प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १३६
  • के मरियम परमेश्‍वरकी आमा हुन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के मरियम परमेश्‍वरकी आमा हुन्‌?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • पाँचौं मिथ्या: मरियम परमेश्‍वरकी माता हुन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • तिनले तरवारको चोट सहिन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख १३६
बालक येशूसँग मरियम

के मरियम परमेश्‍वरकी आमा हुन्‌?

बाइबलको जवाफ

होइन; बाइबलले मरियम परमेश्‍वरकी आमा हुन्‌ भनेर सिकाउँदैन, न त यसले मरियमको उपासना गर्नुपर्छ वा तिनलाई महिमा दिनुपर्छ भनेर नै सिकाउँछ।a यो कुरा विचार गर्नुहोस्‌:

  • मरियमले आफू परमेश्‍वरकी आमा हुँ भनेर कहिल्यै पनि दाबी गरिनन्‌। अनि बाइबलले बताएअनुसार तिनले “परमेश्‍वरको छोरा”-लाई जन्म दिइन्‌, परमेश्‍वरलाई होइन।—मर्कूस १:१; लूका १:३२.

  • येशू ख्रीष्टले पनि मरियम परमेश्‍वरकी आमा हुन्‌; त्यसैले तिनलाई विशेष भक्‍ति चढाउनुपर्छ भनेर कहिल्यै भन्‍नुभएन। बरु उहाँले त एक पटक एउटी स्त्रीले उहाँकी आमा बन्‍ने सुअवसर पाएकोमा मरियम धन्यकी हुन्‌ भन्दा उनलाई यसो भनेर सच्याउनुभयो: “त्यसो होइन। धन्य त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”—लूका ११:२७, २८.

  • “परमेश्‍वरकी आमा” र “थियोटोकोस्‌” (परमेश्‍वरकी जननी) भन्‍ने अभिव्यक्‍तिहरू बाइबलमा कतै पनि पाइँदैन।

  • बाइबलमा “स्वर्गकी रानी” भन्‍ने अभिव्यक्‍तिले मरियमलाई नभई धर्मत्यागी इस्राएलीहरूले पुज्ने एउटी देवीलाई बुझाउँछ। (यर्मिया ४४:१५-१९) “स्वर्गकी रानी” भन्‍ने नाम बेबिलोनी देवी इश्‍तारलाई (अस्तारते) दिइएको हुन सक्छ।

  • सुरु-सुरुका ख्रीष्टियनहरूले मरियमको उपासना गर्दैनथे, न त तिनीहरूले तिनलाई विशेष सम्मान नै दिए। एक इतिहासकारले बताएअनुसार सुरु-सुरुका ख्रीष्टियनहरूले “गुटबन्दीलाई तिरस्कार गरेका हुन सक्छन्‌ र सम्भवतः तिनीहरू मरियमलाई अचाक्ली आदर दिँदा कुनै देवीको उपासना गरेको भान पर्न सक्छ भनेर डराएका हुन सक्छन्‌।”—इन क्वेस्ट अफ द जिविस्‌ मेरी।

  • बाइबलले परमेश्‍वर सधैँ अस्तित्वमा हुनुहुन्छ भनेर बताउँछ। (भजन ९०:१, २; यशैया ४०:२८) उहाँको सुरुवात नै नभएकोले उहाँको आमा हुने त कुरै भएन। अनि अर्को कुरा, मरियमले परमेश्‍वरलाई आफ्नो कोखमा राख्न सम्भव छैन किनकि बाइबलले बताएअनुसार परमेश्‍वर उच्च स्वर्गमा समेत अटाउनुहुन्‍न।—१ राजा ८:२७.

मरियम—“परमेश्‍वरकी आमा” नभई येशूकी आमा

मरियम जन्मजातै एक यहूदी थिइन्‌ र तिनी राजा दाऊदको घरानाकी थिइन्‌ (लूका ३:२३-३१) तिनको विश्‍वास र भक्‍तिको कारण तिनी परमेश्‍वरको निगाह-पात्र हुन सकिन्‌। (लूका १:२८) आफ्नो छोरा येशूलाई पृथ्वीमा जन्म दिन परमेश्‍वरले मरियमलाई रोज्नुभयो। (लूका १:३१, ३५) पछि मरियमले आफ्नो पति यूसुफबाट अरू छोराछोरी पनि जन्माइन्‌।—मर्कूस ६:३.

बाइबलले पछि मरियम येशूकी चेली भइन्‌ भनेर बताएको छ तर बाइबलले तिनको यसबाहेक अरू केही पनि बताएको छैन।—प्रेषित १:१४.

कसै-कसैले मरियमलाई किन परमेश्‍वरकी आमा भन्छन्‌?

प्रमाणहरूले देखाएअनुसार मानिसहरूले मरियमलाई इस्वी संवत्‌ चौथो शताब्दीको अन्ततिरदेखि उपासना गर्न थालेको जस्तो देखिन्छ। त्यतिबेला रोमी साम्राज्यको प्रमुख धर्म क्याथोलिक चर्च बन्‍न पुग्यो, जसले गर्दा पहिला मूर्तिपूजा गर्ने थुप्रै मानिस नाम मात्रको ख्रीष्टियन बने र चर्चले त्रिएकको शिक्षा पनि सिकाउन थाल्यो, जुन शिक्षा बाइबलसित मेल खाँदैन।

त्रिएकको शिक्षाले गर्दा चर्च जाने थुप्रै मानिस यदि येशू परमेश्‍वर हो भने मरियम परमेश्‍वरकी आमा हुन्‌ भन्‍ने गलत निष्कर्षमा पुगे। इस्वी संवत्‌ ४३१ मा एफिससमा बसेको चर्चको परिषद्‌ले मरियम “परमेश्‍वरकी आमा” हुन्‌ भनेर औपचारिक रूपमै घोषणा गऱ्‍यो। यस परिषद्‌ले सुनाएको निर्णयले गर्दा मरियमको मूर्तिलाई पुजेर तिनलाई महिमा दिने चलन (यसलाई अङ्‌ग्रेजीमा मेरियोलेट्री भनिन्छ) झन्‌झनै बढ्‌दै गयो। अनि चर्चमा आएका थुप्रै मानिस पहिला मूर्तिपूजक भएकोले अर्तिमिस (रोमीहरूअनुसार डायना) र आइसिसजस्ता प्रजनन देवीहरूको ठाउँ कन्या मरियमको मूर्ति तथा चित्रहरूले लिन थाल्यो।

इस्वी संवत्‌ ४३२ मा पोप सिक्स्टस तृतीयले “परमेश्‍वरकी आमा”-को सम्मानमा रोममा एउटा चर्च बनाउने आदेश दिए। अनि त्यो चर्च रोमी देवी लुसिनाको (उसले सुत्केरी बेथा लागेकी स्त्रीको जीवनको रक्षा गर्छ भन्‍ने धारणा थियो) सम्मानमा बनाइएको मन्दिर भएको ठाउँनजिकै बनाइयो। एउटी लेखिकाले यसरी त्यस चर्चको व्याख्या गरिन्‌: “यो चर्च रोमले ख्रीष्टियन धर्म अँगालेपछि मूर्तिपूजक गुटको महान्‌ आमा र मरियम मान्‍ने गुटबीच एकीकरण भएको कुराको चिन्ह हो।”—मेरी—द कम्प्लिट रिसिर्स।

a केही धार्मिक सम्प्रदायले मरियम परमेश्‍वरकी आमा हुन्‌ भनेर सिकाउँछ। तिनीहरूले मरियमलाई “स्वर्गकी रानी” वा थियोटोकोस्‌ भन्छन्‌, जुन ग्रीक शब्दको अर्थ हो, “परमेश्‍वरकी जननी।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने