बाइबलमा पाइने अनमोल धन | हिब्रू १२-१३
अनुशासन—यहोवाको प्रेमको प्रमाण
अनुशासनको अर्थ सजाय दिनु, सुधार्नु, निर्देशन दिनु तथा शिक्षा दिनु हो। एक जना मायालु बुबाले आफ्नो छोराछोरीलाई अनुशासन दिएझैँ यहोवा पनि हामीलाई अनुशासन दिनुहुन्छ। हामी विभिन्न तरिकामा अनुशासन पाउँछौँ। जस्तै:
बाइबल पढ्दा, व्यक्तिगत अध्ययन गर्दा, सभामा उपस्थित हुँदा र पढेको कुरामा मनन गर्दा
सङ्गी भाइबहिनीबाट सल्लाह पाउँदा वा सच्याइँदा
आफूले गरेको गल्तीको परिणाम भोग्दा
न्यायिक सुधार पाउँदा वा बहिष्कार हुँदा
यहोवाले सतावट वा खेदो आइपर्न दिनुहुँदा।—w१५ ९/१५ पृ. २१ अनु. १३; it-1-E पृ. ६२९