प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अक्टोबर पृ. ३
  • हामी कसरी बाइबलको लगनशील विद्यार्थी बन्‍न सक्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी कसरी बाइबलको लगनशील विद्यार्थी बन्‍न सक्छौं?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको पुस्तक र तपाईं
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • अन्तको समयमा साँचो उपासकहरू चिन्‍ने
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • हाम्रो दिनको लागि परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अक्टोबर पृ. ३

ख्रीष्टियन जीवन

हामी कसरी बाइबलको लगनशील विद्यार्थी बन्‍न सक्छौं?

परीक्षामा पर्दा के तपाईं दानियल जस्तै वफादार रहनुहुन्छ? दानियल लगनशील भई परमेश्‍वरको वचन अध्ययन गर्थे, यसमा भविष्यवाणीहरू पनि समावेश थियो। (दा ९:२) दानियल जस्तै लगनशील भई बाइबल अध्ययन गर्नुभयो भने तपाईं पनि वफादार रहन सक्नुहुनेछ। कसरी? परमेश्‍वरको प्रतिज्ञाहरू पूरा हुनेछ भन्‍ने कुरामा तपाईंको विश्‍वास बढ्‌नेछ। (यहो २३:१४) परमेश्‍वरप्रति तपाईंको प्रेम विकास हुनेछ जसले तपाईंलाई सही कुरा गर्न उत्प्रेरित गर्नेछ। (भज ९७:१०) त्यसोभए कसरी सुरु गर्ने? निम्न सुझावहरू विचार गर्नुहोस्‌।

दानियल परमेश्‍वरको वचन अध्ययन गर्छन्‌
  • म कुन विषयमा अध्ययन गरूँ? अध्ययन गर्ने राम्रो तालिकामा ख्रीष्टियन सभाहरूको तयारी समावेश छ। साप्ताहिक बाइबल अध्ययन गर्दा नबुझेका बुँदाहरूबारे समय निकालेर अनुसन्धान गर्नुभयो भने अझ लाभदायी हुनेछ। साथै, थुप्रैले बाइबल भविष्यवाणी, पवित्र शक्‍तिको फलका विभिन्‍न पक्षहरू, पावलको मिसनरी यात्रा, अनि यहोवाको भौतिक सृष्टि जस्ता विषयहरूबारे अध्ययन गर्छन्‌। यदि तपाईंको मनमा पनि बाइबलसित सम्बन्धित कुनै प्रश्‍न उठ्यो भने नोट गर्नुहोस्‌ अनि अर्को पटक अध्ययन गर्नुहोस्‌।

  • म जानकारी कहाँ खोजूँ? अनुसन्धान कसरी गर्ने भनेर बुझ्न आध्यात्मिक खजाना खोज्ने अनुसन्धान सामग्री भिडियो हेर्नुहोस्‌। अभ्यासको लागि दानियल अध्याय ७ मा पाइने पशुहरूले कुन-कुन विश्‍वशक्‍तिलाई चित्रण गर्छ, अनुसन्धान गर्नुहोस्‌।

  • अध्ययनको लागि म कति समय बिताऊँ? आध्यात्मिक तवरमा स्वस्थ रहन नियमित अध्ययन अत्यावश्‍यक छ। सुरुमा छोटो समय अध्ययन गर्नुहोस्‌ त्यसपछि बिस्तारै समय बढाउँदै लैजानुहोस्‌। परमेश्‍वरको वचन अध्ययन गर्नु गाडधन खोज्नु जस्तै हो। जति धेरै भेटियो उति धेरै खोज्न मन लाग्छ। (हितो २:३-६) त्यसैगरि दिनहुँ बाइबल अध्ययन गर्दा परमेश्‍वरको वचन अध्ययन गर्ने तिर्सना बढ्‌नेछ अनि बाइबल अध्ययन गर्ने तालिका कायम राख्न सक्नुहुनेछ।—१प २:२.

    बाइबल अध्ययनलाई कसरी रमाइलो बनाउने, थप सुझावको लागि फेब्रुअरी २०१२ ब्यूँझनुहोस्‌!, पृ. १८-२० (अङ्‌ग्रेजी) हेर्नुहोस्‌।

दानियल अध्याय ७ मा उल्लेख गरिएका पशुहरूले केलाई चित्रण गर्छ?

  • चीलका जस्तै पखेटा भएको सिंह

    दा ७:४

  • मुखमा तीन वटा करङ्‌ग च्यापिरहेका भालु

    दा ७:५

  • पिठ्युँमा पक्षीका चार वटा पखेटा भएको चितुवा

    दा ७:६

  • फलामका ठूला-ठूला दाँत र पित्तलका नङ्‌ग्राहरू भएको डरलाग्दो जन्तु

    दा ७:७

थप प्रश्‍न:

दानियल ७: ८, २४ कसरी पूरा भयो?

दस वटा सीङका बीचमा उम्रेको आँखा र मुख भएको सानो सीङले गर्दा पहिलेका तीन वटा सीङ उखेलिए

अर्को पटक अध्ययन गर्ने विषय:

प्रकाश अध्याय १३ मा उल्लेख गरिएका जनावरहरूले केलाई चित्रण गर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने