प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख १००
  • मैले परिवारको नियम तोडेँ, के गरूँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मैले परिवारको नियम तोडेँ, के गरूँ?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के गर्नु हुँदैन?
  • के गर्नु राम्रो हो?
  • म आफ्नो आमाबुबाको भरोसा कसरी जित्न सक्छु?
    युवाहरू सोध्छन्‌
  • ममीड्याडी किन मलाई रमाइलो गर्न दिनुहुन्‍न?
    युवाहरू सोध्छन्‌
  • किन यत्ति धेरै बन्देज?
    ब्यूँझनुहोस्‌!—२००७
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
युवाहरू सोध्छन्‌
ijwyp लेख १००
एक आमाबुबा ढिलो घर फर्केको छोरीसित कुरा गर्दै छन्‌।

युवाहरू सोध्छन्‌

मैले परिवारको नियम तोडेँ, के गरूँ?

सबैको परिवारमा केही न केही नियमहरू हुन्छन्‌। जस्तै: कति बजेसम्ममा घर फर्कने, इलेक्ट्रोनिक डिभाइस कति समय चलाउने र अरूसित कस्तो व्यवहार गर्ने?

तर तपाईँले परिवारको नियम तोड्‌नुभयो भने नि? हुनत जे भयो तपाईँ त्यसलाई परिवर्तन गर्न सक्नुहुन्‍न तर परिस्थिति झनै बिग्रन नदिन तपाईँले गर्नुपर्ने र गर्न नहुने कुराबारे यस लेखमा बताइएको छ।

  • के गर्नु हुँदैन?

  • के गर्नु राम्रो हो?

  • तपाईँका साथीहरू के भन्छन्‌?

के गर्नु हुँदैन?

  • तपाईँले नियम तोड्‌नुभएको कुरा ममीड्याडीलाई थाह छैन भने तपाईँलाई आफ्नो गल्ती लुकाऊँ जस्तो लाग्न सक्छ।

  • तर तपाईँले नियम तोड्‌नुभएको कुरा ममीड्याडीले थाह पाउनुभयो भने केही बहाना बनाऊँ कि वा अरूमाथि दोष थोपरिदिऊँ कि जस्तो लाग्न सक्छ।

यी दुवै विकल्पहरू ठीक छैनन्‌। किन? किनभने तपाईँले आफ्नो गल्ती ढाकछोप गर्नुभयो वा अरूमाथि दोष थोपर्नुभयो भने ममीड्याडीलाई तपाईँ अझै परिपक्व भइसक्नुभएको छैन जस्तो लाग्नेछ।

“झूट बोलेर समस्याको समाधान हुँदैन। सत्य कुरा कुनै न कुनै दिन बाहिर निस्किहाल्छ। त्यसपछि त तपाईँले पाउने अनुशासन झनै कडा हुन्छ।”—डायना।

के गर्नु राम्रो हो?

  • आफ्नो गल्ती स्विकार्नुहोस्‌। बाइबल भन्छ: “आफ्नो गल्ती लुकाउने मानिस सफल हुँदैन।” (हितोपदेश २८:१३) तपाईँबाट गल्ती हुन्छ भनेर ममीड्याडीलाई थाह छ। तर मुख्य कुरा, के तपाईँ इमानदार भई आफ्नो गल्ती स्विकार्नुहुन्छ?

    “तपाईँले साँचो बोल्नुभयो भने ममीड्याडीले तपाईँलाई पक्कै माफी दिनुहुनेछ अनि तपाईँले उहाँहरूको भरोसा जित्न सक्नुहुनेछ।”—ओलिभिया।

  • माफी माग्नुहोस्‌। बाइबल भन्छ: “नम्र होओ।” (१ पत्रुस ५:५) कुनै पनि बहाना नबनाई ‘सरी’ भन्‍न नम्रता चाहिन्छ।

    “कसैलाई बहाना बनाउने बानी नै परेको छ भने तिनलाई आफ्नो गल्ती सामान्य लाग्न थाल्छ अनि पछिपछि त जानाजानी गलत काम गर्न थाल्छ।”—हेदर।

  • नतिजा भोग्न तयार हुनुहोस्‌। बाइबल भन्छ: “अर्ती सुन।” (हितोपदेश ८:३३) ममीड्याडीले तपाईँलाई थप रोकटोक लगाउनुभयो भने नाइँनास्ति नगरी त्यसलाई स्विकार्नुहोस्‌।

    “तपाईँ अनुशासन स्विकार्न जति नाइँनास्ति गर्नुहुन्छ, परिस्थिति त्यति नै बिग्रनेछ। त्यसैले ममीड्याडीले कुनै रोकटोक लगाउनुभयो भने आफूले गुमाउनुपरेको कुरामा ध्यान नदिनुहोस्‌ बरु अनुशासन स्विकार्नुहोस्‌।”—जेसन।

  • फेरि भरोसा कमाउन प्रयास गर्नुहोस्‌। बाइबल भन्छ: “तिमीहरूले आफ्नो पुरानो व्यक्‍तित्वलाई फुकाल्नुपर्छ, जुन तिमीहरूको पहिलेको आचरणसित मेल खान्छ।” (एफिसी ४:२२) जिम्मेवार व्यक्‍ति बन्‍न प्रयास गरिरहनुहोस्‌। यसो गर्नुभयो भने तपाईँले ममीड्याडीको भरोसा फेरि कमाउन सक्नुहुनेछ।

    “यदि तपाईँले बुद्धिमानी निर्णयहरू गरिरहनुभयो र पहिलेको गल्ती दोहोऱ्‍याउनुभएन भने तपाईँले फेरि ममीड्याडीको भरोसा जित्न सक्नुहुनेछ।”—केरेन।

सुझाव: आफूलाई भरोसायोग्य साबित गर्न ममीड्याडीले माग गर्नुभएको भन्दा अझ बढी गर्ने प्रयास गर्नुहोस्‌। जस्तै, तपाईँ कतै गएर फर्कँदै हुनुहुन्छ र समयमै घर पुग्नुहुन्छ भने पनि ममीड्याडीलाई फोन गरेर आफू आउँदै गरेको जानकारी दिनुहोस्‌। यसो गर्नुभयो भने तपाईँले फेरि भरोसा कमाउन मेहनत गर्दै हुनुहुन्छ भनेर ममीड्याडीले देख्नुहुनेछ।

तपाईँका साथीहरू के भन्छन्‌?

डेरियस।

“ममीड्याडीबाट कुरा लुकाउनु भनेको झूट बोल्नुसरह हो। त्यो कुरा उहाँहरूले कुनै न कुनै दिन थाह पाइहाल्नुहुन्छ। त्यसपछि तपाईँले उहाँहरूबाट झनै कडा अनुशासन पाउनुहुनेछ।”—डेरियस।

सियरा।

“गल्ती स्विकार्नुको साटो अरूलाई नै दोष दिन्छौँ भने हामी जिम्मेवार र परिपक्व व्यक्‍ति होइनौँ भनेर देखिन्छ अनि ममीड्याडीलाई हामीमाथि भरोसा गरिरहन गाह्रो हुनेछ।”—सियरा।

सारांश: मैले परिवारको नियम तोडेँ, के गरूँ?

  • आफ्नो गल्ती स्विकार्नुहोस्‌। तपाईँबाट गल्ती हुन्छ भनेर ममीड्याडीलाई थाह छ। तर मुख्य कुरा, के तपाईँ इमानदार भई आफ्नो गल्ती स्विकार्नुहुन्छ?

  • माफी माग्नुहोस्‌। कुनै पनि बहाना नबनाई ‘सरी’ भन्‍नुहोस्‌।

  • नतिजा भोग्न तयार हुनुहोस्‌। ममीड्याडीले तपाईँलाई कुनै रोकटोक लगाउनुभयो भने नाइँनास्ति नगरी त्यसलाई स्विकार्नुहोस्‌।

  • फेरि भरोसा कमाउन प्रयास गर्नुहोस्‌। जिम्मेवार व्यक्‍ति बन्‍न कोसिस गरिरहनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने