प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख ७९
  • के म घर छोड्‌न तयार छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के म घर छोड्‌न तयार छु?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कारणहरू केलाउनुहोस्‌
  • पहिल्यै विचार पुऱ्‍याउनुहोस्‌
  • घर छोडेर जाऊँ कि?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • डेटिङ—भाग १: म पनि डेटिङ गरूँ कि?
    युवाहरू सोध्छन्‌
  • म आफ्नो आमाबुबाको भरोसा कसरी जित्न सक्छु?
    युवाहरू सोध्छन्‌
  • खर्च कसरी कम गर्ने
    ब्यूँझनुहोस्‌!—२०१४
युवाहरू सोध्छन्‌
ijwyp लेख ७९
एक युवक आफ्नो सरसामान लिएर घर छोडेर जान तरखर गर्दै

युवाहरू सोध्छन्‌

के म घर छोड्‌न तयार छु?

घर छोडेर छुट्टै बस्न रमाइलो त होला तर केही अप्ठ्याराहरू पनि हुन सक्छन्‌। तपाईँ छुट्टै बस्न तयार हुनुहुन्छ कि हुनुहुन्‍न भनेर कसरी पत्ता लगाउन सक्नुहुन्छ?

  • कारणहरू केलाउनुहोस्‌

  • पहिल्यै विचार पुऱ्‍याउनुहोस्‌

  • तपाईँका साथीहरू के भन्छन्‌

कारणहरू केलाउनुहोस्‌

तपाईँले घर छोडेर छुट्टै बस्ने निर्णय गर्नुको धेरै कारण हुन सक्छन्‌। तर तीमध्ये केही कारण मनासिब नहुन पनि सक्छ। जस्तै, मारियो नाम गरेका एक युवक यो कुरा स्विकार्छन्‌: “घरमा गर्नुपर्ने कामकाजबाट मुक्‍ति पाउन म घर छोड्‌न चाहन्थेँ।”

तर वास्तवमा तपाईँले सोचेजस्तो स्वतन्त्रता नपाउन पनि सक्नुहुन्छ। अठाह्र वर्षीया आन्या यसो भन्छिन्‌: “छुट्टै बस्न थालेपछि आफू बसिरहेको ठाउँको सरसफाइ आफैले गर्नुपर्छ, आफैले खाना पकाउनुपर्छ र बिजुली-पानीजस्ता कुराहरूको बिल पनि आफैले तिर्नुपर्छ। अनि केही पऱ्‍यो भने तपाईँलाई मदत गर्न तपाईँका आमाबुबा पनि तपाईँको साथमा हुने छैनन्‌।”

निष्कर्ष: आफू घर छोड्‌न तयार छु कि छैनँ भनेर पक्का गर्न तपाईँ किन घर छोड्‌न चाहनुहुन्छ, पहिला त्यो थाह पाउनुहोस्‌।

पहिल्यै विचार पुऱ्‍याउनुहोस्‌

येसुले यसो भन्‍नुभएको थियो: “तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि त्यो बनाइसिद्ध्याउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन?” (लुका १४:२८) घर छोड्‌दा के-कस्ता परिस्थिति आइपर्न सक्छन्‌, पहिल्यै “हिसाब” गर्नुहोस्‌। निम्न क्षेत्रहरूमा आफैलाई जाँच्नुहोस्‌:

पैसा खर्च गर्ने मामिलामा के तपाईँ होसियार हुनुहुन्छ?

बाइबल भन्छ: “रुपैयाँ-पैसाले सुरक्षा दिन्छ।”—उपदेशक ७:१२.

  • के तपाईँको पैसा बचत गर्ने बानी छ?

  • के तपाईँ सोचविचारै नगरी पैसा खर्च गर्नुहुन्छ?

  • के तपाईँ घरीघरी अरूसित सापटी लिनुहुन्छ?

तपाईँ यीमध्ये कुनै प्रश्‍नको नकारात्मक जवाफ दिनुहुन्छ भने छुट्टै बस्ने तपाईँको निर्णयले नराम्रो नतिजा निम्त्याउन सक्छ!

“मेरो दाइले १९ वर्षको उमेरमा घर छोडेर जानुभयो। एक वर्ष पनि नबित्दै उहाँको खल्ती रित्तियो; ऋण तिर्न नसकेकोले बैङ्‌कले उहाँको गाडी जफत गऱ्‍यो। अनि अरू बैङ्‌कले पनि उहाँलाई ऋण दिन मानेन। अन्तमा त उहाँले घर फर्कन्छु भनेर बिन्तीभाउ गर्न थाल्नुभयो।”—ड्यानिएला।

तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ: एक महिनामा के-कति खर्च हुन्छ, आमाबुबालाई सोध्नुहोस्‌। के-कस्ता कुराहरूको पैसा तिर्नुपर्छ, त्यसको लागि आफ्नो आम्दानीबाट कसरी पैसा छुट्ट्याउनुहुन्छ अनि पैसा कसरी बचत गर्नुहुन्छ भनेर उहाँहरूलाई सोध्नुहोस्‌।

निष्कर्ष: अहिले आमाबुबासित छँदै पैसा खर्च गर्ने मामिलामा कसरी बुद्धिमानी हुने भनेर सिक्नुभयो भने पछि विभिन्‍न आर्थिक समस्याहरूसित सजिलै जुझ्न सक्नुहुनेछ।

के तपाईँमा आत्म-अनुशासन छ?

बाइबल भन्छ: “हरेकले आफ्नो भारी आफै बोक्नेछ।”—गलाती ६:५.

  • के तपाईँ आफूले गर्नुपर्ने कामलाई पछि सार्नुहुन्छ?

  • आफ्नो कोठा सफा गर्ने जस्ता कामहरू गर्न पनि तपाईँको आमाबुबाले तपाईँलाई सम्झाइराख्नुपर्छ कि?

  • के तपाईँ प्रायजसो आमाबुबाले तोकेको समयभन्दा ढिलो घर फर्कनुहुन्छ?

तपाईँ यीमध्ये कुनै प्रश्‍नको नकारात्मक जवाफ दिनुहुन्छ भने छुट्टै बस्न थालेपछि तपाईँलाई जिम्मेवार हुन झन्‌ गाह्रो हुन सक्छ।

“कुनै काम गर्न तपाईँलाई त्यत्ति मन पर्दैन होला। तर छुट्टै बस्न थालेपछि तपाईँ आफैले ती कामहरू गर्नै पर्ने हुन्छ। तपाईँलाई ‘यो गर, त्यो गर’ भनेर सम्झाइराख्ने कोही पनि हुने छैनन्‌। त्यसैले ती कामहरू गर्न तपाईँले आफैलाई सम्झाउनुपर्ने हुन्छ र त्यसको लागि राम्रो तालिका बनाउनुपर्ने हुन्छ।”—जेसिका।

तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ: महिनाभरि घरका कामहरू आफैले गर्ने प्रयास गर्नुहोस्‌। जस्तै: आफै घर सफा गर्नुहोस्‌, आफ्नो लुगा आफै धुनुहोस्‌, आफै किनमेल गर्नुहोस्‌, आफै खाना पकाउनुहोस्‌ अनि भाँडाकुँडा पनि आफै माझ्नुहोस्‌।

निष्कर्ष: आत्म-निर्भर भएर जीवन बिताउन तपाईँले अहिल्यै आत्म-अनुशासन विकास गर्नुपर्छ।

एक युवक हवाईजहाजबाट हाम फालेपछि मात्र प्यारासुट निकाल्न खोज्दै

कुनै तयारी नै नगरी घर छोड्‌नु भनेको प्यारासुट प्रयोग गर्न सिक्दै नसिकी हवाईजहाजबाट हाम फाल्नुसरह हो

के तपाईँ भावनात्मक रूपमा बलियो हुनुहुन्छ?

बाइबल भन्छ: “यी सबै कुराबाट पूर्णतया अलग रहो: क्रोध, रिस, खराबी, दुर्वचन अनि मुखबाट निस्कने अश्‍लील बोली।”—कलस्सी ३:८.

  • के तपाईँलाई अरूसित मिलेर बस्न गाह्रो लाग्छ?

  • के तपाईँलाई आफ्नो रिस काबूमा राख्न गाह्रो हुन्छ?

  • के तपाईँ सबै कुरा आफूले चाहेकै तरिकामा होस्‌ भनेर जिद्दी गर्नुहुन्छ?

तपाईँ यीमध्ये कुनै प्रश्‍नको नकारात्मक जवाफ दिनुहुन्छ भने तपाईँलाई आफ्नो रुममेट वा पछि आफ्नो जीवनसाथीसित मिलेर बस्न गाह्रो हुन सक्छ।

“रुममेटसित बस्न थालेपछि मात्र आफूमा के-कस्ता कमीकमजोरी छन्‌ भनेर बुझ्न थालेँ। कुनै कुराले गर्दा मुड खराब भएको बेला अरूले त्यो सहेको आशा गर्न मिल्दैन भनेर मैले बुझेँ। त्यसको सामना गर्न मैले अरू नै कुनै राम्रो तरिका खोज्नुपर्थ्यो।”—हेलेना।

तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ: घरमा आमाबुबा र दाजुभाइ दिदीबहिनीसँग मिलेर बस्न सिक्नुहोस्‌। अहिले तपाईँ जोसँग बस्नुहुन्छ, उनीहरूको कमीकमजोरीलाई सहन सिक्नुभएको छ भने भविष्यमा तपाईँले आफ्नो रुममेट वा जीवनसाथीको कमीकमजोरीलाई पनि सहन सक्नुहुनेछ।

निष्कर्ष: छुट्टै बस्नु भनेको जिम्मेवारीबाट भाग्ने उपाय होइन, बरु यो एउटा सिप हो, जसको लागि तपाईँले तयारी गर्नुपर्ने हुन्छ। यसो गर्न सफल भएकाहरूसित कुरा गर्नुभए कसो होला? जस्तै, तपाईँ उनीहरूलाई यस्ता कुराहरू सोध्न सक्नुहुन्छ: आफूले विगतमा गरेको कुनै काम ‘यसरी गरेको भए अझ राम्रो हुन्थ्यो’ भन्‍ने लागेको केही छ कि अथवा आफूले अहिले थाह पाएको कुनै कुरा पहिल्यै थाह पाएको भए बेस हुन्थ्यो जस्तो लागेको केही छ कि? कुनै पनि ठूलो निर्णय गर्नुअघि त्यसरी अरूसित सल्लाह लिनु राम्रो हो।

तपाईँका साथीहरू के भन्छन्‌

डापो

“सबै कुराको लागि आफैले खर्च गर्न कत्ति गाह्रो हुन्छ भन्‍ने कुरालाई धेरै युवाले हल्कासित लिन्छन्‌। आफूले भाडा तिर्न सक्ने उपयुक्‍त ठाउँ भेट्टाउन पनि गाह्रो हुन्छ! यस्ता कुराहरू सोच्दै नसोची थुप्रै युवा घर छोड्‌न हतार गर्छन्‌ . . . अनि अन्तमा घरै फर्कन बाध्य हुन्छन्‌।”—डापो।

एस्ली

“घरमा परिवारसँगै बस्दा युवाहरूले बिस्तारै जिम्मेवारी बहन गर्न सिक्छन्‌। कसै-कसैले घरमै अझ धेरै काम गर्न, केही बिलहरू तिर्न र परिवारको लागि खाना पकाउनसमेत सिक्छन्‌। यसरी तपाईँले स-साना तरिकामा तयारी गर्दै जानुभयो भने पछि आत्म-निर्भर भएर जीवन बिताउन सक्नुहुनेछ।”—एस्ली।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने