ख्रीष्टियन जीवन
ईश्वरीय गुणहरू विकास गर्नुहोस्—विश्वास
किन महत्त्वपूर्ण छ:
विनाविश्वास परमेश्वरलाई खुसी पार्न असम्भव छ।—हिब्रू ११:६
परमेश्वरको प्रतिज्ञामाथिको विश्वासले हामीलाई कठिनाइको सामना गर्न मदत गर्छ।—१प १:६, ७
विश्वासको कमीले हामीलाई पापतर्फ धकेल्छ।—हिब्रू ३:१२, १३
विश्वास कसरी बलियो बनाउन सक्छौं:
विश्वास अझै बढाइदिनुहोस् भनेर प्रार्थना गरेर।—लूका ११:९, १३; गला ५:२२
परमेश्वरको वचन पढेर अनि मनन गरेर।—रोमी १०:१७; १ति ४:१५
विश्वास गर्नेहरूसित नियमित तवरमा भेला भएर।—रोमी १:११, १२
आफ्नो र परिवारको विश्वास कसरी बलियो बनाउन सक्छु?
वफादार बन्न मदत गर्ने गुणहरू विकास गर्नुहोस्—विश्वास भन्ने भिडियो हेरेर निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
“निष्कपट विश्वास” भनेको के हो? (१ति १:५)
विश्वास बलियो बनाउन कस्ता नकारात्मक प्रभावहरूदेखि जोगिनुपर्छ?
महासङ्कष्टको दौडान किन हामीलाई विश्वास नभई हुँदैन? (हिब्रू १०:३९)