बाइबलमा पाइने अनमोल धन | उत्पत्ति १५-१७
यहोवाले किन अब्राम र साराईको नाम परिवर्तन गरिदिनुभयो?
यहोवाले अब्राहामलाई निर्दोष व्यक्तिको रूपमा हेर्नुभयो। यहोवाले अब्रामलाई आफ्नो प्रतिज्ञाबारे थप कुरा बताउनुहुँदा उहाँले तिनलाई र साराईलाई भविष्यसूचक नाम दिनुभयो।
तिनीहरूलाई दिइएको नामअनुसारै अब्राहाम थुप्रै जातिका पुर्खा बने अनि सारा राजाहरूको पुर्खा बनिन्।
अब्राहाम
असङ्ख्य मानिसका बुबा
सारा
राजकुमारी
जन्मिँदा हामीलाई दिइने नाम हामी रोज्न सक्दैनौँ। तर अब्राहाम र साराले जस्तै हामी नाम कमाउन भने सक्छौँ। आफैलाई सोध्नुहोस्:
‘म कसरी यहोवाको नजरमा निर्दोष ठहरिन सक्छु?’
‘मैले यहोवाको अगाडि कस्तो नाम कमाइरहेको छु?’