प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp article ५४
  • घरमा पनि नियम बनाउनुपर्छ र?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घरमा पनि नियम बनाउनुपर्छ र?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सही मनोवृत्ति
  • कुरा गर्नुहोस्‌
  • आमाबुबाले तोक्नुभएका नियमहरूबारे कसरी कुरा गरूँ?
    युवाहरू सोध्छन्‌
  • किन यत्ति धेरै बन्देज?
    ब्यूँझनुहोस्‌!—२००७
  • ममीड्याडी किन मलाई रमाइलो गर्न दिनुहुन्‍न?
    युवाहरू सोध्छन्‌
  • किशोरावस्थाका छोराछोरीको लागि कसरी नियम बनाउने?
    ब्यूँझनुहोस्‌!—२०१३
थप हेर्नुहोस्
युवाहरू सोध्छन्‌
ijwyp article ५४
बुबाको कुरा सुनिरहेको केटो

युवाहरू सोध्छन्‌

घरमा पनि नियम बनाउनुपर्छ र?

घरको अनेक नियमले तपाईंलाई दिक्क पारेको छ कि? यो लेखले र यो सँगै दिइएको अभ्यास पुस्तिकाले घरको नियमबारे तपाईंलाई बुबाआमासँग आफ्नो कुरा राख्न मदत गर्छ।

  • सही मनोवृत्ति

  • कुरा गर्नुहोस्‌

  • तपाईंका साथीहरू के भन्छन्‌?

सही मनोवृत्ति

मिथ्या: घर छोडेर गएपछि कुनै नियम पालन गर्नुपर्दैन।

तथ्य: तपाईं घर छोडेर जानुहोला तर नियमहरूले तपाईंलाई छोड्‌दैनन्‌; केही नियम त पालन गर्नै पर्छ। तपाईं कसै न कसैप्रति जबाफदेही हुनै पर्छ। जस्तै: अफिसको हाकिम, घरधनी वा सरकार। उन्‍नाइस वर्षकी ड्यान्यल भन्छिन्‌: “घरमा बस्दा नियम नमान्‍ने युवायुवतीहरू एक्लै बस्न थाल्दा नियम भनेको के रहेछ भनेर बल्ल चेत्छन्‌।”

बाइबल यसो भन्छ: ‘सरकार र अख्तियारवालाहरूको अधीनमा बस।’ (तीतस ३:१) बुबाआमाको नियम पालन गर्न सिक्दा पछि त्यसले तपाईंलाई ठूलो भइसकेपछि जीवनका अरू क्षेत्रहरूमा पनि मदत गर्छ।

तपाईं यसो गर्न सक्नुहुन्छ: नियम मान्दा हुने फाइदाबारे सोच्नुहोस्‌। जेरेमी नामका युवक भन्छन्‌: “बुबाआमाको नियमले मलाई साथीहरू छान्‍न र समयको सदुपयोग गर्न मदत गऱ्‍यो। अनि धेरै टिभी हेर्ने, भिडियो गेम खेल्ने नराम्रो बानी पनि बसेन। बरु फुर्सतको समयमा केही अर्थपूर्ण काम गर्न सकें।”

कुरा गर्नुहोस्‌

तर तपाईंलाई कुनै नियम अर्थ न बर्थको लाग्छ भने नि? ट्यामरा नामकी जवान केटी भन्छिन्‌: “बुबाआमाले मलाई एक्लै विदेश जान दिनुभयो तर घर फर्केपछि भने जम्मा २० मिनेट टाढा पर्ने सहरमा गाडी चलाएर जानसमेत दिनुभएन।”

तपाईं पनि यस्तै अवस्थामा पर्नुभएको छ होला। तर घरको नियमबारे बुबाआमासँग कुरा गर्नै हुँदैन भन्‍ने छ र? अहँ छैन। बरु नियमहरूबारे कहिले र कसरी कुरा गर्ने, त्यो चाहिं विचार गर्नुपर्छ।

कहिले कुरा गर्ने? १७ वर्षकी अम्यान्डा भन्छिन्‌: “तपाईंले आमाबुबालाई आफू जिम्मेवार व्यक्‍ति हुँ भनेर देखाउँदै गएपछि मात्र घरको नियममा छाँटकाँट गर्नेबारे उहाँहरूसँग कुरा गर्न सक्नुहुन्छ।”

दारिया नामकी केटी पनि यस कुरामा सहमत छिन्‌। तिनी भन्छिन्‌: “ममीले भनेको कुरा सधैं मान्‍ने गरेको देखेपछि मात्र उहाँले कुनै-कुनै नियम परिवर्तन गर्नुभयो।” वास्तवमा भरोसा मागेर पाइने कुरा होइन, यो हामी आफैले कमाउनुपर्छ।

विभिन्‍न ठाउँबाट हवाइजहाजहरू एअरपोर्टमा आइरहेका

बुबाआमाले बनाएको नियम नमान्‍ने घरमा बस्नु त कुनै ट्राफिक नियम नभएको एयरपोर्टमा हवइजहाज ल्याण्ड गर्नुजस्तै हो

बाइबल यसो भन्छ: “आफ्ना पिताका आज्ञाहरू पालन गर्‌, र आफ्नी आमाको अर्तीलाई नत्याग्‌।” (हितोपदेश ६:२०) बाइबलको यो सल्लाह पालन गर्नुभयो भने तपाईं भरोसायोग्य व्यक्‍ति बन्‍नुहुनेछ अनि बुबाआमासँग कुरा गर्न सजिलो लाग्नेछ।

कसरी कुरा गर्ने? २० वर्षका स्टिभन भन्छन्‌: “बुबाआमासँग चिच्याएर, कराएर कुरा गर्नुभन्दा उहाँहरूको आदर गर्दै शान्त भएर कुरा गर्नु राम्रो हो।”

यो कुरामा सहमत हुँदै दारिया भन्छिन्‌: “ममीसँग झर्केर कुरा गर्दा केही फाइदा छैन। त्यसरी कुरा गरें भने झनै नियम कडा बनाउनुहुन्छ।”

बाइबल यसो भन्छ: “मूर्ख मानिसले रिस पोखाउँछ, तर बुद्धिमान्‌ मानिसले पर्खेर त्यो शान्त हुन दिन्छ।” (हितोपदेश २९:११) आत्मसंयम विकास गर्न सिक्नुभयो भने तपाईंलाई घरमा मात्र होइन, स्कुलमा, काम गर्ने ठाउँमा अनि जुनसुकै ठाउँमा पनि मानिसहरूसँग व्यवहार गर्न सजिलो लाग्नेछ।

तपाईं के गर्न सक्नुहुन्छ? बोल्नुअघि एक पटक सोच्नुहोस्‌। आवेशमा आएर कुरा गर्नुभयो भने लामो समयदेखि कमाएको भरोसा छिनभरमै समाप्त हुनेछ। त्यसैले बाइबलले यस्तो सल्लाह दिएको छ: “धीरज धारण गर्नु ठूलो समझशक्‍ति देखाउनु हो, झ्वाट्टै रीस गर्नु मूर्खताको चरम सीमा हो।”—हितोपदेश १४:२९.

सुझाव: यस लेखमा दिइएको अभ्यास पुस्तिका हेर्नुहोस्‌ र तपाईंको घरमा भएका नियमहरू केलाउनुहोस्‌। आवश्‍यक छ भने नियमहरूबारे बुबाआमासँग कुरा गर्नुहोस्‌।

तपाईंका साथीहरू के भन्छन्‌?

किम्बर्ले

“नियमहरूले अरूलाई आदर गर्न र आत्मसंयम विकास गर्न युवाहरूलाई मदत गर्छ। यस्ता गुणहरू पछिसम्म चाहिन्छ। नियम नभएको भए जीवन बिताउने तरिका थाह हुँदैन थियो अनि सही निर्णय गर्न पनि सकिंदैनथ्यो।”—१९ वर्षकी किम्बर्ले।

केली

“बुबाआमाले बनाएको नियमहरू असाध्यै कडाजस्तो लाग्थ्यो। त्यसलाई तोड्‌न आफैलाई हानि हुने अनि बुबाआमाको भरोसा गुमाउने काम गरें। तर उहाँहरूले बनाएको नियम मेरै भलाइको लागि हो भनेर बल्ल बुझें।”—२१ वर्षकी केली।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने