ख्रीष्टियन जीवन
यहोवाको प्रशंसा गर्न जिउनुहोस्!
जीवन एउटा अमूल्य उपहार हो। हामी यस उपहारलाई कतिको कदर गर्छौं, त्यो कुरा दिनहुँ जीवन बिताउने तरिकाबाट झल्किन्छ। हामी यहोवाका साक्षीहरू जीवन दिनुहुने परमेश्वर यहोवाको महिमा र आदर गर्न आफ्नो प्रतिभा र क्षमता प्रयोग गर्छौं। (भज ३६:९; प्रका ४:११) तर यस दुष्ट संसारमा आइपर्ने दैनिक जीवनको चिन्ता फिक्रीले हाम्रो आध्यात्मिक गतिविधि ओझेलमा पर्न सक्छ। (मर्कू ४:१८, १९) त्यसैले आफैलाई यस्तो प्रश्न सोध्नुहोस्: ‘के म आफ्नो सबैभन्दा उत्कृष्ट कुरा यहोवालाई दिंदै छु? (होशे १४:२) के मेरो जागिर अनि करिअरले यहोवाको सेवा गर्न बाधा पुऱ्याइरहेको छ? मेरो आध्यात्मिक लक्ष्यहरू के-के हुन्? म यहोवाको सेवालाई अझै कसरी विस्तार गर्न सक्छु?’ यदि तपाईंले सुधार गर्नुपर्ने क्षेत्र याद गर्नुभयो भने आवश्यक छाँटकाँट गर्न यहोवालाई प्रार्थना गर्नुहोस्। हरेक दिन यहोवाको प्रशंसा गर्न जिउँदा आनन्द र सन्तुष्टि पाउनेछौं भन्ने कुरामा कुनै शङ्का छैन!—भज ६१:८.
तपाईंले आफ्नो प्रतिभा कसको लागि प्रयोग गर्दै हुनुहुन्छ?
आफ्नो प्रतिभा यहोवाको सेवामा प्रयोग गर्नुहोस् भन्ने भिडियो हेर्नुहोस्, त्यसपछि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
आफ्नो प्रतिभा सैतानको संसारको लागि प्रयोग गर्नु किन बुद्धिमानी होइन? (१यू २:१७)
आफ्नो सबैभन्दा उत्कृष्ट कुरा यहोवालाई दिनेहरूले कस्ता आशिष् पाउँछन्?
पवित्र सेवाका कस्ता क्षेत्रहरूमा तपाईं आफ्नो प्रतिभा र क्षमता प्रयोग गर्न सक्नुहुन्छ?