प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 No. २ pp. ११-१३
  • ईश्‍वरको राज्यले के गर्नेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरको राज्यले के गर्नेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरको राज्यले के गरिसकेको छ?
  • ईश्‍वरको राज्यले अब के गर्नेछ?
  • ईश्‍वरको राज्यले मानिसजातिको लागि के गर्नेछ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वरको राज्यले के गर्नेछ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ‘कहिल्यै नाश नहुने’ राज्य
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 No. २ pp. ११-१३
खोला झर्नातिर बगिरहेको छ। खोला हिउँले ढाकिएको पहाड र जङ्‌गलको बीचबाट बगिरहेको छ।

ईश्‍वरको राज्यले के गर्नेछ?

येसुले आफ्ना चेलाहरूलाई ईश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभयो। उहाँलाई पृथ्वीको अवस्था बिग्रिनु ईश्‍वरको इच्छा होइन र उहाँको राज्य मात्र एउटा यस्तो सरकार हो, जसले यी समस्याहरू समाधान गर्न सक्छ भनेर थाह थियो। त्यसोभए ईश्‍वरको राज्यले के गर्नेछ?

ईश्‍वरको राज्यले के गरिसकेको छ?

यसअघिको लेखमा हामीले येसुले दिनुभएको चिन्हबारे विचार गऱ्‍यौँ। त्यस चिन्हले ईश्‍वरको राज्य स्वर्गमा स्थापना भइसकेको र येसु ख्रिष्ट त्यस राज्यको राजाको रूपमा नियुक्‍त भइसक्नुभएको कुराको स्पष्ट प्रमाण दिन्छ।

बाइबलले येसु राजा हुनेबित्तिकै उहाँले सैतान र त्यसका स्वर्गदूतहरूलाई स्वर्गबाट निकालिदिनुभयो भनेर बताएको छ। अहिले तिनीहरूको गतिविधि पृथ्वीमा मात्र सीमित छ। यही कारणले सन्‌ १९१४ देखि संसारको अवस्था खस्कँदै गइरहेको छ।—प्रकाश १२:७, ९.

संसारको खस्कँदो अवस्थाको बाबजुद ईश्‍वरको राज्यको राजा येसुले संसारभरका मानिसहरूलाई मदत गर्दै हुनुहुन्छ। येसुले भविष्यवाणी गर्नुभएअनुसार बाइबलको शिक्षा संसारभर बाँड्‌ने काम भइरहेको छ, जसले गर्दा धेरै मानिसले बाइबलका सिद्धान्तहरू सिकिरहेका छन्‌ र दैनिक जीवनमा लागू गरिरहेका छन्‌। (यसैया २:२-४) लाखौँ मानिसले पारिवारिक जीवन सुखमय बनाउन अनि काम र भौतिक कुराहरूप्रति सन्तुलित दृष्टिकोण राख्न सिकेका छन्‌। तिनीहरूले आफूले सिकेको कुराहरूबाट अहिल्यै फाइदा उठाइरहेका छन्‌ अनि भविष्यमा ईश्‍वरको राज्यमा शान्तिपूर्ण वातावरणमा बसोबास गर्न पनि तालिम लिइरहेका छन्‌।

ईश्‍वरको राज्यले अब के गर्नेछ?

येसुले स्वर्गमा शासन गर्न थालिसक्नुभए तापनि पृथ्वीमा अझै पनि मानव सरकारले शासन गर्दै छ। तर ईश्‍वरले येसुलाई यस्तो निर्देशन दिनुभएको छ: “जाऊ, आफ्ना शत्रुहरूको बीचमा गएर तिनीहरूमाथि अधिकार गर।” (भजन ११०:२) चाँडै येसु आफ्ना सबै विरोधीहरूलाई नाश गर्न अनि राजीखुसीले ईश्‍वरको राज्यको अधीनमा बस्न चाहनेहरूलाई दुःखकष्टबाट छुटकारा दिन आउनुहुनेछ।

चाँडै ईश्‍वरको राज्यले यी कामहरू गर्नेछ:

  • झूटा धर्महरूलाई नाश गर्नेछ: मानिसहरूलाई ईश्‍वरबारे झूटा कुराहरू सिकाइरहेका अनि तिनीहरूको जीवन गाह्रो बनाइदिएका सबै धर्महरू नाश हुनेछन्‌। बाइबलले झूटो धर्मलाई वेश्‍यासित तुलना गरेको छ। त्यसको विनाश हुँदा धेरै जना छक्क पर्नेछन्‌।—प्रकाश १७:१५, १६.

  • मानव शासनको अन्त्य गर्नेछ। ईश्‍वरको राज्यले मानव शासनको नामोनिसान मेटिनेछ।—प्रकाश १९:१५, १७, १८.

  • दुष्ट मानिसहरूलाई हटाउनेछ। खराब काम गर्न लागिपरेका र ईश्‍वरको राज्यलाई समर्थन नगर्ने मानिसहरूलाई के हुनेछ? “दुष्टहरूचाहिँ पृथ्वीबाट हटाइनेछन्‌।”—हितोपदेश २:२२.

  • सैतान र प्रेतहरूलाई नाश गर्नेछ। सैतान र प्रेतहरूले “राष्ट्रहरूलाई बहकाउन” सक्नेछैनन्‌।—प्रकाश २०:३, १०.

ईश्‍वरको राज्यलाई समर्थन गर्नेहरूलाई चाहिँ कस्तो लाभ हुनेछ?

ईश्‍वरको राज्यले मानिसजातिको लागि के गर्नेछ?

स्वर्गको राजाको हैसियतमा येसुले कुनै पनि मानव शासकले गर्न सक्नेभन्दा कता हो कता धेरै काम गर्नुहुनेछ। उहाँको साथमा मानिसजातिबाट चुनिएका १ लाख ४४ हजार सहशासक हुनेछन्‌। (प्रकाश ५:९, १०; १४:१, ३) उहाँले पृथ्वीमा ईश्‍वरको इच्छा पूरा गर्ने कामको निगरानी गर्नुहुनेछ। यस राज्यले पृथ्वीमा बस्नेहरूको लागि के गर्नेछ?

  • रोगबिमार, बुढ्यौली र मृत्यु हटाउनेछ। “त्यस देशको कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु’” अनि “मृत्यु हुनेछैन।”—यसैया ३३:२४; प्रकाश २१:४.

  • साँचो शान्ति र सुरक्षा ल्याउनेछ। “तिनीहरूले अपार शान्ति पाउनेछन्‌” अनि “तिनीहरू प्रत्येक आ-आफ्नो अङ्‌गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन्‌ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।”—यसैया ५४:१३; मिका ४:४.

  • मानिसहरूलाई आनन्दित बनाउने काम दिनेछ। “मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्‌। तिनीहरूको परिश्रम खेर जानेछैन।”—यसैया ६५:२२, २३.

  • वातावरणसित सम्बन्धित समस्याहरू समाधान गर्नेछ। “उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ। मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।”—यसैया ३५:१.

  • मानिसहरूलाई अनन्त जीवन पाउने शिक्षा दिनेछ। “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।”—युहन्‍ना १७:३.

ईश्‍वर तपाईँले यी आशिष्‌हरू पाएको चाहनुहुन्छ। (यसैया ४८:१८) यसपछिको लेखमा भविष्यमा अनन्त जीवन पाउन तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ भनेर बताइएको छ।

ईश्‍वरको राज्यले हजारौँ वर्षको दौडान मानव सरकारले पुऱ्‍याएको हानिलाई सच्याउनेछ। त्यसले यी कुराहरू दिनेछ:

  • एक दम्पती दौडिरहेका छन्‌।

    सुस्वास्थ्य

  • एउटा परिवार पार्कमा पिकनिक मनाउँदै छ। बुबा गितार बजाउँदै छन्‌।

    शान्ति र सुरक्षा

  • एक दम्पती बगैँचामा काम गर्दै छन्‌।

    आनन्दित बनाउने काम

  • खोला झर्नातिर बगिरहेको छ। खोला हिउँले ढाकिएको पहाड र जङ्‌गलको बीचबाट बगिरहेको छ।

    स्वच्छ वातावरण

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने