ख्रीष्टियन जीवन
JW लाइब्रेरी प्रयोग गर्ने तरिका
अध्ययनको लागि:
बाइबल र दैनिक पद पढ्नुहोस्
वार्षिक पुस्तक, पत्रिका र अरू प्रकाशनहरू पढ्नुहोस्। बुकमार्क प्रयोग गर्नुहोस्
सभाहरूको तयारी गर्नुहोस् र जवाफहरूमा चिन्ह लगाउनुहोस्
भिडियो हेर्नुहोस्
सभाको लागि:
वक्ताले भनेका शास्त्रपद हेर्नुहोस्। पहिला खोलिसकेको शास्त्रपद पछि हेर्न हिस्ट्रि भन्ने विशेषता प्रयोग गर्नुहोस्
छापिएका प्रकाशनहरू सभामा ल्याउनुको साटो फोन वा ट्याब्लेटमा डाउनलोड गरेका प्रकाशनहरू प्रयोग गर्नुहोस्। गीतिपुस्तकमा नभएका गीतहरू JW लाइब्रेरी-मा पाइन्छ। त्यसैले मोबाइल र ट्याब्लेटबाटै गीत गाउनुहोस्
प्रचारकार्यको लागि:
चासो देखाउने व्यक्तिलाई JW लाइब्रेरी-बाट कुनै प्रकाशन देखाउनुहोस्। अनि तिनको आफ्नै मोबाइल वा ट्याब्लेटमा यो एप र प्रकाशनहरू डाउनलोड गर्न सिकाउनुहोस्
सर्च भन्ने विशेषता प्रयोग गरेर बाइबल पद भेट्टाउन सक्नुहुन्छ। त्यसको लागि सर्चमा गएर कुनै शब्द वा वाक्यांश टाइप गर्नुहोस्
भिडियो देखाउनुहोस्। घरधनीको छोराछोरी छ भने यहोवाको साथी बनौं भिडियोहरूमध्ये एउटा देखाउनुहोस्। अथवा बाइबल अध्ययनको लागि चासो जगाउन बाइबल किन पढ्नुपर्छ? भिडियो देखाउनुहोस्। घरधनी अर्कै भाषा बोल्छन् भने तिनकै भाषामा भिडियो देखाउनुहोस्
विभिन्न भाषाको बाइबल डाउनलोड गर्न सक्नुहुन्छ। यसो गर्दा अर्कै भाषा बोल्ने मानिसलाई प्रचार गर्न सकिन्छ। बाइबलको विभिन्न अनुवाद हेर्न शास्त्रपदको सङ्ख्यामा थिच्नुहोस्। त्यसपछि बीचमा भएको बाइबल आइकन थिच्नुहोस्