बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३५-३६
यहोवाको काम गर्न सिपालु बन्नुहोस्
यहोवाको पवित्र शक्तिले बजलेल र ओहोलिआबलाई वासस्थान बनाउन तिनीहरूले पाएको एक-एक निर्देशन पालन गर्न मदत गऱ्यो। (आवरण पृष्ठको चित्र हेर्नुहोस्।) आज पनि यहोवाले आफ्ना सेवकहरूलाई पवित्र शक्ति दिनुहुन्छ। यसबाट लाभ उठाउन हामीले के गर्नुपर्छ?
सेवाको काममा दक्ष हुन प्रार्थना गरेर यहोवासित पवित्र शक्ति माग्नुपर्छ
लगनशील भई परमेश्वरको वचन अध्ययन गर्नुपर्छ
आफूले पाएको हरेक जिम्मेवारी तनमन लगाएर पूरा गर्नुपर्छ
यहोवाले तपाईँलाई कस्ता जिम्मेवारीहरू पूरा गर्न सिपालु बनाउन सक्नुहुन्छ?