प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 जून p. ३१
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • मोशाको व्यवस्थाले तपाईंका निम्ति के अर्थ राख्तछ?
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • ख्रीष्टको व्यवस्था
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌:
    २०१७-२०१८ यहोवाका साक्षीहरूको सम्मेलन—शाखा प्रतिनिधिसँग
  • प्रारम्भिक मसीहीहरू तथा मोशालाई दिइएको व्यवस्था
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 जून p. ३१

पाठकहरूको प्रश्‍न

प्रेषित पावलले “व्यवस्थाद्वारा म व्यवस्थाको नजरमा मरिसकेँ” भन्दा के भन्‍न खोज्दै थिए?—गला. २:१९.

प्रेषित पावल।

पावलले यस्तो लेखे: “व्यवस्थाद्वारा म व्यवस्थाको नजरमा मरिसकेँ ताकि परमेश्‍वरको निम्ति म जीवित हुन सकूँ।”—गला. २:१९.

पावलले यो कुरा रोमी प्रान्त गलातियाका मण्डलीहरूलाई एउटा महत्त्वपूर्ण कुरा बुझाउने प्रसङ्‌गमा लेखेका थिए। त्यहाँ केही ख्रिष्टियनहरू झूटा शिक्षकहरूको प्रभावमा परेका थिए। उद्धार पाउन मोसाको व्यवस्था, अझ विशेषगरि खतनासम्बन्धी व्यवस्था पालन गर्नै पर्छ भनेर तिनीहरूले सिकाइरहेका थिए। तर परमेश्‍वर अबदेखि आफ्ना उपासकहरूले खतना गरेको चाहनुहुन्‍न भन्‍ने कुरा पावललाई थाह थियो। तिनले सशक्‍त तर्क चलाएर तिनीहरूलाई झूटो प्रमाणित गरिदिए अनि येसु ख्रिष्टको फिरौतीको बलिदानमाथि भाइबहिनीको विश्‍वास बलियो बनाए।—गला. २:४; ५:२.

मानिस मरेपछि उसलाई आफू वरपर भइरहेको केही कुरा पनि थाह हुँदैन वा ती कुराहरूले उसलाई कुनै असर गर्दैन भनेर बाइबलले स्पष्टसित बताउँछ। (उप. ९:५) पावलले “म व्यवस्थाको नजरमा मरिसकेँ” भन्दा अबदेखि आफूमाथि मोसाको व्यवस्थाको कुनै प्रभाव छैन भनेर बताउन खोज्दै थिए। बरु फिरौतीको बलिदानमाथिको विश्‍वासले गर्दा आफू “परमेश्‍वरको निम्ति . . . जीवित हुन” सकेको कुरामा पावल ढुक्क थिए।

“व्यवस्थाद्वारा” पावलको अवस्थामा यस्तो परिवर्तन आएको थियो। कसरी? तिनले भर्खरै “मानिस व्यवस्था पालन गरेर होइन तर येसु ख्रिष्टमाथि विश्‍वास गरेर मात्र धर्मी ठहरिन्छ” भनेर बताएका थिए। (गला. २:१६) तर व्यवस्थाले एउटा महत्त्वपूर्ण काम पूरा गरेको छ। त्यसबारे पावलले गलातियाका ख्रिष्टियनहरूलाई यस्तो लेखे: “यो पछि यसकारणले दिइएको थियो कि जुन सन्तानलाई प्रतिज्ञा गरिएको थियो, त्यो सन्तान नआउन्जेल अपराधहरू प्रकट होस्‌।” (गला. ३:१९) हो, मोसाको व्यवस्थाले त्रुटिपूर्ण र पापी मानिसहरूले व्यवस्था पूर्णरूपमा पालन गर्न सक्दैनन्‌ र तिनीहरूलाई एउटा त्रुटिरहित अन्तिम बलिदानको आवश्‍यकता छ भनेर देखायो। त्यसले मानिसहरूलाई “सन्तान” अर्थात्‌ ख्रिष्टसम्म डोऱ्‍यायो। येसु ख्रिष्टमाथि विश्‍वास गरेर हामी परमेश्‍वरको नजरमा धर्मी ठहरिन सक्छौँ। (गला. ३:२४) पावल परमेश्‍वरको नजरमा धर्मी ठहरिए किनकि व्यवस्थाद्वारा तिनले येसुलाई स्विकार्न र उहाँमाथि विश्‍वास गर्न सकेका थिए। यसरी पावल ‘व्यवस्थाको नजरमा मरे’ अनि ‘परमेश्‍वरको निम्ति जीवित भए।’ त्यस उप्रान्त पावल व्यवस्थाको नभई परमेश्‍वरको अधीनमा भए।

पावलले रोमीहरूलाई लेखेको पत्रमा पनि यस्तै कुरा व्यक्‍त गरे। तिनले यस्तो लेखे: “हे मेरा भाइ हो, तिमीहरू पनि ख्रिष्टको शरीरद्वारा मोसाको व्यवस्थाको नजरमा मरिसक्यौ . . . हामी मोसाको व्यवस्थाबाट मुक्‍त भइसकेका छौँ किनकि हामीलाई जसले बाँधेर राखेको थियो, त्यसको नजरमा हामी मरिसकेका छौँ।” (रोमी ७:४, ६) यो पद र गलाती २:१९ ले व्यवस्थाद्वारा दोषी ठहरिएर मृत्युदण्ड पाउनेबारे पावलले कुरा गरिरहेका थिएनन्‌ भनेर देखाउँछ। बरु तिनले स्वतन्त्र हुनेबारे कुरा गर्दै थिए। तिनी र तिनीजस्तै अरू ख्रिष्टियनमाथि मोसाको व्यवस्थाको कुनै प्रभाव थिएन। ख्रिष्टको फिरौतीको बलिदानमाथि विश्‍वास राखेकोले तिनीहरू स्वतन्त्र भइसकेका थिए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने