ख्रिष्टियन जीवन
क्युबेकमा हाम्रो कामले कानुनी मान्यता पायो
पावलले आफ्नो पुर्पक्षको दौडान सिजरलाई अपिल गरे। तिनले रोमी नागरिकको रूपमा आफूले पाएको हकअधिकारको प्रयोग गरेर हाम्रो लागि राम्रो उदाहरण बसाले। क्युबेकमा हाम्रो कामले कानुनी मान्यता पायो भन्ने भिडियो हेर्नुहोस् र भाइहरूले क्युबेकमा सुसमाचारको पक्षमा खडा हुन कसरी कानुनी अधिकारको प्रयोग गरे, सिक्नुहोस्। त्यसपछि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
क्युबेकका हाम्रा दाजुभाइ दिदीबहिनीले कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्यो?
तिनीहरूले कुन विशेष पर्चा बाँडे र नतिजा कस्तो भयो?
भाइ एमा बाउचरमाथि कस्तो अन्याय भयो?
क्यानाडाको सर्वोच्च अदालतले भाइ बाउचरको मुद्दामा कस्तो फैसला सुनायो?
भाइहरूले खासै प्रयोग नगरिएको कस्तो कानुनी प्रावधान प्रयोग गरे अनि नतिजा कस्तो भयो?
पादरीहरूले उक्साएका प्रहरीहरूले हाम्रो सभामा बाधा पुऱ्याउँदा नतिजा कस्तो भयो?