प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article १३७
  • पवित्र हुनु भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पवित्र हुनु भनेको के हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • के त्रुटिपूर्ण मानिस पवित्र हुन सक्छ?
  • के परमेश्‍वरको नजरमा पवित्र ठहरिएको मानिस फेरि अपवित्र हुन सक्छ?
  • पवित्र हुनेबारे गलत धारणा
  • “तिमीहरू पवित्र हुनै पर्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • यहोवाले पवित्र ठान्‍नुभएका कुरालाई के तपाईं पवित्र ठान्‍नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • “यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • पवित्र शक्‍ति के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article १३७
मोशा र जलिरहेको पोथ्रा

पवित्र हुनु भनेको के हो?

बाइबलको जवाफ

पवित्र हुनुले अशुद्ध कुराले नबिटुलिएको अवस्थालाई बुझाउँछ। “पवित्र” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “अलग्गै राख्नु” भन्‍ने हुन्छ। त्यसैले कुनै कुरा पवित्र छ भन्‍नुको मतलब त्यो सफा र शुद्ध हुन्छ र त्यसलाई सामान्य प्रयोगबाट अलग्गै राखिएको अर्थात्‌ छुट्ट्याइएको हुन्छ।

यहोवाa परमेश्‍वर अत्यन्तै पवित्र हुनुहुन्छ। उहाँबारे बाइबल यसो भन्छ: “तपाईंबाहेक पवित्र अरू कोही छैन।” (१ शमूएल २:२) त्यसैले परमेश्‍वरसित पवित्रताको स्तर तोक्ने अधिकार छ।

परमेश्‍वरसित प्रत्यक्ष सम्बन्धित कुनै पनि कुरालाई “पवित्र” भन्‍न सकिन्छ। खासगरि उहाँको उपासनाको लागि अलग्गै छुट्ट्याइएका कुराहरू पवित्र छन्‌। बाइबलमा उल्लेख गरिएका केही पवित्र कुराहरू यसप्रकार छन्‌:

  • पवित्र ठाउँ: जलिरहेको पोथ्रानजिकै उभिरहेका मोशालाई परमेश्‍वरले यसो भन्‍नुभयो: “तँ उभिएको यो ठाउँ पवित्र भूमि हो।”—प्रस्थान ३:२-५.

  • पवित्र जमघट: पुरातन समयका इस्राएलीहरू यहोवाको उपासना गर्न वर्षेनी चाडहरू मनाउँथे। ती चाडहरूलाई “पवित्र महासभा” भनिन्थ्यो।—लेवी २३:३७.

  • पवित्र सरसामान: प्राचीन यरूशलेमको मन्दिरमा परमेश्‍वरको उपासना गर्न प्रयोग गरिने भाँडाकुँडालाई “पवित्र सामान” भनिन्थ्यो। (१ राजा ८:४) ती सरसामानलाई निकै सम्मानजनक तरिकाले प्रयोग गरिन्थ्यो तर त्यसको उपासना भने पटक्कै गर्न मिल्दैन थियो।b

के त्रुटिपूर्ण मानिस पवित्र हुन सक्छ?

सक्छ। परमेश्‍वरले ख्रीष्टियनहरूलाई यस्तो आज्ञा दिनुभएको छ: “तिमीहरू पवित्र हुनै पर्छ, किनकि म पवित्र छु।” (१ पत्रुस १:१६) हुनत त्रुटिपूर्ण मानिसहरू परमेश्‍वरजत्तिकै पूर्ण रूपमा पवित्र हुनु असम्भव छ। तैपनि परमेश्‍वरका न्यायोचित आज्ञाहरू पालन गर्ने मानिसहरूलाई उहाँ “पवित्र अनि ग्रहणयोग्य” ठान्‍नुहुन्छ। (रोमी १२:१) कसैले पवित्र रहन प्रयत्न गर्छ भने त्यो कुरा तिनको बोली र काममा पनि झल्किन्छ। त्यस्तो व्यक्‍तिले “पवित्र रहो अर्थात्‌ अवैध यौनसम्बन्धबाट अलग रहो” अनि “आफ्नो सारा चालचलनमा पवित्र होओ” भन्‍ने बाइबलको आज्ञा पालन गर्छन्‌।—१ थिस्सलोनिकी ४:३; १ पत्रुस १:१५.

के परमेश्‍वरको नजरमा पवित्र ठहरिएको मानिस फेरि अपवित्र हुन सक्छ?

सक्छ। यदि कसैले असल आचरणसम्बन्धी परमेश्‍वरको स्तरलाई बेवास्ता गऱ्‍यो भने त्यो मानिस परमेश्‍वरको नजरमा पवित्र रहिरहनेछैन। जस्तै बाइबलमा भएको हिब्रूको किताब “पवित्र भाइहरू”-लाई सम्बोधन गरेर लेखिएको भए तापनि तिनीहरूलाई यस्तो चेतावनी पनि दिइएको छ: “होसियार रहो, नत्र त जीवित परमेश्‍वरबाट टाढा भएर तिमीहरूमध्ये कसै-कसैको मन विश्‍वासरहित र दुष्ट होला।”—हिब्रू ३:१, १२.

पवित्र हुनेबारे गलत धारणा

गलत धारणा: पवित्र हुन सांसारिक सुख-सुविधा सबै त्याग्नुपर्छ।

तथ्य: “आफ्नै शरीरलाई यातना” दिँदा अर्थात्‌ सबै कुरा त्याग गरेर जिउँदा त्यसले ‘शरीरका कुइच्छाहरूसित लड्‌न कुनै मदत दिंदैन’ भनेर बाइबल बताउँछ। त्यसैले परमेश्‍वरको नजरमा त्यसरी जिउनुको कुनै अर्थ छैन। (कलस्सी २:२३) बरु हामीले असल कुराहरू उपभोग गरेर आनन्द उठाएको परमेश्‍वर चाहनुहुन्छ। बाइबल भन्छ: “आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्‍वरको दान हो।”—उपदेशक ३:१३.

गलत धरणा: अविवाहित रहँदा अझ पवित्र भइन्छ।

तथ्य: कुनै ख्रीष्टियनले अविवाहित रहने छनौट गर्न सक्छन्‌ तर अविवाहित रहँदैमा तिनी स्वतः परमेश्‍वरको नजरमा पवित्र हुँदैनन्‌। हुनत अविवाहित रहनेहरूले आफ्नो सम्पूर्ण ध्यान परमेश्‍वरको उपासनामा लगाउन सक्छन्‌। (१ कोरिन्थी ७:३२-३४) तर विवाह गर्नेहरू पनि पवित्र हुन सक्छन्‌ भनेर बाइबल बताउँछ। वास्तवमा येशूका प्रेषितहरूमध्ये पत्रुस विवाहित थिए भनेर बाइबलमा स्पष्ट सङ्‌केत पाउँछौँ।—मत्ती ८:१४; १ कोरिन्थी ९:५.

बाइबललाई किन “पवित्र बाइबल” भनिन्छ?

परमेश्‍वरको प्रेरणा पाएर लेखिएका किताबहरूको सँगालोलाई शताब्दीयौँदेखि “पवित्र बाइबल” वा “पवित्र शास्त्र” भन्‍ने नाम दिइएको छ। यसका निम्न कारणहरू छन्‌:

  • यसको श्रोत। “पवित्र शक्‍ति पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोल्थे।”—२ पत्रुस १:२१.

  • यसको सन्देश। ‘परमप्रभुको आदेश निर्मल छ, आँखालाई उज्ज्वल तुल्याउने। परमप्रभुको भय शुद्ध छ, अनन्तकालसम्मै ठहर्ने।’—भजन १९:८, ९.

तसर्थ बाइबललाई पवित्र मान्‍न सकिन्छ। यसमा लेखिएका कुराहरू शुद्ध छन्‌ र यसलाई परमेश्‍वरको उपासनामा प्रयोग गरिन्छ, त्यसैले यो अरू किताबहरूभन्दा फरक छ।

a यहोवा भनेको परमेश्‍वरको व्यक्‍तिगत नाम हो। बाइबलका सयौँ पदहरूमा यस नामलाई “पवित्र” र “पवित्रता”-जस्ता शब्दहरूसित जोडेर प्रयोग गरिएको छ।

b धार्मिक चिजबिजको उपासना गर्न बाइबलले निषेध गरेको छ।—१ कोरिन्थी १०:१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने