प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 नोभेम्बर p. ३
  • असल शिक्षकमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल शिक्षकमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • येशूको अनुकरण गर्दै प्रेमसाथ सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • प्रेम—एउटा अनमोल गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • प्रेमले उन्‍नति गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • कहिल्यै नटल्ने प्रेम खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 नोभेम्बर p. ३

असल शिक्षकमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण

१. असल शिक्षकमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण के हो?

१ हामीलाई कुन कुराले बाइबलको असल शिक्षक हुन मदत गर्छ​—⁠शिक्षादीक्षा? अनुभव? वा जन्मजात पाएको खुबी? होइन, वास्तवमा हामीलाई असल शिक्षक बन्‍न मदत गर्ने गुण त्यही हो, जसले मोशाको व्यवस्था पूरा गर्छ, येशूका चेलाहरूलाई चिनाउँछ र यो यहोवाको सबैभन्दा प्रमुख अनि मनमोहक गुण हो। (यूह. १३:३५; गला. ५:१४; १ यूह. ४:⁠८) त्यो गुण हो​—⁠प्रेम। असल शिक्षकले प्रेम प्रदर्शित गर्छ।

२. हामीमा मानिसहरूप्रति प्रेम हुनु किन महत्त्वपूर्ण छ?

२ मानिसहरूलाई प्रेम गर्नुहोस्‌: महान्‌ शिक्षक येशूले मानिसहरूलाई प्रेम देखाउनुभएकोले तिनीहरू उहाँको कुरा सुन्‍न उत्प्रेरित भए। (लूका ५:​१२, १३; यूह. १३:१; १५:१३) त्यसैगरि यदि हामी पनि मानिसहरूको ख्याल गर्छौं भने हरेक अवसरमा मानिसहरूलाई प्रचार गर्नेछौं। प्रचारकार्यमा मानिसहरूले हाम्रो खेदो गर्लान्‌ वा सुसमाचारप्रति कुनै चासो नदेखाऊलान्‌ तर त्यस्ता बाधाअडचनहरूले हामीलाई प्रचार गर्नदेखि रोक्न सक्दैन। हामी आफूले प्रचार गर्नेहरूलाई निष्कपट चासो देखाउनेछौं र तिनीहरूको चासोअनुसार आफ्नो प्रस्तुतिमा छाँटकाँट गर्नेछौं। हामी बाइबल विद्यार्थीलाई अध्ययन गर्न मात्र होइन हरेक चोटि अध्ययन गर्नुअघि तयारी गर्न पनि पर्याप्त समय दिन चाहन्छौं।

३. बाइबल सत्यप्रतिको प्रेमले हामीलाई प्रचारकार्यमा कसरी मदत गर्छ?

३ बाइबल सत्यलाई प्रेम गर्नुहोस्‌: येशूले पनि बाइबल सत्यलाई प्रेम गर्नुभयो र त्यसलाई बहुमूल्य धनको रूपमा हेर्नुभयो। (मत्ती १३:५२) यदि हामी पनि सत्यलाई प्रेम गर्छौं भने जोसका साथ बोल्नेछौं र यसरी बोल्दा हाम्रा श्रोताहरू पनि उत्साहित हुनेछन्‌। सत्यप्रतिको प्रेमले आफ्नो सीमितताबारे चिन्तित हुनुको साटो हामीले मानिसहरूलाई बाँड्‌ने बहुमूल्य जानकारीमा ध्यान केन्द्रित गर्न हामीलाई मदत गर्नेछ। अनि यसो गर्दा हामी प्रचारकार्यमा निर्धक्क भई बोल्न सक्नेछौं।

४. हामी कसरी प्रेम विकास गर्न सक्छौं?

४ प्रेम विकास गर्नुहोस्‌: हामी कसरी मानिसहरूप्रतिको प्रेम विकास गर्न सक्छौं? यहोवा र उहाँको छोराले देखाउनुभएको प्रेम अनि इलाकाका मानिसहरूको दयनीय आध्यात्मिक अवस्थामा मनन गरेर। (मर्कू. ६:३४; १ यूह. ४:​१०, ११) नियमित रूपमा व्यक्‍तिगत अध्ययन र मनन गर्दा बाइबल सत्यप्रतिको हाम्रो प्रेम गहिरो हुन्छ। प्रेम पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। (गला. ५:२२) त्यसकारण हामी यहोवासित उहाँको पवित्र शक्‍तिको लागि बिन्ती गर्न सक्छौं र आफूमा प्रेम विकास गर्न मदत माग्न सक्छौं। (लूका ११:१३; १ यूह. ५:१४) हाम्रो शिक्षादीक्षा, सच्चाइको अनुभव अथवा जन्मजात पाएको खुबी जस्तोसुकै भए तापनि प्रेम प्रदर्शित गरेर हामी बाइबलको प्रभावकारी शिक्षक हुन सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने