बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २०-२१
यहोवा आफ्नो प्रतिज्ञा सधैँ पूरा गर्नुहुन्छ
अब्राहाम र साराले बलियो विश्वास देखाएकोले यहोवाले तिनीहरूलाई इनामस्वरूप एउटा छोरा दिनुभयो। पछि चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्दा तिनीहरूले यहोवाप्रति आज्ञाकारी भएर उहाँका प्रतिज्ञाहरूमा विश्वास गरेको प्रस्टै देखाए।
चुनौतीपूर्ण अवस्थाहरूमा पनि आज्ञाकारी हुँदा म यहोवाका प्रतिज्ञाहरूमा विश्वास गर्छु भनेर कसरी देखिन्छ? म आफ्नो विश्वासलाई कसरी अझै बलियो बनाउन सक्छु?