प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १०२
  • के जूवा खेल्नु पाप हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के जूवा खेल्नु पाप हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • जूवा खेल्नुमा के खराबी छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • जूवाका नयाँ सिकारुहरू जवानहरू!
    ब्यूँझनुहोस्‌!—१९९५
  • जूवाको पासोबाट जोगिनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००२
  • के बाइबलले जूवा खेल्नुलाई समर्थन गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख १०२
चिट्ठा पऱ्‍यो कि परेन भनेर हेर्दै

के जूवा खेल्नु पाप हो?

बाइबलको जवाफ

बाइबलले जूवाबारे एक-एक कुरा बताएको छैन। तर परमेश्‍वरको नजरमा जूवा खेल्नु पाप हो। यो कुरा बाइबलका सिद्धान्तहरूबाट थाह पाउन सक्छौं।—एफिसी ५:१७.a

  • लोभले गर्दा मानिसहरू जूवा खेल्छन्‌। तर परमेश्‍वर लोभी मानिसहरूलाई मन पराउनुहुन्‍न। (१ कोरिन्थी ६:९, १०; एफिसी ५:३, ५) जूवा खेल्नेहरू अरूको पैसा आफ्नो बनाउन चाहन्छन्‌। तर बाइबलले अरूको धनसम्पत्तिको लालच गर्नु हुँदैन भनेर सिकाउँछ।—प्रस्थान २०:१७; रोमी ७:७; १३:९, १०.

  • थोरै पैसा हालेर जूवा खेले पनि त्यसले पैसाप्रतिको प्रेम बढाउँछ, जुन हानिकारक हुन्छ।—१ तिमोथी ६:९, १०.

  • धेरैजसो जूवा खेल्नेहरू अन्धविश्‍वासी हुन्छन्‌ अनि भाग्यमा भरोसा गर्छन्‌। तर यसलाई परमेश्‍वरले मूर्तिपूजासरह ठान्‍नुहुन्छ। किनभने मूर्तिपूजा परमेश्‍वरलाई उपासना गर्ने तरिकासित मेल खाँदैन।—यशैया ६५:११.

  • बाइबलले कडा परिश्रम गर्नुपर्छ भनेर सिकाउँछ। (उपदेशक २:२४; एफिसी ४:२८) त्यसैले काम नगरीकनै केही पाउन चाहनु गलत हो। कडा परिश्रम गर्नेहरूले “आफ्नै हातले कमाएको” खान्छन्‌।—२ थिस्सलोनिकी ३:१०, १२.

  • जूवाले प्रतिस्पर्धाको भाव जगाउँछ। यस्तो भाव नराख्न बाइबलले सल्लाह दिन्छ।—गलाती ५:२६.

a रोमी सिपाहीहरूले येशूको लुगामा ‘गोला हालेर’ जूवा खेलेका थिए। बाइबलमा जूवाबारे यही एक पटक मात्र उल्लेख गरिएको छ।—मत्ती २७:३५; यूहन्‍ना १९:२३, २४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने