प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख ४७
  • हामी किन इमानदार हुनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी किन इमानदार हुनुपर्छ?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कोही-कोही किन बेइमान हुन्छन्‌
  • इमानदार हुनु किन फाइदाजनक छ
  • सबै कुरामा इमानदार हुनुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • १४. सबै कुरामा इमानदार हुनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • सबै कुरामा इमानदार हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • इमानदार हुनु—साँच्चै असल नीति हो त?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
थप हेर्नुहोस्
युवाहरू सोध्छन्‌
ijwyp लेख ४७
एउटा केटाले अर्को केटालाई चिट दिंदै

युवाहरू सोध्छन्‌

हामी किन इमानदार हुनुपर्छ?

  • कोही-कोही किन बेइमान हुन्छन्‌

  • इमानदार हुनु किन फाइदाजनक छ

  • तपाईंका साथीहरू के भन्छन्‌

कोही-कोही किन बेइमान हुन्छन्‌

आजकलको जमानामा इमानदार भएर केही फाइदा छैन जस्तो लाग्न सक्छ। केहीले यस्तो तर्क गर्छन्‌:

  • ‘ममी-ड्याडिसँग झूट बोलिनँ भने आफूलाई मनपर्ने कुरा गर्नै पाउँदिन।’

  • ‘जाँचमा चिट चोरिनँ भने त फेल हुन्छु।’

  • ‘खल्तीमा सुक्को नभएपछि चाहिएको सामान त चोर्नै पऱ्‍यो नि।’

कोही-कोही यसो पनि भन्छन्‌, ‘त्यसो गर्दा केही फरक पर्दैन। यो संसारमा कोचाहिं इमानदार छ र?

वास्तवमा सबै जना बेइमान छैनन्‌। जवानहरू लगायत अरू थुप्रै मानिस इमानदार हुनु फाइदाजनक छ भनेर विश्‍वास गर्छन्‌। “मानिसले जे छर्दैछ, त्यसैको कटनी पनि गर्नेछ।” भनी बाइबल बताउँछ। (गलाती ६:७) अर्को शब्दमा भन्‍नुपर्दा, हामीले गर्ने हरेक कामको नतिजा कि त असल हुन्छ कि खराब।

उदाहरणको लागि, झूट बोल्दा मानिसहरूले कस्तो नराम्रो नतिजा भोगेका छन्‌, विचार गरौं।

“एक जना केटासँग गफ गरेको कुरा ममीबाट लुकाएँ। म झूट बोल्दै थिएँ भनेर ममीलाई थाह थियो। तेस्रो पटक पनि झूट बोल्दा त उहाँले धेरै चित्त दुखाउनुभयो। दुई हप्तासम्म मलाई कतै जान दिनुभएन अनि एक महिनासम्म मोबाइल र टिभी चलाउन पाइनँ। त्यसपछि फेरि कहिल्यै ममी-ड्याडिसँग झूट बोलिनँ!—अनिता।

यसबारे सोच्नुहोस्‌: आफ्नी आमाको भरोसा फेरि जित्न अनितालाई किन अझ धेरै समय लाग्न सक्छ?

बाइबल भन्छ: “तिमीहरूले झूट त्यागिसकेको हुनाले अब तिमीहरू हरेकले आफ्नो छिमेकीसित सत्य बोल।”—एफिसी ४:२५.

“मैले ममी-ड्याडिसँग झूट बोलें। कुरा लुकाउन सफल भएँ जस्तो लागेको थियो तर उहाँहरूले त्यो घटनाबारे फेरि एक-एक कुरा बताउन लगाउनुभयो। मैले भनेका कुराहरू सबै झूट भएकोले सुरुमा के भनेको थिएँ सम्झनै सकिनँ। यदि तपाईंले सुरुमै सत्य बोल्नुभयो भने यस्तो समस्या भोग्नु पर्दैन!”—एन्थोनी।

यसबारे सोच्नुहोस्‌: त्यस्तो अप्ठेरो परिस्थितिमा नपर्न एन्थोनीले के गर्न सक्थे?

बाइबल भन्छ: “झूट बोल्नेलाई परमप्रभु घीन गर्नुहुन्छ, तर इमान्दार मानिससित उहाँ प्रसन्‍न हुनुहुन्छ।”—हितोपदेश १२:२२.

“मेरो एउटा साथी कुरालाई बढाइ-चढाइ गरेर बताउँछे। उसले कुरालाई जोडजाड गरेर कहाँ पुऱ्‍याउँछे पत्तै हुँदैन। मलाई ऊ मनपर्छ तर उसको सबै कुरा भने पत्यार लाग्दैन। उसलाई भरोसा गर्न साँच्चै गाह्रो छ।”—इभोन।

यसबारे सोच्नुहोस्‌: बढाइ-चढाइ कुरा गर्दा र “स-सानो” झूट बोल्दा इभोनको साथीले कस्तो नाम कमाउँछिन्‌ होला?

बाइबल भन्छ: “हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौं।”—हिब्रू १३:१८.

जग चर्किएको ईटाको घर

जग नै चर्किएको छ भने पूरै घर कमजोर हुन्छ, त्यसैगरि बेइमान हुँदा तपाईंले कमाउनुभएको राम्रो नाम सबै माटोमा मिल्छ

इमानदार हुनु किन फाइदाजनक छ

इमानदार हुँदा कस्ता राम्रा नतिजाहरू प्राप्त गर्न सकिन्छ, विचार गरौं।

“मेरो अगाडि हिंडिरहेकी एक महिलाले आफ्नो पैसा बाटोमा खसालिन्‌। मैले उनलाई बोलाएँ अनि पैसा फिर्ता दिएँ। उनी साह्रै खुसी भइन्‌। उनले यसो भनिन्‌: ‘तिमीलाई धेरै धन्यवाद छ। सबै जना तिमीजस्तो इमानदार कहाँ हुन्छन्‌ र?’ यसरी अरूले मेरो कामको प्रशंसा गर्दा साह्रै खुसी लाग्यो!”—भिभिएन।

यसबारे सोच्नुहोस्‌: भिभिएनको इमानदारी देखेर ती महिला किन छक्क परिन्‌? इमानदार हुँदा भिभिएनलाई कस्तो फाइदा भयो?

बाइबल के भन्छ: “तिनीहरू धन्यका हुन्‌ . . . जसले हरसमय धर्मकर्म गर्दछ।”—भजन १०६:३.

“हामी परिवारै मिलेर भवनहरूको सरसफाइ गर्ने काम गर्छौ। कहिलेकाहीं अफिसको सरसफाइ गर्दा भूइँमा सिक्का भेट्टाउँछौं र त्यो नजिकैको टेबलमा राखिदिन्छौं। हामी साह्रै इमानदार भयौं भनेर अफिसको एक जना दिदी चिढिंदै यसो भन्‍नुभयो, ‘यति जाबो पैसा त लिए भइहाल्छ नि!’ तर खासमा उहाँ सधैं हामीलाई भरोसा गर्नुहुन्थ्यो।”—जुलिया।

यसबारे सोच्नुहोस्‌: जुलियाको यस्तो इमानदारीको कारण अर्को जागिर खान जाँदा तिनले कस्तो सिफारिस पाउँछिन्‌ होला?

बाइबल के भन्छ: “आफूलाई परमेश्‍वरको अनुमोदन पाउन योग्य सेवक, कुनै कुरामा सरम मान्‍नु नपर्ने कामदार . . . साबित गर्न तिमीले भरसक कोसिस गर।”—२ तिमोथी २:१५.

“मैले ६४ घण्टा मात्र काम गरेको थिएँ तर ८० घण्टा काम गरे बराबरको पैसा पाएँ। त्यो राखेको भए मलाई फाइदा हुन्थ्यो तर त्यसो गरिनँ। हिसाबमा गडबडी भएको कुरा एकाउन्टेन्टलाई जानकारी दिएँ, उहाँ एकदमै कृतज्ञ हुनुभयो। कम्पनी ठूलो भएकोले पैसा राख्दा पनि कम्पनीलाई केही फरक पर्दैनथ्यो तर मेरो मनले त्यसो गर्न मानेन किनभने त्यो चोर्नुजस्तै थियो।”—बेथनी

यसबारे सोच्नुहोस्‌: कसैबाट पैसा चोर्नु र कुनै कम्पनीबाट चोर्नु एउटै कुरा होइन र?

बाइबल के भन्छ: “जो सोझो छैन, त्यसलाई परमप्रभु घीन गर्नुहुन्छ, तर सोझा मानिसहरू परमेश्‍वरका विश्‍वास-पात्र हुन्छन्‌।”—हितोपदेश ३:३२.

तपाईंका साथीहरू के भन्छन्‌

  • टोबी

    टोबी

    स्कुलमा चिट चोर्न विद्यार्थीहरू विभिन्‍न तरिका अपनाउँछन्‌। उनीहरूले चिट चोर्न गरेको मेहनतको आधा भाग मात्रै पढाइमा लगाएको भए पनि जाँचमा पास हुन सक्थे।

  • अस्टिन

    अस्टिन

    सत्य बोल्दा मैले कस्तो समस्या भोग्नुपर्ला भनेर विचार गर्छु। त्यसपछि झूट बोल्दा हुने नतिजासँग त्यो कुरा दाँज्छु। यसरी आफूले गर्ने कामको नतिजा पहिल्यै विचार गर्दा इमानदार हुन मदत पाएको छु।

  • हाइडी

    हाइडी

    सत्य बोल्दा समस्यामा परिन्छ भनी सोचेर मानिसहरू झूट बोल्छन्‌। वास्तवमा झूट बोलेर दोषी महसुस गर्नुभन्दा सत्य बोलेर दुःख भोग्नु नै बेस हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने