प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 नोभेम्बर p. ३१
  • के तपाईँलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • नहुम विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • नहूम, हबकूक र सपन्याहको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 नोभेम्बर p. ३१
पुरातन निनवेका भवनहरू र स्मारकहरूबारे चित्रकारको परिकल्पना।

निनवे सहरमा भव्य भवनहरू र स्मारकहरू थिए

के तपाईँलाई थाह थियो?

योनाको समयपछि निनवे सहरलाई के भयो?

ईसापूर्व सातौँ शताब्दीसम्ममा अस्सेरिया संसारकै सबैभन्दा ठूलो साम्राज्य भइसकेको थियो। ब्रिटिस म्युजियमको वेबसाइटमा बताइएअनुसार त्यस साम्राज्यको “पूर्वमा इरान, पश्‍चिममा साइप्रस थियो भने कुनै समय मिश्र पनि त्यो साम्राज्यभित्र पर्थ्यो।” अस्सेरियाको राजधानी निनवे त्यतिबेलाको सबैभन्दा ठूलो सहर थियो। त्यस सहरमा भव्य स्मारक र महलहरू, सुन्दर बगैँचाहरू अनि ठूलठूला पुस्तकालयहरू थिए। पुरातन निनवे सहरको भित्तामा भएको शिलालेखअनुसार अस्सेरियाका अरू राजाहरूले जस्तै राजा अस्सुरबानिपालले पनि आफूलाई “संसारको राजा” भने। त्यतिबेलाको अवस्था हेर्दा अस्सेरिया र निनवेलाई कसैले हराउन सक्दैन जस्तो देखिन्थ्यो।

ईसापूर्व सातौँ शताब्दीमा अस्सेरिया साम्राज्यको सिमानाहरू देखाइएको नक्सा। नक्सामा मिश्र, साइप्रस टापु र निनवे देखाइएको छ।

अस्सेरिया त्यतिबेलाको विश्‍वशक्‍ति अनि संसारकै ठूलो साम्राज्य थियो

अस्सेरिया सबैभन्दा शक्‍तिशाली भएपछि यहोवा परमेश्‍वरका भविष्यवक्‍ता सपन्याहले यस्तो भविष्यवाणी गरे: “[यहोवाले] . . . अस्सेरियालाई नाश गर्नुहुनेछ उहाँले निनवेलाई मरुभूमिजस्तै उजाड पारिदिनुहुनेछ।” यहोवाको अर्का भविष्यवक्‍ता नहुमले पनि यस्तो भविष्यवाणी गरे: “चाँदी लुट! सुन लुट! . . . त्यो सहर खाली भएको छ! सुनसान र उजाड भएको छ! . . . तँलाई देख्ने सबै तँबाट भाग्नेछन्‌ र यसो भन्‍नेछन्‌, ‘निनवे ध्वस्त भएको छ!’” (सप. २:१३; नहु. २:९, १०; ३:७) ती भविष्यवाणीहरू सुनेपछि मानिसहरूलाई यस्तो लागेको हुनुपर्छ: ‘यस्तो पनि हुन्छ र? अस्सेरियालाई पनि कसैले हराउन सक्छ र?’ तिनीहरूले त्यो कुरा विश्‍वासै गर्न सकेनन्‌।

निनवे खण्डहर भयो!

तर मानिसहरूले सोच्दै नसोचेको कुरा भयो। ईसापूर्व सातौँ शताब्दीको अन्ततिर बेबिलोनीहरू र मादीहरूले अस्सेरियामाथि विजय हासिल गरे। पछि गएर निनवे सहर खण्डहर भयो र त्यो मानिसहरूको सम्झनामा पनि रहेन। न्यु योर्कको द मेट्रोपोलिटियन म्युजियम अफ आर्टले प्रकाशित गरेअनुसार “मध्य-युगसम्ममा निनवेको नामोनिसान मेटिसकेको थियो। अनि मानिसहरूले बाइबल पढेर मात्र त्यसबारे थाह पाउन सक्थे।” बिब्लिकल आर्कियोलोजी सोसाइटी अनलाइन आर्काइभअनुसार १९ औँ शताब्दीको सुरुसम्ममा “अस्सेरियाको राजधानी निनवे मानिसहरूको सम्झनाबाट हराइसकेको थियो।” तर पछि १८४५ मा पुरातत्त्वविद्‌ अस्टिन हेन्रीले पुरातन निनवे भएको ठाउँमा गएर खोज-अनुसन्धान गर्दा त्यो भव्य सहर थियो भन्‍ने कुरा पत्ता लाग्यो।

निनवे सहरबारे गरिएको भविष्यवाणी एक-एक पूरा भएको कुरा विचार गर्दा अहिलेका राजनैतिक शक्‍तिहरूको विनाशबारे बाइबलले गरेको भविष्यवाणी पनि पक्कै पूरा हुनेछ भन्‍ने कुरामा हाम्रो विश्‍वास बलियो हुन्छ।—दानि. २:४४; प्रका. १९:१५, १९-२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने