प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 नोभेम्बर p. १
  • हामी परमेश्‍वरको राज्यले दिने आशा अरूसित बाँड्‌छौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी परमेश्‍वरको राज्यले दिने आशा अरूसित बाँड्‌छौं
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो आशालाई बलियो बनाइराख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवामा आशा राख्नुहोस्‌ र साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • साँचो आशा तपाईं कहाँ पाउन सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
  • भविष्यको आशा साकार हुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 नोभेम्बर p. १

हामी परमेश्‍वरको राज्यले दिने आशा अरूसित बाँड्‌छौं

१ दुःखकष्टले भरिएको यी आखिरी दिनमा थुप्रै मानिस आशाविहिन भएका छन्‌। (एफि. २:१२) कतिले भने भौतिक सर-सम्पत्ति, मानव सरकार, आधुनिक विज्ञान र यस्तै अन्य कुरामा भरोसा गरेर मूर्ख काम गरिरहेका छन्‌। तर उज्ज्वल भविष्यको आशाले गर्दा हामी अत्यन्तै ढुक्क छौं। हो, हामीसित “स्थिर र दृढ” अनि “प्राणको लङ्‌गर जस्तो” आशा छ।—हिब्रू ६:१९.

२ परमेश्‍वरको राज्य सुरु भएपछि पृथ्वी प्रमोदवन हुनेछ। मरिसकेका प्रियजनहरूको पुनरुत्थान हुनेछ। (प्रेरि. २४:१५) गरिबी, अन्याय, रोगबिमारी, वृद्धावस्था, मृत्यु फेरि हुनेछैन। (भज. ९:१८; मत्ती १२:२०, २१; प्रका. २१:३, ४) यहोवाले गर्नुभएका प्रतिज्ञामध्ये अब चाँडै पूरा हुने प्रतिज्ञा यिनै हुन्‌। यीमध्ये तपाईंलाई कुनचाहिं प्रतिज्ञा छिट्टै पूरा होस्‌ जस्तो लाग्छ?

३ सुसमाचार घोषणा गर्नुहोस्‌: परमेश्‍वरको राज्यले दिने आशा हामीले आफूसित मात्र राख्नुहुँदैन। परमेश्‍वर र छिमेकीप्रतिको मायाले हामीलाई येशूको अनुकरण गर्न र “गरीबहरूलाई सुसमाचार सुनाउन . . . कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिन . . . , अत्याचारमा परेकाहरूलाई अमलेख गराउन” उत्प्रेरित गर्छ। (लूका ४:१८) प्रेरित पावलले बजारमा अनि जहाँ-जहाँ मान्छे भेटिन्छन्‌, त्यहीं-त्यहीं सुसमाचार प्रचार गरे। तिनी असाध्यै जोसिलो भई सुसमाचार सुनाउँथे। (प्रेरि. १८:५) पावलले जस्तै जोसिलो भई सुसमाचार सुनायौं भने ‘जगत्‌को चिन्ता र धनको धोकाले’ हाम्रो मसीही आशालाई धमिलो पार्न सक्नेछैन।—मर्कू. ४:१९.

४ मानिसहरूले परमेश्‍वरको राज्यको सन्देश सुन्‍न चाहेनन्‌ भन्दैमा अथवा सरासर विरोध गरे भन्दैमा हाम्रो आशा धमिलो हुँदैन। ‘दृढ भई स्वीकार गरेको आशालाई हामी दोधार नभईकन दह्रिलोसँग थामिराख्छौं।’ (हिब्रू १०:२३, NRV) हामी ‘सुसमाचारसँग शर्माउँदैनौं।’ (रोमी १:१६) यसरी विश्‍वासमा अटल भइरह्‍यौं अनि लगनशील भएर प्रचार गरिरह्‍यौं भने त्यो देखेर भविष्यमा कोही-कोही हाम्रो सन्देश सुन्‍न अघि सर्न पनि सक्छन्‌।

५ मानिसहरूलाई संसारको खस्कँदो परिस्थितिबारे सोच्न लगाउनु उचित हो, तर त्यसो भन्दैमा हामी पृथ्वीको विनाशबारे प्रचार गर्ने निरर्थक मानिसहरू भने कदापि होइनौं। हामी परमेश्‍वरको राज्यले दिने आशा अर्थात्‌ परमेश्‍वरको राज्य आउँदैछ भनेर सुसमाचार सुनाउने प्रचारकहरू हौं। आउनुहोस्‌, हामी दृढ विश्‍वास र जोसले भरिएर सुसमाचार प्रचार गरिरहौं। त्यसो गऱ्‍यौं भने, “आफ्नो सम्पूर्ण आशा प्राप्त गर्नका निम्ति अन्त्यसम्मै” तत्परता देखाइरहन सक्नेछौं।—हिब्रू ६:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने