प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 अक्टोबर p. ३१
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँले सम्झनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 अक्टोबर p. ३१
माथिबाट हेर्दा देखिने सुलेमानको मन्दिर।

पाठकहरूको प्रश्‍न

सुलेमानको मन्दिरको दलान कति अग्लो थियो?

मन्दिरको पवित्र कोठा दलानको बाटो हुँदै जानुपर्थ्यो। पवित्र बाइबल—नयाँ संसार अनुवाद-को (अङ्‌ग्रेजी) २०२३ को संस्करणभन्दा अघिका संस्करणहरूअनुसार “भवनको अगाडि भएको दलानको लम्बाइ २० हात थियो, जुन भवनको चौडाइबराबर थियो। अनि त्यस दलानको उचाइ १२० थियो।” (२ इति. ३:४) बाइबलका अरू अनुवादहरूअनुसार पनि दलानको उचाइ “१२० हात” अर्थात्‌ १७५ फिट थियो!

तर २०२३ मा छापिएको नयाँ संसार अनुवाद-मा (अङ्‌ग्रेजी) सुलेमानको मन्दिरको दलानबारे यसो भनिएको छ: “त्यसको उचाइ २० हात थियो।” त्यो लगभग ३० फिट अग्लोa थियो। यस्तो छाँटकाँट गरिनुका केही कारण विचार गरौँ।

पहिलो राजा ६:३ मा दलानको उचाइ उल्लेख गरिएको छैन। त्यस पदमा यर्मियाले दलानको लम्बाइ र चौडाइ लेखेका छन्‌ तर उचाइ भने लेखेका छैनन्‌। तिनले ७ अध्यायमा भने मन्दिरको अरू भागहरूबारे विस्तृत रूपमा लेखेका छन्‌। जस्तै: विशाल खड्‌कुँलो, १० वटा ठेलागाडा र दलानको अगाडिपट्टि भएको तामाको दुई वटा खम्बा। (१ राजा ७:१५-३७) यदि त्यो दलान साँच्चै १७५ फिटभन्दा अग्लो थियो र मन्दिरको बाँकी भागहरूभन्दा अग्लो थियो भने यर्मियाले त्यसको उचाइ किन लेखेनन्‌? शताब्दियौँपछि यहुदी इतिहासकारहरूले त्यो दलान सुलेमानको मन्दिरको बाँकी भागहरूभन्दा अग्लो थिएन भनेर लेखे।

बाइबलविद्‌हरूअनुसार दलानको भित्ताले १७५ फिट अग्लो दलानलाई थेग्न सक्दैनथ्यो। पुरातन समयका ढुङ्‌गा र इँटाले बनेका अग्ला संरचनाहरूको जग निकै फराकिलो हुन्थ्यो अनि टुप्पोतिरको भाग भने साँघुरो हुँदै गएको हुन्थ्यो। जस्तै: मिश्रको मन्दिरका ढोकाहरू। तर सुलेमानको मन्दिरको दलान भने त्यस्तो थिएन। बाइबलविद्‌हरूअनुसार त्यस मन्दिरको भित्ताको चौडाइ ६ हात अर्थात्‌ ९ फिटभन्दा धेरै थिएन। वास्तु विज्ञानका इतिहासकार थियोडोर बसिङ्‌क यस्तो निष्कर्षमा पुगे: “[मन्दिरको प्रवेशद्वारको] भित्ताको चौडाइको आधारमा दलान १२० हात [अग्लो] हुनै सक्दैन।”

दोस्रो इतिहास ३:४ सार्दा गल्ती भएको हुन सक्छ। हुनत यस पदको केही प्राचीन पाण्डुलिपिमा “१२०” लेखिएको छ। तर अरू भरपर्दा पाण्डुलिपिहरूमा भने “२० हात” लेखिएको छ। जस्तै: पाँचौँ शताब्दीको कोडेक्स अलेक्जेन्ड्रिनस र छैटौँ शताब्दीको कोडेक्स एम्ब्रोसियनस। प्रतिलिपिकहरूले किन “१२०” लेखेका हुन सक्छन्‌? हिब्रू भाषामा “सय” र “हात” शब्द हेर्दा उस्ता-उस्तै देखिन्छ। त्यसैले प्रतिलिपिकहरूले “हात”-को सट्टा “सय” लेखेका हुन सक्छन्‌।

हुनत हामी यस्ता विवरणहरू विस्तृत रूपमा बुझेर सुलेमानको मन्दिर ठ्याक्कै कस्तो देखिन्थ्यो भनेर चित्रमा उतार्न चाहन्छौँ। तर हामी यस मन्दिरले महान्‌ आध्यात्मिक मन्दिरको पूर्वझलक दिन्छ भन्‍ने कुरामा ध्यान दिन चाहन्छौँ। यहोवाले आफ्ना सबै सेवकहरूलाई यस आध्यात्मिक मन्दिरमा उपासना गर्नको लागि निम्तो दिनुभएको छ। यसको लागि हामी यहोवाप्रति मनैदेखि कृतज्ञ छौँ!—हिब्रू ९:११-१४; प्रका. ३:१२; ७:९-१७.

a नयाँ संसार अनुवाद-को (अङ्‌ग्रेजी) फुटनोटमा यस्तो लेखिएको छ: “केही प्राचीन पाण्डुलिपिहरूमा ‘१२०’ लेखिएको छ। तर अरू पाण्डुलिपिहरू र केही अनुवादहरूमा ‘२० हात’ लेखिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने