प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १२६
  • येसु कस्तो देखिनुहुन्थ्यो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु कस्तो देखिनुहुन्थ्यो?
  • बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • येसुको रूपरङ्‌गबारे गलत धारणा
  • येशू वास्तवमा कस्तो देखिनुहुन्थ्यो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • के तपाईंलाई आफ्नो केशको चिन्ता लाग्छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • तपाईंको केशलाई नियाल्दा
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
ijwbq लेख १२६
येसुको छाया

येसु कस्तो देखिनुहुन्थ्यो?

बाइबलको जवाफ

येसु ठ्याक्कै कस्तो देखिनुहुन्थ्यो भनेर कसैलाई थाह छैन किनकि उहाँको रूपरङ्‌गबारे बाइबलमा लेखिएको छैन। यसबाट उहाँको रूपरङ्‌ग कस्तो थियो भन्‍ने कुरा महत्त्वपूर्ण छैन भनेर बुझ्न सकिन्छ। तर उहाँ कस्तो देखिनुहुन्थ्यो भन्‍ने विषयमा मोटामोटी जानकारी बाइबलमा पाइन्छ।

  • शारीरिक बनौट: येसुकी आमा एक जना यहुदी भएकीले साधारणतया यहुदीहरू जस्तो देखिन्थे, उहाँ पनि त्यस्तै देखिनुहुन्थ्यो। (हिब्रू ७:१४) एकपटक उहाँ गालिलदेखि यरुसलेमसम्म सुटुक्क जानुहुँदा कसैले उहाँलाई चिन्‍न सकेन। (युहन्‍ना ७:​१०, ११) उहाँ चेलाहरूमाझ हुनुहुँदा पनि छुट्टै देखिनुहुन्‍न थियो। यहुदा इस्करियोतले हतियार भिरेर येसुलाई पक्रन आएका मानिसहरूलाई उहाँ नै येसु हुनुहुन्छ भनेर देखाइदिनुपरेको कुरा सम्झनुहोस्‌।​—⁠मत्ति २६:​४७-४९.

  • कपालको लम्बाइ: येसुको कपाल पक्कै पनि लामो थिएन किनकि “लामो कपाल पुरुषको निम्ति अनादर हो” भनी बाइबल बताउँछ।​—⁠१ कोरिन्थी ११:⁠१४.

  • दाह्री: येसुको दाह्री थियो। उहाँले यहुदीहरूको नियम पालन गर्नुहुन्थ्यो, जसमा पुरुषहरूलाई “दाह्रीको कुनाकुनासम्म काटेर त्यसको आकार नबिगार्नू” भनी आज्ञा दिइएको थियो। (लेवी १९:२७; गलाती ४:⁠४) साथै येसुले भोग्नुपर्ने दुःखकष्टबारे बाइबलमा गरिएको भविष्यवाणीमा उहाँको दाह्रीबारे उल्लेख गरिएको छ।​—⁠यसैया ५०:⁠६.

  • शरीर: येसुसम्बन्धी सबै विवरणले उहाँ हट्टाकट्टा हुनुहुन्थ्यो भन्‍ने कुरालाई सङ्‌केत गर्छ। सेवाको काम गर्न उहाँले सयौँ किलोमिटर यात्रा गर्नुभयो। (मत्ति ९:३५) उहाँले यहुदी मन्दिरलाई दुई पटक शुद्ध पार्नुभयो। त्यतिबेला उहाँले पैसा साट्‌नेहरूको टेबुल पल्टाइदिनुभयो अनि एक पटक गाईवस्तुलाई कोर्रा लगाउँदै त्यहाँबाट लघार्नुभयो। (लुका १९:​४५, ४६; युहन्‍ना २:​१४, १५) म्याकक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया भन्छ: “सुसमाचारका पुस्तकहरूमा भएका सबै विवरणले येसु हृष्टपुष्ट र बलियो हुनुहुन्थ्यो भनी देखाउँछ।”​—⁠खण्ड ४, पृष्ठ ८८४.

  • अनुहारको भाव: येसु मायालु र कोमल स्वभावको हुनुहुन्थ्यो अनि यो उहाँको अनुहारमा झल्किन्थ्यो। (मत्ति ११:​२८, २९) त्यसैले सबै किसिमका मानिस सान्त्वना र मदत पाउन उहाँकहाँ आउँथे। (लुका ५:​१२, १३; ७:​३७, ३८) केटाकेटी पनि उहाँसित सजिलो मान्थे।​—⁠मत्ति १९:​१३-१५; मर्कुस ९:​३५-३७.

येसुको रूपरङ्‌गबारे गलत धारणा

गलत धारणा: कोही-कोही येसु अफ्रिकी मूलको हुनुपर्छ भनेर तर्क गर्छन्‌ किनकि प्रकाशको किताबमा उहाँको केशलाई ऊनसित र उहाँका पाउलाई “चम्किरहेको शुद्ध तामा”-सित तुलना गरिएको छ।​—⁠प्रकाश १:​१४, १५.

सत्य: प्रकाशको किताबमा भएका विवरणहरू “चिन्हहरूद्वारा” प्रकट गरिएका हुन्‌। (प्रकाश १:⁠१) येसुको कपाल र पाउबारे गरिएको वर्णन लाक्षणिक अर्थमा प्रयोग गरिएको हो। यसले येसु पृथ्वीमा हुनुहुँदा कस्तो देखिनुहुन्थ्यो भन्‍ने कुरालाई नभई ब्युँताइनुभएको येसुका गुणहरूलाई सङ्‌केत गर्छ। प्रकाश १:१४ मा येसुको ‘शिर र उहाँको केश सेतो ऊन अनि हिउँजस्तो सेतो थियो’ भन्‍ने अभिव्यक्‍तिमा उहाँको शिर र केशको रङ्‌गको तुलना गरिएको हो, केशको किसिमको होइन। यसले उमेरले गर्दा येसुले हासिल गर्नुभएको बुद्धिलाई चित्रण गर्छ।​—⁠प्रकाश ३:⁠१४.

येसुका “पाउ आगोको भट्टीमा चम्किरहेको शुद्ध तामाजस्तै थिए।” (प्रकाश १:१५) साथै उहाँको “मुहार पूरा तेजमा चम्किरहेको घामजस्तै थियो।” (प्रकाश १:१६) यहाँ वर्णन गरिएका रङ्‌गहरू कुनै पनि जातिका मानिसहरूको छालाको रङ्‌गसित मिल्दैन। त्यसैले यो दर्शन लाक्षणिक हुनुपर्छ। यसले फेरि जीवित हुनुभएको येसुलाई सङ्‌केत गर्छ, “जो कोही पुग्न नसक्ने ज्योतिमा बास गर्नुहुन्छ।”​—⁠१ तिमोथि ६:⁠१६.

गलत धारणा: येसु कमजोर र दुर्बल हुनुहुन्थ्यो।

सत्य: येसुको व्यवहारमा पुरुषार्थ देखिन्थ्यो। उदाहरणको लागि, उहाँलाई पक्रन हतियारसहित आएका मानिसहरूसामु उहाँले आफूलाई साहसका साथ चिनाउनुभयो। (युहन्‍ना १८:​४-८) सिकर्मीको रूपमा काम गर्दा औजारहरू चलाउनुपर्ने भएकोले उहाँ पक्कै पनि बलियो हुनुहुन्थ्यो।​—⁠मर्कुस ६:⁠३.

त्यसोभए उहाँलाई यातनाको खम्बा बोक्न किन मदत चाहियो त? अनि उहाँ किन आफूसँग मृत्युदण्ड पाएका मानिसहरूभन्दा छिटो मर्नुभयो? (लुका २३:२६; युहन्‍ना १९:​३१-३३) खम्बामा टाँगिनुअघि येसुको शरीर एकदमै कमजोर भइसकेको थियो। उहाँ रातभरि जागा हुनुहुन्थ्यो। त्यसको एउटा कारण, उहाँ असह्‍य वेदनामा हुनुहुन्थ्यो। (लुका २२:​४२-४४) त्यही रात यहुदीहरूले उहाँलाई कुटपिट गरे र भोलिपल्ट बिहान रोमीहरूले यातना दिए। (मत्ति २६:​६७, ६८; युहन्‍ना १९:​१-३) यी कारणहरूले गर्दा येसुको मृत्यु छिट्टै भएको हुनुपर्छ।

गलत धारणा: येसु सधैँ गम्भीर अनि उदास हुनुहुन्थ्यो।

सत्य: येसुले स्वर्गमा बस्नुहुने आफ्नो बुबाका गुणहरू हुबहु झल्काउनुभयो अनि बाइबलमा यहोवालाई “आनन्दित परमेश्‍वर” भनिएको छ। (१ तिमोथि १:११; युहन्‍ना १४:⁠९) वास्तवमा येसुले अरूलाई आनन्दित हुने तरिकाहरू सिकाउनुभयो। (मत्ति ५:​३-९; लुका ११:२८) यी सबै तथ्य विचार गर्दा येसु हँसिलो व्यक्‍ति हुनुहुन्थ्यो र यो उहाँको अनुहारमा पनि देखिन्थ्यो भन्‍ने कुरा स्पष्ट हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने