प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख ९८
  • जाँचमा फेल नहुन म के गरूँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जाँचमा फेल नहुन म के गरूँ?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • म कसरी राम्रो अंक ल्याउनसक्छु?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • छोराछोरीलाई राम्रो अङ्‌क ल्याउन कसरी मदत गर्ने?
    परिवारका लागि
  • होमवर्क गर्न म कसरी समय निकाल्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००४
  • स्कूल तथा जागिर
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
युवाहरू सोध्छन्‌
ijwyp लेख ९८
थुप्रै विद्यार्थीहरू स्कुलबाट बाहिर निस्कँदै छन्‌। एक युवती निराश हुँदै आफ्नो जाँचको नतिजालाई हेर्दै छिन्‌।

युवाहरू सोध्छन्‌

जाँचमा फेल नहुन म के गरूँ?

“म स्कुलका केही साथीहरूलाई हेर्छु, जो कक्षामा शिक्षकले पढाउँदा कापीकिताब नल्याई गीत सुनेर बस्छन्‌। तिनीहरू आफू किन फेल भइरहेको छु भनी सोच्ने गर्छन्‌। अनि अरूचाहिँ मजस्तो हुन्छन्‌, जो दिन-रात नभनी मेहनत गरेर पढ्‌छन्‌। तैपनि जाँचमा राम्रो नतिजा ल्याउन सक्दैनन्‌। यस्तो किन हुन्छ, म साँच्चै बुझ्नै सक्दिनँ। हप्तौँसम्म मेहनत गरेर पढे तापनि जाँचमा राम्रो अङ्‌क नआउँदा साह्रै नमजा लाग्छ।”–योलान्डा।

के तपाईँले कहिल्यै योलान्डाले जस्तै महसुस गर्नुभएको छ? जाँचमा फेल मात्र भइरहँदा हामी साँच्चै निरुत्साहित हुन्छौँ।

स्कुलमा फेल हुने केही जवानहरू जाँचमा राम्रो अङ्‌क ल्याउने कोसिस समेत गर्न छोड्‌छन्‌। अरू कोही-कोही भने स्कुल नै जान छोड्‌छन्‌। यो नै सबैभन्दा सजिलो उपाय हो जस्तो लागे तापनि यो समस्याको सामना गर्ने अरू उपाय पनि छन्‌। जाँचमा राम्रो अङ्‌क ल्याउन तपाईँले चाल्न सक्ने छ वटा कदम विचार गर्नुहोस्‌।

  • तपाईँ के गर्न सक्नुहुन्छ?

  • तपाईँका साथीहरू के भन्छन्‌?

तपाईँ के गर्न सक्नुहुन्छ?

  • क्लास नछुटाउनुहोस्‌। यो त सबैलाई थाह छ जस्तो तपाईँलाई लाग्ला तर तपाईँले धेरै क्लासहरू छुटाउनुभयो भने जाँचमा राम्रो अङ्‌क ल्याउन सक्नुहुन्‍न।

    “मेरो स्कुलमा आफ्नो जाँचको अङ्‌कबारे वास्ता नगर्ने तिनीहरू नै थिए, जो स्कुल प्रायः छुटाउने गर्थे। यसो गर्दा समस्या मात्रै निम्तिन्छ।”​—⁠म्याथ्यु।

    बाइबलको सिद्धान्त: “मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ”​—⁠गलाती ६:⁠७.

  • हरेक क्लासबाट सकेसम्म धेरै फाइदा उठाउनुहोस्‌। क्लासमा उपस्थित हुनु राम्रो हो तर उपस्थित भएर मात्रै पुग्दैन। क्लासबाट सकेसम्म धेरै फाइदा उठाउनुहोस्‌। नोटहरू टिप्नुहोस्‌। शिक्षकले के सिकाउँदै छन्‌, त्यो राम्ररी बुझ्ने कोसिस गर्नुहोस्‌। क्लासको दौडान प्रश्‍न सोध्ने अनुमति छ भने प्रश्‍नहरू पनि सोध्नुहोस्‌।

    “म क्लासमा धेरै प्रश्‍नहरू सोध्ने गर्छु किनभने मैले याद गरेकी छु कि आफ्नो विद्यार्थीले कुनै कुरा राम्रोसँग बुझेको छैन भनेर थाह पाएमा शिक्षकले त्यो कुरा अझ राम्रोसित बुझाउनुहुनेछ।”​—⁠ओलिभिया।

    बाइबलको सिद्धान्त: “तिमीहरू कसरी सुन्छौ, ध्यान देओ।”​—⁠लुका ८:१८.

  • चिट नचोर्नुहोस्‌। चिट चोर्नु बेइमानी हो। स्कुलमा चिट चोर्ने विभिन्‍न तरिकाहरू छन्‌। एउटा तरिका भनेको अरूले लेखेको कुरा सरासर सार्नु हो। यसो गर्नु बेइमानी त हो। साथै यसो गरेर तपाईँलाई केही फाइदा हुँदैन।

    “तपाईँले कुनै कुरा बुझ्नुभएको छैन भने अरू विद्यार्थीहरूले लेखेको कुरा नसार्नुहोस्‌। चिट चोरेर तपाईँलाई केही फाइदा हुनेछैन। आफ्नो समस्याको समाधान आफैले खोज्न सिक्नुको साटो तपाईँले आफूलाई अरूमाथि भर पर्न सिकाइरहनुभएको हुनेछ।”​—⁠जोनाथन।

    बाइबलको सिद्धान्त: “हरेकले आफ्नो काम जाँचोस्‌, तब उसले अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ।”​—⁠गलाती ६:⁠४.

  • होमवर्कलाई प्राथमिकता दिनुहोस्‌। सम्भव भएसम्म अरू कुनै पनि काम गर्नुअघि विशेषगरि रमाइलो गतिविधिमा भाग लिनुअघि आफ्नो होमवर्क गर्नुहोस्‌।a यसो गर्दा होमवर्क सिद्ध्याएर बचेको खाली समय तपाईँले हलुका महसुस गर्नुहुनेछ।

    “म होमवर्कलाई प्राथमिकता दिने गर्छु। यसो गर्दा मैले जाँचमा पहिलाभन्दा राम्रो अङ्‌क ल्याउन सकेको छु। घर फर्केर एकैछिन सुत्न अथवा गीत सुन्‍न धेरै मन लाग्छ। तर सुरुमा म होमवर्क सिध्याउने कोसिस गर्छु। त्यसपछि मात्र आराम गर्ने गर्छु।”​—⁠केल्भिन।

    बाइबलको सिद्धान्त: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।”​—⁠फिलिप्पी १:१०.

  • मदत माग्नुहोस्‌। अरूको मदत स्विकार्न लाज नमान्‍नुहोस्‌। आफ्नो बुबाआमासित केही सुझाव माग्नुहोस्‌। जाँचमा राम्रो अङ्‌क ल्याउन आफ्नो शिक्षकसित मदत माग्नुहोस्‌। कुनै-कुनै अवस्थामा तपाईँले ट्युसन पढाउने शिक्षकबाट पनि मदत पाउन सक्नुहुन्छ।

    “सीधै शिक्षककहाँ जानुहोस्‌। शिक्षकसित कुनै विषयबारे बुझ्न र जाँचमा राम्रो अङ्‌क ल्याउन मदत माग्नुहोस्‌। तपाईँको प्रयास देखेर तपाईँको शिक्षक सायद खुसी हुनुहुनेछ र तपाईँलाई मदत पनि गर्नुहुनेछ।”​—⁠ङेभिड।

    बाइबलको सिद्धान्त: “धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ।”​—⁠हितोपदेश १५:२२.

  • हरेक मौकाको सदुपयोग गर्नुहोस्‌। केही देशहरूमा जाँचमा थप प्रश्‍नहरू दिइएको हुन्छ, जसले तपाईँलाई राम्रो अङ्‌क ल्याउन मदत गर्न सक्छ। तपाईँ थप अङ्‌क पाउन अरू असाइनमेन्टहरू पनि पूरा गर्न सक्नुहुन्छ। कुनै जाँचमा फेल हुनुभयो भने फेरि जाँच दिन सक्छु कि भनेर सोध्न पनि सक्नुहुन्छ।

    एक किशोरी आफ्नो कोठामा गितार बजाउँदै छिन्‌।

    जाँचमा राम्रो अङ्‌क ल्याउने कोसिस गर्नु भनेको कुनै साङ्‌गीतिक साधन बजाउन सिक्नुजस्तै हो। त्यो सिक्न सजिलो हुँदैन तर मेहनतको फल मीठो हुन्छ

    “कुनै विषयमा राम्रो अङ्‌क ल्याउन चाहन्छु भने पहिलो कदम म आफैले चाल्नुपर्छ। थप अङ्‌क पाउनको लागि कुनै थप असाइनमेन्ट गर्न सकिन्छ कि अथवा पहिलाको कुनै असाइनमेन्ट फेरि दोहोऱ्‍याएर गर्न सकिन्छ कि भनेर म आफ्नो शिक्षकहरूलाई सोध्ने गर्छु।”​—⁠मेकेन्जी।

    बाइबलको सिद्धान्त: “मेहनतको फल मीठो हुन्छ।”​—⁠हितोपदेश १४:२३.

तपाईँका साथीहरू के भन्छन्‌?

एलेक्जेन्ड्रा।

“स्कुलमा सफल हुने मौका जीवनमा एक पल्ट मात्रै आउँछ। यस मौकाबाट पूरापूर लाभ उठाउन मेहनत पनि त्यति नै गर्नुपर्छ।”​—⁠एलेक्जेन्ड्रा।

एलाइजा।

“शिक्षकहरूलाई आफ्नो लक्ष्यबारे बताउनुहोस्‌। म स्कुलमा छँदा आफ्ना शिक्षकहरूलाई राम्रो अङ्‌क ल्याउन म के गर्न सक्छु भनेर सोध्ने गर्थेँ। त्यसको लागि म कुनै असाइनमेन्ट दोहोऱ्‍याएर गर्न अथवा थप होमवर्क गर्न पनि तयार थिएँ।”​—⁠एलाइजा।

मेकेन्जी।

“कदम चाल्नुहोस्‌ र मदत माग्नुहोस्‌। तपाईँले जाँचमा राम्रो अङ्‌क ल्याउन मेहनत गरेको देख्दा शिक्षकहरूले तपाईँलाई अवश्‍य मदत गर्नुहुनेछ।”​—⁠मेकेन्जी।

निष्कर्ष: जाँचमा फेल नहुन म के गरूँ?

  1. क्लास नछुटाउनुहोस्‌।

  2. हरेक क्लासबाट सकेसम्म धेरै फाइदा उठाउनुहोस्‌।

  3. चिट नचोर्नुहोस्‌।

  4. होमवर्कलाई प्राथमिकता दिनुहोस्‌।

  5. मदत माग्नुहोस्‌।

  6. हरेक मौकाको सदुपयोग गर्नुहोस्‌।

a होमवर्क पूरा गर्न मदत गर्ने केही तरिकाहरू थाह पाउनको लागि “युवाहरू सोध्छन्‌​—⁠म आफ्नो होमवर्क कसरी सिद्ध्याउन सक्छु?” (अङ्‌ग्रेजी) भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने