प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 सेप्टेम्बर p. १
  • तपाईं कसरी जवाफ दिनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं कसरी जवाफ दिनुहुन्छ?
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • कसरी जवाफ दिनुपर्छ, सिक्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • चेला बनाउन सिपालु शिक्षकको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • प्रभावकारी तरिकामा प्रश्‍न सोध्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—प्रभावकारी तरिकामा प्रश्‍नहरू चलाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 सेप्टेम्बर p. १

तपाईं कसरी जवाफ दिनुहुन्छ?

१. प्रश्‍न सोधिंदा हामीले किन येशूको उदाहरण विचार गर्नुपर्छ?

१ मानिसहरूको प्रश्‍नको जवाफ येशूले जुन तरिकामा दिनुभयो त्यो देखेर आजसम्म पनि थुप्रै मानिस छक्क पर्छन्‌। सेवाको काममा भाग लिंदा हामीलाई अनेक प्रश्‍न गरिन्छ। त्यस्ता प्रश्‍नको जवाफ दिंदा हामीले येशूको उदाहरण अनुकरण गर्नुपर्छ।—१ पत्रु. २:२१.

२. के गऱ्‍यौं भने प्रभावकारी जवाफ दिन सक्छौं?

२ पहिला सुन्‍नुहोस्‌: मानिसहरूले प्रश्‍न सोध्नुको कारण के हो, येशूले विचार गर्नुहुन्थ्यो। हामीले पनि कहिलेकाहीं मानिसहरूको मनसाय बुझ्न प्रश्‍न सोध्नुपर्ने हुन्छ। “के तपाईं येशूमा विश्‍वास गर्नुहुन्छ?” भनी कसैले प्रश्‍न गर्दा वास्तवमा उसलाई तपाईं किन क्रिसमस मान्‍नु हुन्‍न त्यो जान्‍न खुलदुली भइरहेको हुन सक्छ। प्रश्‍न सोध्नु पछाडिको कारण बुझ्नुभयो भने तपाईंले अझै प्रभावकारी तरिकामा तर्क गर्न सक्नुहुन्छ।—लूका १०:२५-३७.

३. बाइबलबाट चित्तबुझ्दो जवाफ दिन हामीसित के उपलब्ध छ?

३ बाइबलबाटै जवाफ दिनुहोस्‌: प्रश्‍नको जवाफ बाइबलबाटै देखाउनु अक्सर राम्रो हुन्छ। (२ तिमो. ३:१६, १७; हिब्रू ४:१२) चर्चाका लागि बाइबल विषयहरू पुस्तिका सही जवाफ दिन मदतकारी साबित भएको छ। प्रश्‍न सोध्ने व्यक्‍तिले बाइबल अरू जस्तै साधारण पुस्तक हो भन्ठान्छ भने पनि तपाईंले बाइबलको शिक्षा कौशलतासाथ बताउन सक्नुहुन्छ। सत्य साबित भएका बाइबलमा पाइने बुद्धिमानी कुराहरू गहिरिएर विचार गर्न प्रोत्साहन दिनुहोस्‌। यस सन्दर्भमा तपाईंले येशूको अनुकरण गर्दा तपाईंको जवाफ “चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै” हुनेछ अर्थात्‌ मर्यादित, सुन्दर अनि अमूल्य।—हितो. २५:११.

४. कस्तो अवस्थामा हामीले हरेक प्रश्‍नको जवाफ नदिनु बेस हो?

४ हरेक प्रश्‍नको जवाफ दिनुपर्छ? प्रश्‍नको जवाफ थाह छैन भने “मलाई अहिले यो प्रश्‍नको जवाफ थाह भएन। तर यस विषयमा अनुसन्धान गरेर तपाईंलाई जवाफ दिन्छु” भन्‍न अप्ठ्यारो नमान्‍नुहोस्‌। यसरी नम्रता अनि व्यक्‍तिगत चासो देखाउँदा घरधनी प्रभावित भई तपाईंलाई फेरि आउन भन्‍न सक्छ। तपाईंसित विवाद गर्ने हेतुले विरोधीले प्रश्‍न गर्दैछ भन्‍ने थाह पाउनुभएमा येशूको अनुकरण गर्दै हरेक प्रश्‍नको जवाफ दिइनराख्नुहोस्‌। (लूका २०:१-८) त्यसैगरि, सच्चाइमा साँचो चासो नभएको व्यक्‍तिले तपाईंसित तर्क-वितर्क गर्न खोज्छ भने शिष्टतासाथ कुराकानी टुङ्‌ग्याउनुहोस्‌ र निष्कपट व्यक्‍ति खोज्न आफ्नो समयको सदुपयोग गर्नुहोस्‌।—मत्ती ७:६.

५. प्रश्‍नको जवाफ दिने सन्दर्भमा येशूले कस्तो नमुना बसाल्नुभयो?

५ येशूलाई ‘सत्यको गवाही दिने’ आफ्नो जिम्मेवारी पूरा गर्न यहोवामा भर पर्नैपर्छ भनेर थाह थियो र यसमा असल मनसायले सोधिएको प्रश्‍नको जवाफ दिनु पनि समावेश थियो। (यूह. १८:३७, NRV) येशूको अनुकरण गर्दै “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू”-लाई जवाफ दिन पाउनु कत्ति ठूलो सुअवसर हो!—प्रेरि. १३:४८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने