प्रशस्त फलाइरहनुपर्छ।—गला. ५:२२, २३; मत्ती २४:१४; २८:१९, २०.

२ आत्माको फल: आत्माको फल हामी कत्तिको देखाउँछौं, त्यसको आधारमा हाम्रो आध्यात्मिक प्रगति कत्तिको भएको छ भनेर भन्‍न सकिन्छ। नियमित तवरमा परमेश्‍वरको वचन अध्ययन गर्नुका साथै त्यसमा मनन गरेर के तपाईंले आत्माको फल खेती गर्ने प्रयास गरिरहनुभएको छ? (फिलि. १:९-११) पवित्र आत्माको लागि प्रार्थना गर्न नहिचकिचाउनुहोस्‌। पवित्र आत्माले परमेश्‍वरको महिमा हुने अनि आध्यात्मिक प्रगति गरिरहन मदत गर्ने गुणहरू तपाईंमा विकास गर्न सक्छ।—लूका ११:१३; यूह. १३:३५.

३ आत्माको फल खेती गर्दा अझ जोसिलो प्रचारकहरू हुने मदत पनि पाउँछौं। उदाहरणका लागि, प्रचारकार्यमा नियमित तवरमा भाग लिन आफ्नो व्यस्त तालिकाबाट समय निकाल्न हामीलाई प्रेम र विश्‍वासले उत्प्रेरित गर्नेछ। शान्ति, धीरज, दया, नम्रता र आत्म-संयमजस्ता गुणहरूले हामीलाई विरोधीहरूसित उचित व्यवहार गर्न मदत गर्छ। मानिसहरूले हाम्रो सन्देश सुन्‍न नचाहेको अवस्थामा पनि आत्माको एउटा फल, आनन्दले गर्दा प्रचारकार्यबाट सन्तुष्टि पाउन सक्छौं।

४ राज्य फल: हामी राज्य फल पनि फलाउन चाहन्छौं। यसमा “स्तुतिको बलिदान” अर्थात्‌ “[यहोवाको] नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल” समावेश छ। (हिब्रू १३:१५) जोसिलो अनि वफादार भई हामी यो फल फलाउँछौं। प्रचारकार्यमा आफ्नो सहभागिता बढाएर के तपाईंले अझ बढी राज्य फल फलाउने प्रयास गरिरहनुभएको छ?

५ आफ्ना विश्‍वासी अनुयायीहरूले फलाउने फलको मात्रा फरक-फरक हुनेछ भनी येशूले संकेत गर्नुभयो। (मत्ती १३:२३) त्यसकारण हामीले आफूलाई अरूसित तुलना गर्नुहुँदैन बरु आफूले यथासक्दो यहोवाको सेवा गर्नुपर्छ। (गला. ६:४) परमेश्‍वरको वचनको आधारमा आफ्नो परिस्थितिलाई इमानदार भई आत्म-परीक्षण गऱ्‍यौं भने ‘धेरै फल फलाएर’ यहोवाको महिमा गरिरहन सक्नेछौं।—यूह. १५:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने