प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 सेप्टेम्बर p. ४
  • यहोवालाई प्रेम गर्न मानिसहरूलाई सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई प्रेम गर्न मानिसहरूलाई सिकाउनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई प्रेम गर्नू’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • येशूको अनुकरण गर्दै प्रेमसाथ सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • आफ्नो प्रेम सेलाउन नदिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 सेप्टेम्बर p. ४

यहोवालाई प्रेम गर्न मानिसहरूलाई सिकाउनुहोस्‌

१. कोही-कोही के कारण यहोवाप्रति आकर्षित हुन्छन्‌?

१ पहिलो पटक यहोवाबारे सुनेको क्षण के तपाईंलाई याद छ? के कारण तपाईं उहाँप्रति आकर्षित हुनुभयो? यहोवाका अद्वितीय गुणहरू, त्यसमा पनि उहाँको अनुकम्पा र प्रेमबारे थाह पाएपछि यहोवासित घनिष्ठ भएको कुरा थुप्रै इमानदार मानिसले तपाईंलाई बताउनेछन्‌।—१ यूह. ४:८.

२, ३. यहोवालाई अझ धेरै प्रेम गर्न बाइबल विद्यार्थीलाई सिकाउन बाइबलले सिकाउँछ पुस्तक कसरी प्रयोग गर्न सक्छौं?

२ “उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ”: यहोवाको प्रेम र उहाँसित व्यक्‍तिगत रूपमा घनिष्ठ हुनुपर्ने महत्त्वबारे बाइबलले सिकाउँछ पुस्तकमा जोड दिइएको छ। यहोवालाई अझ धेरै प्रेम गर्न मानिसहरूलाई सिकाउन हामी यो पुस्तक कसरी प्रयोग गर्न सक्छौं? नयाँ बुँदाबारे छलफल गर्दा सोच्न बाध्य पार्ने यस्ता प्रश्‍न सोध्न सक्छौं: “यस तथ्यले गर्दा यहोवाबारे के थाह पाउनुभयो?” अथवा “यो बुँदाले यहोवा नै सबैभन्दा असल पिता हुनुहुन्छ भन्‍ने कस्तो प्रमाण दिन्छ?” यसरी सिकाउँदा विद्यार्थीले यहोवासित आजीवन सम्बन्ध गाँस्ने मदत पाउन सक्छन्‌।

३ एक मात्र साँचो अनि जीवित परमेश्‍वरको ज्ञान लिन पाउनु सुअवसर हो भनेर बाइबल विद्यार्थीलाई बुझ्न मदत गर्दा उनीहरू पनि यशैयाका यी शब्दहरूसित सहमत हुनेछन्‌: “उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ।” (यशै. २५:९, NRV) विद्यार्थीलाई परमेश्‍वरको वचन बुझाउँदा ख्रीष्ट येशूको राजकीय शासन अन्तर्गत यहोवाको उद्देश्‍य पूरा भएर मानिसजातिले कसरी आशिष्‌ पाउनेछन्‌, त्यसबारे जोड दिनु जरुरी छ।—यशै. ९:६, ७.

४, ५. यहोवालाई प्रेम गर्नुको अर्थ के हो?

४ यहोवालाई प्रेम गरेको प्रमाण: यहोवालाई आफ्नो सारा हृदय, सारा प्राण अनि सारा मनले प्रेम गर्नुको अर्थ भावनामा बहेर उहाँलाई असाध्यै मन पराउनु मात्र होइन। उहाँको विचारलाई आफ्नो बनाउनैपर्छ; समर्थन गर्नैपर्छ। (भज. ९७:१०) परमेश्‍वरको सम्पूर्ण आज्ञा पालन गरेर अनि परीक्षा र सतावट आए तापनि “पवित्र जीवन [अर्थात्‌, “आचरण,” NW] र भक्‍तिमा [अर्थात्‌, “ईश्‍वरभक्‍तिका कार्यहरूमा,” NW]” निरन्तर व्यस्त रहेर परमेश्‍वरलाई साँच्चै प्रेम गरेको प्रमाण दिन सकिन्छ।—२ पत्रु. ३:११; २ यूह. ६.

५ परमेश्‍वरलाई प्रेम गरेकोले उहाँको इच्छाबमोजिम गर्दा आनन्द र सन्तुष्टि मिल्छ। (भज. ४०:८) परमेश्‍वरले दिएका सम्पूर्ण आदेश उहाँका सेवकहरूको अनन्त हितको लागि हो भनेर बाइबल विद्यार्थीले बुझेको हुनैपर्छ। (व्यव. १०:१२, १३) यहोवाको निर्देशनबमोजिम जीवन बिताएर व्यक्‍तिविशेषले उहाँका सम्पूर्ण अद्‌भुत कार्यहरूको गहिरो कदर गरेको कुरा देखाउँछ। यहोवाको धार्मिक मार्गमा चल्दा दुःख अनि पीडाबाट जोगिनेछौं भनेर बुझ्न विद्यार्थीलाई मदत गर्नुहोस्‌।

६. यहोवालाई प्रेम गर्ने व्यक्‍तिले कस्ता आशिष्‌ पाउँछन्‌?

६ परमेश्‍वरलाई प्रेम गर्नेहरूले पाउने आशिष्‌: यहोवालाई प्रेम गर्ने नम्र मानिसहरूको उहाँ असाध्यै हेरविचार गर्नुहुन्छ र तिनीहरूलाई आफ्ना “गहीरा गहीरा कुराहरू” प्रकट गर्नुहुन्छ। (१ कोरि. २:९, १०) यहोवाको उद्देश्‍यबारे यस्तो ज्ञान पाएर तिनीहरूले भविष्य उज्यालो देखेका छन्‌ र पक्का आशा पाएका छन्‌। (यर्मि. २९:११) यहोवालाई प्रेम गर्नेहरू उहाँको अपार दयाको पात्र हुन्छन्‌। (प्रस्थ. २०:६) परमेश्‍वरले तिनीहरूलाई अथाह माया गर्ने भएकोले तिनीहरू अनन्त जीवनको प्रत्याशाको कदर गर्छन्‌।—यूह. ३:१६.

७. यहोवालाई प्रेम गर्न अरूलाई सिकाउन पाएकोमा तपाईंलाई कस्तो लागेको छ?

७ स्वर्गमा हुने हाम्रा पिता यहोवाबारे जत्ति धेरै थाह पाउँछौं, अरूलाई उहाँबारे त्यत्ति नै धेरै बताउँछौं। (मत्ती १३:५२) अरूलाई र विशेषगरि छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउन पाउनु कत्ति ठूलो सम्मान! (व्यव. ६:५-७) यहोवाको “ठूलो भलाइ” महसुस गर्दै जाँदा हाम्रा बाइबल विद्यार्थीसँगै हामी उहाँको प्रशंसा निरन्तर गरिरहन सकौं!—भज. १४५:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने