अध्ययनका लागि सुझाव
अरूलाई बताउने उद्देश्यसहित अध्ययन गर्नुहोस्
अध्ययन गर्दा आफूले सिकेको कुरा अरूलाई पनि बताउने लक्ष्य राख्नुहोस्। अध्ययन गर्नु स्फूर्तिदायी हुन्छ तर सिकेको कुरा अरूलाई बतायौँ भने अझ स्फूर्ति पाउन सक्छौँ। हितोपदेश ११:२५ ले यस्तो प्रोत्साहन दिन्छ: “जसले अरूलाई स्फूर्ति दिन्छ, ऊ आफैले पनि स्फूर्ति पाउँछ।”
सिकेको कुरा अरूलाई बताउँदा हामी आफैले पनि ती कुराहरू सम्झिरहन सक्नेछौँ। त्यसरी बताउँदा अर्को व्यक्तिबाट त्यो विषयबारे थप जानकारी पनि पाउन सक्छौँ। हामीले बताएको कुराले अरूलाई फाइदा पुग्छ र यो कुरा सोच्दा हामी आफै पनि आनन्दित हुन्छौँ।—प्रेषि. २०:३५.
यसो गरे कसो होला? आफूले अध्ययन गर्दा सिकेको कुरा कसैलाई बताउन आउँदो हप्ता मौका खोज्नुहोस्। तपाईँ आफ्नो परिवारको सदस्यलाई, मण्डलीका भाइबहिनीलाई, सहकर्मीलाई, स्कुलको साथीलाई, छिमेकीलाई वा प्रचारमा भेटेको कसैलाई बताउन सक्नुहुन्छ। सिकेको कुरा आफ्नै शब्दमा अनि सरल र स्पष्ट तरिकामा बताउने कोसिस गर्नुहोस्।
यो कुरा मनमा राख्नुहोस्: सिकेको कुरा अरूलाई बताउनुको उद्देश्य प्रोत्साहन दिनको लागि हुनुपर्छ, आफूसित कति ज्ञान छ भनेर देखाउन त होइन।—१ कोरि. ८:१.