प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख ६९
  • मैले किन प्रार्थना गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मैले किन प्रार्थना गर्नुपर्छ?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना भनेको के हो?
  • के ईश्‍वरले मेरो प्रार्थना सुन्‍नुहुन्छ?
  • म कुन-कुन विषयमा प्रार्थना गर्न सक्छु?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
युवाहरू सोध्छन्‌
ijwyp लेख ६९
एउटी किशोरी तालको छेउमा बसिरहेकी छिन्‌

युवाहरू सोध्छन्‌

मैले किन प्रार्थना गर्नुपर्छ?

धेरै युवायुवतीले प्रार्थना गर्छु तर दिनहुँचाहिँ गर्दिनँ भन्छन्‌। तिनीहरूमध्ये कसै-कसैको मनमा यो कुरा खेल्छ: “प्रार्थना मनोशान्ति पाउने माध्यम मात्र हो कि यसो गर्नुको अरू नै गहन कारण पनि छ?”

  • प्रार्थना भनेको के हो?

  • के ईश्‍वरले मेरो प्रार्थना सुन्‍नुहुन्छ?

  • म कुन-कुन विषयमा प्रार्थना गर्न सक्छु?

  • तपाईँका साथीहरू के भन्छन्‌?

प्रार्थना भनेको के हो?

प्रार्थना भनेको सबै थोकको सृष्टिकर्तासित खुलस्त कुराकानी गर्नु हो। सोच्नुहोस्‌ त, यो कत्ति ठूलो सुअवसर हो! यहोवा हरेक पक्षमा मानिसजातिभन्दा महान्‌ हुनुहुन्छ। तैपनि “उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न।” (प्रेषित १७:२७) वास्तवमा बाइबल तपाईँलाई यस्तो न्यानो आग्रह गर्छ: “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकुब ४:८.

तपाईँ कसरी परमेश्‍वरसित नजिक हुन सक्नुहुन्छ?

  • एउटा तरिका हो, प्रार्थना गरेर। प्रार्थना गरेर तपाईँ परमेश्‍वरसित कुरा गर्नुहुन्छ।

  • अर्को तरिका हो, बाइबल अध्ययन गरेर। अध्ययन गर्दा बाइबलमार्फत परमेश्‍वर तपाईँसित “कुरा गर्नुहुन्छ।”

प्रार्थना र बाइबल अध्ययनमार्फत दोहोरो कुराकानी गरेर तपाईँ परमेश्‍वरसित घनिष्ठ मित्रता गाँस्न सक्नुहुनेछ।

“सर्वोच्च परमेश्‍वर यहोवासित कुराकानी गर्न पाउनु हामी मानिसजातिको लागि सबैभन्दा ठूलो सम्मानको कुरा हो।”—जेरेमि

“प्रार्थना गरेर यहोवालाई आफ्नो मनको कुरा पोखाउँदा उहाँसित घनिष्ठ भएको महसुस हुन्छ।”—मरान्डा

के ईश्‍वरले मेरो प्रार्थना सुन्‍नुहुन्छ?

तपाईँ परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ र उहाँलाई प्रार्थना पनि गर्नुहुन्छ होला। तैपनि उहाँले तपाईँको प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरामा शङ्‌का लाग्न सक्छ। बाइबलमा यहोवालाई “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” भनिएको छ। (भजन ६५:२) साथै बाइबल तपाईँलाई ‘आफ्नो सारा फिक्री उहाँमाथि बिसाउन’ आग्रह गर्छ। किन? “किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

यसबारे सोच्नुहोस्‌: के तपाईँ आफ्ना घनिष्ठ साथीहरूसित नियमित कुराकानी गर्न समय निकाल्नुहुन्छ? त्यसरी नै तपाईँ परमेश्‍वरसित कुराकानी गर्न सक्नुहुन्छ। उहाँलाई नियमित प्रार्थना गर्नुहोस्‌ र यहोवाको नाम लिएर उहाँलाई पुकार्नुहोस्‌। (भजन ८६:५-७; ८८:९) त्यसैले त बाइबल तपाईँलाई “निरन्तर प्रार्थना” गर्न आग्रह गर्छ।—१ थिस्सलोनिकी ५:१७.

“प्रार्थना गरेर म स्वर्गमा बस्नुहुने मेरो बुबासित कुराकानी गर्न सक्छु अनि मनको सबै कुरा उहाँलाई पोखाउन सक्छु।”—मोइजेस

“ममी वा घनिष्ठ साथीलाई सबै कुरा बताएजस्तै म यहोवालाई पनि आफ्नो मनको सबै कुरा बताउन सक्छु।”—क्यारेन

म कुन-कुन विषयमा प्रार्थना गर्न सक्छु?

बाइबल भन्छ: “हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।”—फिलिप्पी ४:६.

के यसको अर्थ तपाईँ आफ्ना समस्याहरूबारे पनि प्रार्थना गर्न सक्नुहुन्छ? पक्कै सक्नुहुन्छ! बाइबल यसो पनि भन्छ: “आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।”—भजन ५५:२२.

ईश्‍वरलाई प्रार्थना गर्दा आफ्ना समस्याहरूबारे मात्र होइन, अरू कुरा पनि बताउनुपर्छ। स्यान्टेल नाम गरेकी एक युवती भन्छिन्‌, “प्रार्थना गर्दा म यहोवासित मदत मात्र माग्छु भने हामीबीच घनिष्ठ मित्रता छ भन्‍न सकिँदैन। प्रार्थना गर्दा सबैभन्दा पहिला उहाँलाई धन्यवाद दिनुपर्छ जस्तो मलाई लाग्छ। एक-दुई वटा कुराको लागि मात्र होइन तर धेरै कुराको लागि धन्यवाद दिनुपर्छ।”

यसबारे सोच्नुहोस्‌: तपाईँ कुन-कुन कुराको लागि धन्यवादी हुनुहुन्छ? आज तपाईँ कुन तीन वटा कुराको लागि यहोवालाई धन्यवाद दिन सक्नुहुन्छ?

“सानो-सानो कुराले पनि यहोवालाई धन्यवाद दिन हामीलाई जुरमुऱ्‍याउन सक्छ। जस्तै: सुन्दर फूल देखेपछि हामी उहाँलाई धन्यवाद दिन सक्छौँ।”—अनिता

“सृष्टिको कुनै कुरा तपाईँलाई मन पर्छ अनि बाइबलको कुनै पदले तपाईँको मन छुन्छ भने त्यसबारे मनन गर्नुहोस्‌ अनि त्यसको लागि यहोवालाई धन्यवाद दिनुहोस्‌।”—ब्रायन

तपाईँका साथीहरू के भन्छन्‌?

मोइजेस

“हामीले मनको गहिराइबाट प्रार्थना गर्नुपर्छ। त्यसैले हाम्रो प्रार्थना समुद्रजस्तै हुनुपर्छ, अलिकति पानी जमेको खाल्टोजस्तो होइन। यहोवा हामीलाई मदत गर्न चाहनुहुन्छ अनि हामीले उहाँसित कुनै कुरा माग्नुअघि नै हामीलाई के चाहिन्छ भनेर उहाँले थाह पाउनुहुन्छ। तैपनि हामीले मनैदेखि उहाँलाई प्रार्थना गरेर उहाँलाई कत्ति धेरै भरोसा गर्छौँ भनेर देखाउन सक्छौँ।”—मोइजेस

मरान्डा

“मेरो लागि प्रार्थना एउटा डोरीजस्तै हो। त्यसको एकछेउ यहोवाले समाइरहनुभएको छ भने अर्को छेउ मैले समाइरहेको छु। प्रार्थना गरेर आफ्नो मनको बह यहोवालाई पोखाउँदा मलाई डोरी कस्सेर समाएको जस्तो लाग्छ अनि यहोवाले पनि कस्सेर समाइरहनुभएको महसुस हुन्छ, जसले गर्दा हामीबीचको सम्बन्ध अझ बलियो भएको छ।”—मरान्डा

जेरेमि

“हामीले विचार पुऱ्‍याएनौँ भने प्रार्थनामा यहोवासित तीनथुप्रो कुरा मागिरहेका मात्र हुन सक्छौँ। तर उहाँलाई धन्यवाद दिँदा उहाँले दिनुभएको थुप्रै कुराको लागि कृतज्ञता देखाइरहेका हुन्छौँ अनि हामी आफ्नो लागि मात्र होइन, अरू कुराको लागि पनि प्रार्थना गरिरहेका हुन्छौँ।”—जेरेमि

सेल्बी

“यहोवालाई जति धेरै धन्यवाद दिन्छौँ, उहाँप्रति त्यति नै धेरै कृतज्ञ हुन्छौँ। उहाँलाई धन्यवाद दिँदा हामी आफ्नो समस्यामा नभई उहाँले दिनुभएको आशिष्‌मा ध्यान दिन सक्छौँ।”—सेल्बी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने