प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article १८०
  • म कहाँ आशा पाउन सक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म कहाँ आशा पाउन सक्छु?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • बाइबलले हामीलाई आशावादी हुन कसरी मदत गर्छ?
  • बाइबलले सबै मानिसजातिको लागि कस्तो आशा दिन्छ?
  • आफ्नो आशालाई बलियो बनाइराख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • सुन्दर भविष्यको आशा लिएर २०२३ को सुरुवात गर्नुहोस्‌—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • यहोवामा आशा राख्नुहोस्‌ र साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • साँचो आशा तपाईं कहाँ पाउन सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article १८०
एक महिला आशाका साथ आकाशतिर हेर्दै छिन्‌।

म कहाँ आशा पाउन सक्छु?

बाइबलको जवाफ

परमेश्‍वर हामीलाई “उज्ज्वल भविष्य र आशा”a दिन चाहनुहुन्छ भनेर बाइबल बताउँछ। (यर्मिया २९:११) परमेश्‍वरले हामीलाई बाइबल दिनुको एउटा कारण “धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ” भन्‍ने हो। (रोमी १५:४) बाइबलमा पाइने निर्देशनले हामीलाई दैनिक जीवनमा चाहिने डोऱ्‍याइ दिन्छ र यसमा भएका प्रतिज्ञाले भविष्यको लागि सुन्दर आशा पनि दिन्छ।

यस पृष्ठमा

  • बाइबलले हामीलाई आशावादी हुन कसरी मदत गर्छ?

  • बाइबलले सबै मानिसजातिको लागि कस्तो आशा दिन्छ?

  • आशासम्बन्धी बाइबल पदहरू

बाइबलले हामीलाई आशावादी हुन कसरी मदत गर्छ?

हाम्रो जीवन राम्रो बनाउन चाहिने व्यावहारिक सल्लाहहरू दिएर बाइबलले हामीलाई आशावादी हुन मदत गर्छ। केही उदाहरण विचार गरौँ।

  • बाइबलमा भएका व्यावहारिक निर्देशनहरू खोज्नुहोस्‌। भजन ११९:१०५ यसो भन्छ: “तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो।” चहकिलो बत्तीले दुई वटा काम गर्न सक्छ। यसले हाम्रो अगाडि भएको कुराहरू र टाढा भएका कुराहरू पनि स्पष्टसँग देख्न मदत गर्छ। त्यसरी नै बाइबलमा पाइने व्यावहारिक सल्लाहहरूले हामीलाई दैनिक जीवनमा आउने समस्याहरू सजिलै पार गर्न र आशावादी हुन मदत गर्छ। यसको शिक्षाले हामीलाई फेरि बलियो हुन र आफ्नो “मनलाई आनन्दित” बनाउन पनि मदत गर्छ। (भजन १९:७, ८) साथै यसले मानिसजाति र पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍यबारे पनि बताउँछ। यस्तो आशाले हामीलाई चिरस्थायी आनन्द र सन्तुष्टि दिन्छ।

  • अरूको मदत स्विकार्नुहोस्‌। आशाविहीन परिस्थितिहरू आइपर्दा हामी आफूलाई परिवार र साथीहरूदेखि अलग बनाइरहेका हुन सक्छौँ। तर बाइबलले बताएअनुसार त्यसो गर्नु बुद्धिमानी होइन किनकि त्यसले हामीलाई गलत निर्णय वा काम गर्नतर्फ पुऱ्‍याउन सक्छ। (हितोपदेश १८:१) हाम्रो परिवार वा साथीहरूले हामीलाई व्यावहारिक भइरहन मदत गर्न सक्छन्‌। साथै तिनीहरूले गाह्रो अवस्थाको सामना गर्न मदतकारी सल्लाह पनि दिन सक्छन्‌। (हितोपदेश ११:१४) तिनीहरूले हाम्रो समस्या हटाउन नसके तापनि हामीलाई त्यो समस्या नहटेसम्म सहने बल र सान्त्वना दिन सक्छन्‌।—हितोपदेश १२:२५.

  • परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌। बाइबल भन्छ: “आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। धर्मी मानिस कहिल्यै डग्नेछैन किनभने उहाँले उसलाई थाम्नुहुनेछ।”b (भजन ५५:२२) यहोवालाई “आशा दिनुहुने परमेश्‍वर” भनिएको छ। (रोमी १५:१३) हामी प्रार्थनामा “आफ्नो सारा चिन्ता” उहाँमाथि बिसाउन सक्छौँ र उहाँले त्यो सुन्‍नु हुनेछ भनी ढुक्क हुन सक्छौँ। (१ पत्रुस ५:७, फुटनोट) बाइबल अझ यसो भन्छ: “उहाँले तिमीहरूलाई स्थिर बनाउनुहुनेछ, तिमीहरूलाई बलियो पार्नुहुनेछ र तिमीहरूलाई दह्रोगरि खडा गर्नुहुनेछ।”—१ पत्रुस ५:१०.

  • परीक्षाहरूलाई आफ्नो आशा बलियो बनाउने मौकाको रूपमा लिनुहोस्‌। बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “[परमेश्‍वरको] कुरा ध्यान दिएर सुन्‍ने सुरक्षित रहनेछ अनि विपत्तिको डरले उसलाई पिरोल्नेछैन।” (हितोपदेश १:३३) अस्ट्रेलियामा बस्ने मार्गारेट नाम गरेकी एक महिलाले समुद्री आँधीको कारण आफ्नो सबै सम्पत्ति गुमाइन्‌। तर तिनी निराशामा डुबिनन्‌ बरु धनसम्पत्ति अस्थायी हुन्छ भन्‍ने महत्त्वपूर्ण पाठ सिकिन्‌। त्यसपछि तिनी परिवार र साथीभाइ, परमेश्‍वरसितको सम्बन्ध अनि बाइबलले दिने आशाजस्ता महत्त्वपूर्ण कुराहरूमा ध्यान दिन कटिबद्ध भइन्‌।—भजन ३७:३४; याकुब ४:८.

बाइबलले सबै मानिसजातिको लागि कस्तो आशा दिन्छ?

बाइबलमा मानिसजाति र पृथ्वीको लागि उज्ज्वल भविष्यको प्रतिज्ञा गरिएको छ र त्यो प्रतिज्ञा चाँडै पूरा हुनेछ। अहिले मानिसहरूले भोग्नुपरेको समस्याहरूले हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ भनी देखाउँछ। (२ तिमोथि ३:१-५) अब चाँडै परमेश्‍वरले स्थापना गर्नुभएको राज्यले पृथ्वीमा अधिकार गर्नेछ अनि अन्याय र दुःखकष्ट नामेट पार्नेछ। (दानिएल २:४४; प्रकाश ११:१५) येसुले आफ्नो नमुना प्रार्थनामा स्वर्गीय सरकारबारे उल्लेख गर्दै यसो भन्‍नुभयो: “तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा . . . पृथ्वीमा पनि पूरा होस्‌।”—मत्ति ६:९, १०.

मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍यबारे बाइबलमा स्पष्ट बताइएको छ। परमेश्‍वरको राज्यले के-कस्ता समस्याहरूलाई नामेट पार्नेछ?

  • भोकमरी हुनेछैन। “पृथ्वीले आफ्नो उब्जनी दिनेछ।”—भजन ६७:६.

  • रोगबिमार हुनेछैन। “त्यस देशको कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु।’”—यसैया ३३:२४.

  • मृत्यु हुनेछैन। परमेश्‍वरले “[मानिसहरूका] आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

a हामीले कुनै कुराको चाह गर्दा र त्यो कुरा पाउनेछौँ भनी विश्‍वास गर्दा हामीमा आशा जाग्छ। आशा राख्नु भनेको कुनै कुरा पूरा हुने समय पर्खनु पनि हो।

b बाइबलमा बताइएअनुसार परमेश्‍वरको नाम यहोवा हो।—भजन ८३:१८.

आशासम्बन्धी बाइबल पदहरू

अय्युब ५:१६: “असहायहरूको निम्ति आशा छ।”

अर्थ: अहिलेको संसारमा असहाय महसुस गर्नेहरूले परमेश्‍वरलाई पुकार्दा उहाँले तिनीहरूको ख्याल राख्नुहुनेछ भन्‍ने कुरामा तिनीहरू ढुक्क हुन सक्छन्‌।

भजन २७:१४: “यहोवामा आशा राख; साहसी होऊ, बलियो होऊ। हो, यहोवामा आशा राख।”

अर्थ: यहोवा परमेश्‍वरमाथि भरोसा राख्यौँ भने हामीले बल र साहस पाउनेछौँ किनभने उहाँमा भरोसा राख्नेहरूलाई परमेश्‍वर कहिल्यै त्याग्नुहुन्‍न।

भजन ६२:५: “म भने चुपचाप परमेश्‍वरको बाटो हेर्छु किनकि उहाँले नै मलाई आशा दिनुहुन्छ।”

अर्थ: परमेश्‍वरमा भर पर्दै परीक्षाहरू आउँदा धीरजी भई सहने व्यक्‍तिहरू उहाँले ठीक समयमा समस्याको अन्त गरिदिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्छन्‌।

हितोपदेश २०:२२: “यसो नभन्‍नू: ‘म बदला नलिई कहाँ छाड्‌छु र!’ यहोवामा भरोसा राख, उहाँले तिमीलाई बचाउनुहुनेछ।”

अर्थ: कसैको कारण चित्त दुख्दा वा निराश हुँदा परमेश्‍वरमा भरोसा राखेका छौँ भने हामी बदलाको भाव राख्नेछैनौँ। परमेश्‍वरसित हामीलाई जोगाउने अनि हामीले भोगेको सबै हानिलाई सच्याउने इच्छा र शक्‍ति दुवै छ।

हिब्रू ६:१९: “[हामी ख्रिष्टियनहरूको] आशा हाम्रो जीवनको लङ्‌गर हो अनि यो पक्का र अटल छ।”

अर्थ: आँधीबेहरी आउँदा लङ्‌गरले जहाजलाई स्थिर राख्न मदत गर्छ। त्यसरी नै परमेश्‍वरले इनाम दिनुहुन्छ भन्‍ने आशाले हामीलाई चिन्ता कम गर्न अनि भावनात्मक, मानसिक र आध्यात्मिक तवरमा स्वस्थ रहन मदत गर्छ। आशाले हामीलाई कठिनाइहरू सहन बल दिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने