प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 फेब्रुअरी pp. २८-२९
  • परिचालक निकायका दुई नयाँ सदस्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायका दुई नयाँ सदस्य
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • परिचालक निकायको नयाँ सदस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यहोवाका साक्षीहरूको परिचालक निकाय भनेको के हो?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • बेथेल सेवा—अझ धेरै स्वयंसेवकहरू आवश्‍यक
    हाम्रो राज्य सेवकाई—१९९५
  • परिचालक निकायका नयाँ सदस्यहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 फेब्रुअरी pp. २८-२९

परिचालक निकायका दुई नयाँ सदस्य

जनवरी १८, २०२३, बुधबारको दिन jw.org मा भाइ गेज फ्लिगल र जेफ्रि विन्डर यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्य नियुक्‍त हुनुभएको छ भनेर एउटा विशेष घोषणा गरिएको थियो। उहाँहरूले लामो समयदेखि वफादार भई यहोवाको सेवा गर्दै आउनुभएको छ।

गेज फ्लिगल र उहाँकी पत्नी नाडिया

भाइ फ्लिगलको जन्म अमेरिकाको पेन्सिलभेनिया राज्यको पश्‍चिमी भागमा भयो। उहाँको आमाबुबा साक्षी हुनुभएकोले उहाँ सत्यमै हुर्कनुभयो। उहाँ किशोर छँदा उहाँको परिवार आवश्‍यकता धेरै भएको एउटा सानो गाउँमा सऱ्‍यो। त्यसको केही समयपछि नोभेम्बर २०, १९८८ मा उहाँले बप्तिस्मा गर्नुभयो।

भाइ फ्लिगलको आमाबुबाले उहाँलाई पूर्ण-समय सेवा गर्न सधैँ प्रोत्साहन दिनुहुन्थ्यो। उहाँहरूले क्षेत्रीय निरीक्षकहरू र बेथेल सेवकहरूलाई घरमा बोलाइरहनुहुन्थ्यो। भाइ फ्लिगलले ती भाइबहिनीहरूको अनुहारमा छाएको खुसी याद गर्नुभयो। बप्तिस्मा गरेको लगभग एक वर्षपछि सेप्टेम्बर १, १९८९ मा उहाँले नियमित अग्रगामी सेवा सुरु गर्नुभयो। त्यसको दुई वर्षपछि उहाँको एउटा सपना पूरा भयो: बेथेल सेवा गर्ने। उहाँले १२ वर्षको उमेरदेखि बेथेल सेवा गर्ने लक्ष्य राख्नुभएको थियो। उहाँले अक्टोबर १९९१ देखि ब्रुक्लिन बेथेलमा सेवा गर्न थाल्नुभयो।

भाइ फ्लिगलले बेथेलमा आठ वर्ष बाइन्डिङको काम गर्नुभयो। त्यसपछि उहाँलाई सेवा विभागमा खटाइयो। त्यस दौडान उहाँले केही वर्ष रुसी भाषाको मण्डलीमा सेवा गर्नुभयो। उहाँले सन्‌ २००६ मा नाडिया बहिनीसित विवाह गर्नुभयो र उहाँहरूले सँगै बेथेल सेवा सुरु गर्नुभयो। उहाँहरूले १० वर्षभन्दा धेरै स्पेनिश भाषाको मण्डलीमा सेवा गर्नुभयो र पोर्चुगिज भाषाको मण्डलीमा पनि सेवा गर्नुभयो। थुप्रै वर्ष सेवा विभागमा काम गरेपछि भाइ फ्लिगललाई शिक्षण समिति कार्यालय र पछि सेवा समिति कार्यालयमा खटाइयो। मार्च २०२२ मा उहाँलाई परिचालक निकायको सेवा समितिको सहयोगी नियुक्‍त गरियो।

जेफ्रि विन्डर र उहाँकी पत्नी एन्जेला

भाइ विन्डरको जन्म अमेरिकाको क्यालिफोर्निया राज्यको मरिएटामा भयो। उहाँ साक्षी परिवारमा हुर्कनुभएको थियो। उहाँले मार्च २९, १९८६ मा बप्तिस्मा गर्नुभयो। त्यसलगत्तै अप्रिल महिनामै उहाँले सहायक अग्रगामी सेवा सुरु गर्नुभयो। त्यो सेवा एकदमै रमाइलो लागेकोले उहाँले त्यसलाई निरन्तरता दिनुभयो। केही महिना सहायक अग्रगामी गरेपछि उहाँले अक्टोबर १, १९८६ मा नियमित अग्रगामी सेवा सुरु गर्नुभयो।

भाइ विन्डरका दुई जना दाइ बेथेल सेवा गर्नुहुन्थ्यो। उहाँ किशोर छँदा दाइहरूलाई भेट्‌न बेथेल जानुभयो। त्यहाँ गएपछि उहाँमा बेथेल सेवा गर्ने इच्छा जाग्यो। उहाँले ठूलो भएपछि बेथेल सेवा गर्ने लक्ष्य राख्नुभयो। उहाँले मे १९९० मा वाल्किल बेथेलमा सेवा गर्ने निम्तो पाउनुभयो।

भाइ विन्डरले बेथेलमा विभिन्‍न विभागमा सेवा गर्नुभयो। जस्तै: सफाइ विभाग, खेतीपाती विभाग र बेथेल अफिस। उहाँले १९९७ मा एन्जेला बहिनीसित विवाह गर्नुभयो। त्यतिबेलादेखि उहाँहरू सँगै बेथेल सेवा गर्दै हुनुहुन्छ। सन्‌ २०१४ मा उहाँहरूलाई वारविकमा खटाइयो। त्यहाँ भाइ विन्डरले मुख्यालय निर्माण परियोजनामा सघाउनुभयो। सन्‌ २०१६ मा उहाँहरूलाई प्याटर्सनमा रहेको वाचटावर शैक्षिक केन्द्रमा खटाइयो। त्यहाँ भाइ विन्डरले अडियो/​भिडियो सेवामा काम गर्नुभयो। त्यसको चार वर्षपछि उहाँहरूलाई फेरि वारविकमा बोलाइयो र भाइ विन्डरले सदस्य समिति कार्यालयमा सेवा गर्नुभयो। मार्च २०२२ मा उहाँलाई परिचालक निकायको सदस्य समितिको सहयोगी नियुक्‍त गरियो।

राज्य गतिविधिलाई अघि बढाउन कडा मेहनत गर्ने ‘वरदानको रूपमा दिइएका यी पुरुषहरूलाई’ यहोवाले प्रचुर मात्रामा आशिष्‌ देऊन्‌ भनेर हामी प्रार्थना गर्छौँ।—एफि. ४:८.

परिचालक निकायमा हाल नौ जना अभिषिक्‍त भाइ हुनुहुन्छ: केनेथ कुक जुनियर, गेज फ्लिगल, गेरिट लोश, जेफ्रि ज्याक्सन, जेफ्रि विन्डर, डेभिड स्प्लेन, मार्क स्यान्डर्सन, स्टिफन लेट्‌ र स्यामुएल हर्ड।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने