प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 अप्रिल p. १५
  • मेरा कुकुरहरूको लागि बिस्कुट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेरा कुकुरहरूको लागि बिस्कुट
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • विधवा भएपछि दुई महिलाको अवस्था कस्तो भयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “सबै राष्ट्रहरूलाई साक्षी दिनका लागि” ट्रली साक्षी
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • के तपाईंलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • यहोवाको वफादारी र क्षमाको मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 अप्रिल p. १५
एक पुरुष आफ्ना दुइटा कुकुरलाई डुलाउँदै छन्‌। तिनीहरू ट्रलीसँगै उभिरहेको साक्षी दम्पती भएतिर जान्छन्‌।

मेरा कुकुरहरूको लागि बिस्कुट

अमेरिकाको ओरेगन राज्यमा बस्ने निकले यस्तो लेखे: “सन्‌ २०१४ को सुरु-सुरुतिरको कुरा हो। मैले आफ्नो दुई वटा कुकुरलाई बाहिर डुलाउन लैजान थालेँ। साक्षीहरू बजारी इलाकामा ट्रलीसँगै उभिरहेका हुन्थे। तिनीहरू सधैँ चिटिक्क परेको पहिरनमा हुन्थे र ट्रली अगाडिबाट आउजाउ गर्ने सबैलाई न्यानो मुस्कानसहित अभिवादन गर्थे।

“साक्षीहरू मानिसहरूसित मात्र होइन, मेरा कुकुरहरूसित पनि राम्रो व्यवहार गर्थे। एकदिन ट्रलीको छेउमा उभिरहेकी इलेनले मेरा कुकुरहरूलाई बिस्कुट दिइन्‌। त्यसपछि त कुकुरहरू बिस्कुट खान पल्किहाले। ट्रलीको नजिक पुगेपछि ती कुकुरहरूले मलाई तानेर त्यतैतिर लैजान खोज्थे।

“यसरी नै समयहरू बित्दै गए। मेरा कुकुरहरूचाहिँ बिस्कुट पाउने आसमा ट्रलीतिर जान थाले अनि मचाहिँ ती साक्षीहरूसित कुरा गर्न। तर म तिनीहरूसित त्यत्ति खुलेर कुराकानी गर्दिनथेँ। म ७० वर्ष नाघिसकेको थिएँ अनि साक्षीहरू के विश्‍वास गर्छन्‌ भनेर मलाई खासै थाह थिएन। प्रोटेस्टेन्ट चर्चहरूको व्यवहारले गर्दा म दिक्क भइसकेको थिएँ। त्यसैले मलाई आफैले बाइबल पढ्‌नु बेस हो जस्तो लाग्थ्यो।

“त्यही समयतिर मैले सहरको अरू ठाउँमा पनि ट्रलीसँगै उभिरहेका साक्षीहरूलाई देखेँ। तिनीहरू पनि अरूसित सधैँ मित्रैलो व्यवहार गर्थे। तिनीहरू जुनसुकै प्रश्‍नको बाइबलबाटै जवाफ दिन्थे। त्यसैले तिनीहरूमाथिको मेरो भरोसा अझ बढ्यो।

“एकदिन इलेनले मलाई यस्तो प्रश्‍न सोधिन्‌: ‘जनावरहरू परमेश्‍वरले दिनुभएको उपहार हो भनेर के तपाईँ विश्‍वास गर्नुहुन्छ?’ मैले यस्तो जवाफ दिएँ: ‘पक्कै विश्‍वास गर्छु!’ त्यसपछि तिनले मलाई यसैया ११:६-९ पढेर सुनाइन्‌। त्यस दिनदेखि बाइबलबारे बुझ्ने मेरो चाहना बढ्यो तर म अझै पनि साक्षीहरूबाट साहित्यहरू भने स्विकार्दिनथेँ।

“त्यसपछिका दिनहरूमा मैले इलेन र तिनको श्रीमान्‌ ब्रेन्टसित बाइबलबाट छोटो र अर्थपूर्ण कुराकानी गर्न थालेँ। असल ख्रिष्टियन बन्‍नुमा के समावेश छ भनेर बुझ्न तिनीहरूले मलाई मत्तिदेखि प्रेषितसम्म पढ्‌न प्रोत्साहन दिए र मैले त्यो सबै पढेँ। त्यसपछिको केही समयमै म ब्रेन्ट र इलेनसँग बाइबल अध्ययन गर्न राजी भएँ। यो कुरा २०१६ को बीचतिरको हो।

“म हरेक हप्ता बाइबल अध्ययन गर्न र सभाहरूमा जान निकै उत्सुक हुन्थेँ। बाइबलले वास्तवमा के सिकाउँछ भनेर बुझ्न पाउँदा म निकै खुसी थिएँ। लगभग एक वर्षपछि मैले बप्तिस्मा गरेँ। अहिले म ७९ वर्ष पुगिसकेँ र म सही बाटोमा हिँड्‌दै छु भन्‍ने कुरामा ढुक्क छु। यहोवाले मलाई आफ्नो परिवारमा स्वागत गर्नुभएकोमा म निकै आभारी छु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने