बाइबलमा पाइने अनमोल धन
“तिमीहरूले त्यहाँका बासिन्दाहरूलाई धपाउनू”
यहोवाले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशबाट झूटा उपासनासित सम्बन्धित सबै कुरा हटाउनू भन्ने आज्ञा दिनुभयो (गन ३३:५२; w१०-E ८/१ पृ. २३)
त्यस देशलाई पूर्णतया कब्जा गर्न तिनीहरूले दृढ भई गरेको प्रयासमा यहोवाले आशिष् दिनुहुने थियो (गन ३३:५३)
इस्राएलीहरू आफ्ना शत्रुहरूमाथि पूर्णतया विजयी नभएको खण्डमा समस्या आइपर्न सक्थ्यो (गन ३३:५५, ५६; w०८-E २/१५ पृ. २७ अनु. ५-६; it-1-E पृ. ४०४ अनु. २)
यहोवालाई खुसी पार्न हामीले आफ्नो जीवनबाट नैतिक र आध्यात्मिक तवरमा अशुद्ध बनाउने सबै कुरा हटाउनुपर्छ। (या १:२१) यहोवाले हामीलाई पापी झुकावहरूसित लड्न र यस संसारको दूषित हावाको प्रतिरोध गर्न आवश्यक बल दिनुहुन्छ।