ख्रिष्टियन जीवन
साहसी हुन धेरै गाह्रो छैन
साहसी व्यक्ति बलियो र निडर हुन्छ। तर यसको अर्थ साहसी व्यक्ति डराउँदै डराउँदैन भन्ने होइन। बरु साहसी व्यक्तिले डरको बाबजुद कदम चाल्छ। यहोवा साँचो साहसको स्रोत हुनुहुन्छ। (भज २८:७) जवानहरूले कसरी साहस देखाउन सक्छन्?
डरपोकहरूको होइन, साहसीहरूको अनुकरण गर्नुहोस्! भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
युवायुवतीलाई कस्ता परिस्थितिहरूमा साहसको आवश्यकता पर्छ?
कस्ता बाइबल विवरणहरूले साहसी हुन मदत गर्छ?
साहस देखाउँदा हामी आफैलाई र हामीलाई नियालिरहेकाहरूलाई कस्तो फाइदा हुन्छ?