प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जुलाई पृ. ७
  • यहोवा आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं “अदृश्‍य परमेश्‍वरलाई” देख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • बेल्जियम बाइबल सङ्‌ग्रहालय: बाइबल संरक्षणका प्रयासहरू
    थप लेखहरू
  • यहोवाले भनेका कुरा कहिल्यै फरक पर्दैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • के बाइबल भगवान्‌को किताब हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जुलाई पृ. ७

ख्रिष्टियन जीवन

यहोवा आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ

एक जना इस्राएली बुबा र छोरा मिलेर आफ्नो घरको ढोकाको चौकोसमा रगत छर्कँदै छन्‌।

पहिलो निस्तार चाड एकदमै महत्त्वपूर्ण अवसर थियो। त्यस रात फारोले आफ्नो पहिलो सन्तान मरेको थाह पाएपछि मोसालाई यसो भने: “तिमीहरू यहाँबाट गइहाल! अरू इस्राएलीहरूलाई पनि सँगै लिएर जाओ; तिमीहरूले भनेझैँ यहोवाको उपासना गर्न जाओ!” (प्रस्थ १२:३१) यहोवाले आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ भनेर देखाउनुभयो।

यहोवाका साक्षीहरूको आधुनिक इतिहास हेर्ने हो भने उहाँले आफ्ना मानिसहरूलाई डोऱ्‍याइरहनुभएको र जोगाइरहनुभएको स्पष्ट प्रमाण देख्छौँ। यो कुरालाई मुख्यालयको सङ्‌ग्रहालयमा “यहोवाको नामको लागि छानिएका मानिसहरू” विषयअन्तर्गत प्रदर्शन गरिएको छ।

वारविकका सङ्‌ग्रहालयहरूको भ्रमण: “यहोवाको नामको लागि छानिएका मानिसहरू” भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • एउटा पोस्टर र ‘सृष्टिसम्बन्धी फोटो-चलचित्र’-का स्लाइडहरू।

    बाइबलप्रतिको विश्‍वास बढाउन सन्‌ १९१४ को सुरुतिर बाइबल विद्यार्थीहरूले कस्तो किसिमको नौलो साधन प्रयोग गरे र त्यसले कस्तो नतिजा ल्यायो?

  • सन्‌ १९१८ मा गिरफ्तार भएर थुनामा परेका भाइहरूको फोटो।

    सन्‌ १९१६ र १९१८ मा कस्ता परीक्षाहरूको सामना गर्नुपऱ्‍यो? यहोवाले सङ्‌गठनलाई डोऱ्‍याइरहनुभएको सङ्‌केत दिने प्रमाण के थियो?

  • सङ्‌ग्रहालयको ग्यालरीमा विश्‍वासको खातिर जेल पर्नुभएको भाइबहिनीको तस्बिर देखाइएको छ। खोलिएका ढोकाहरूभित्रको कोठाले प्रमोदवनको चित्रण गर्छ।

    विरोधको बाबजुद यहोवाका जनहरू कसरी विश्‍वासमा दृढ भई खडा रहन सके?

  • सङ्‌ग्रहालयको ग्यलरीमा सन्‌ १९३० र १९४० को दशकमा प्रचार गर्न चलाइएका केही तरिकाहरू देखाइएको छ।

    सन्‌ १९३५ मा यहोवाका जनहरूले कुन नयाँ बुझाइ पाए र त्यसले तिनीहरूमा कस्तो प्रभाव पाऱ्‍यो?

  • यदि तपाईँले यो सङ्‌ग्रहालयमा वा स्थानीय शाखा कार्यालयको प्रदर्शनीमा भ्रमण गर्नुभएको छ भने त्यसले कसरी यहोवाले आफ्ना मानिसहरूलाई डोऱ्‍याइरहनुभएको र जोगाइरहनुभएको छ भन्‍ने कुरामा तपाईँको विश्‍वास बढायो?

यो सङ्‌ग्रहालय कसरी भ्रमण गर्ने भनेर थाह पाउन jw.org/ne मा जानुहोस्‌ अनि “हाम्रो बारेमा” अन्तर्गत “कार्यालय तथा भ्रमण” रोज्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने