प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 नोभेम्बर p. १
  • हामीसित बाँडचुँड गर्ने बहुमूल्य सम्पत्ति छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीसित बाँडचुँड गर्ने बहुमूल्य सम्पत्ति छ
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • ‘उनमा छिपेका’ खजानाहरू प्राप्त गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • आध्यात्मिक धनमा मन लगाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • हाम्रो आँखाले नदेख्ने धनप्रति कृतज्ञ भएको देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • अनमोल धनराशि तपाईं पाउँन सक्नु हुनेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 नोभेम्बर p. १

हामीसित बाँडचुँड गर्ने बहुमूल्य सम्पत्ति छ

१ परमेश्‍वरको वचन बाइबल हामीले कदर गर्ने बहुमूल्य सम्पत्तिले भरिभराउ छ। (भज. १२:६; ११९:११, १४) एउटा खास अवसरमा येशूले परमेश्‍वरको राज्यको विभिन्‍न पक्षलाई चित्रण गर्दै दृष्टान्तहरू प्रयोग गर्नुभयो र चेलाहरूलाई सोध्नुभयो: “के तिमीहरूले यी सबै कुरा बुझ्यौ?” चेलाहरूको सकारात्मक जवाफ सुनेपछि उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “यसकारण स्वर्गको राज्यको लागि शिक्षा पाएको हरेक शास्त्री एक जना घरको मालिक जस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना चीजहरू बाहिर झिक्‍तछ।”—मत्ती १३:१-५२.

२ भर्खरै बाइबल अध्ययन गर्न थाल्दा सिकेका बाइबल सत्यहरूलाई पुरानो सम्पत्तिको रूपमा लिन सकिन्छ। नियमित तवरमा व्यक्‍तिगत अध्ययन गरेर परमेश्‍वरको वचनका गहिरा-गहिरा कुराहरूबारे आफ्नो ज्ञान बढाउँदा बाइबलमा भएका अन्य सत्य पनि बुझ्यौं र यी हामीले भेट्टाएका नयाँ सम्पत्ति भए। (१ कोरि. २:७) यसबाहेक, “विश्‍वासी र बुद्धिमान्‌ दास”-मार्फत हामीले नयाँ सम्पत्तिसरह नयाँ जानकारीहरू पनि बुझ्न पाएका छौं।—मत्ती २४:४५.

३ पुरानो होस्‌ या नयाँ, हामी आध्यात्मिक सम्पत्तिलाई अत्यन्तै अनमोल ठान्छौं। त्यसैले सिकेका अनमोल सत्यहरू उदारतासाथ बाँडचुँड गर्दै परमेश्‍वरको वचन सिकाउने तालिम तथा अनुभव बटुल्न उत्प्रेरित हुन्छौं।

४ येशूको उदाहरणबाट सिक्नुहोस्‌: अरूसित यो आध्यात्मिक सम्पत्ति बाँडचुँड गर्न अथक प्रयास गरेर येशूले यसप्रति आफ्नो धारणा सबैसामु व्यक्‍त गर्नुभयो। थकाइ लागेको बेलामा समेत उहाँले आफ्नो “धनसार”-बाट सम्पत्ति बाँडचुँड गर्न छोड्‌नुभएन।—यूह. ४:६-१४.

५ परमेश्‍वर र उहाँका उद्देश्‍यबारे सही जानकारी नपाएकाहरूप्रति प्रेम जागेकोले येशू परमेश्‍वरको सत्य वचनमा पाइने जीवन दिने सम्पत्ति बाँडचुँड गर्न उत्प्रेरित हुनुभयो। (भज. ७२:१३) आध्यात्मिक झुकाव भएकाहरूलाई देखेर उहाँको मन दयाले भरियो र “तिनीहरूलाई धेरै कुराको शिक्षा दिन” अग्रसर हुनुभयो।—मर्कू. ६:३४.

६ येशूको अनुकरण गर्नुहोस्‌: हामीसित भएका सम्पत्तिको अत्यन्तै कदर गर्छौं भने हामी पनि येशूले जस्तै मानिसहरूसित बाइबलबाटै आध्यात्मिक रत्नहरू बाँडचुँड गर्न तत्पर हुनेछौं। (हितो. २:१-५) कहिलेकाहीं थकाइ लाग्ला। तैपनि, हामी बाइबलमा पाइने सत्य वचनहरू अत्यन्तै उत्साहित भएर सुनाउनेछौं। (मर्कू. ६:३४) यस्तो सम्पत्ति पाएकोमा हामी असाध्यै कृतज्ञ छौं। त्यसैले हर क्षण यो सम्पत्ति बाँडचुँड गर्दै सेवाको काममा तनमनले भाग लिन उत्प्रेरित हुनेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने