प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwex लेख ९
  • एक पादरीले जवाफ पाउँछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक पादरीले जवाफ पाउँछन्‌
  • यहोवाका साक्षीहरूको अनुभव
यहोवाका साक्षीहरूको अनुभव
ijwex लेख ९
रोइरहेको पादरीलाई बाइबल पढेर सुनाउँदै गरेकी एक स्त्री।

एक पादरीले जवाफ पाउँछन्‌

एलिसो नाम गरेकी साक्षी बहिनीले एक जना स्त्रीलाई बाइबल अध्ययन गराउँदै थिइन्‌। ती स्त्रीको घरमा अचानक दुई जना पाहुनाहरू आए। एक जना पादरी आफ्नी पत्नीसित त्यहाँ आएका थिए। यो दम्पतीले हालै आफ्नो एक मात्र छोराको मृत्युको चोट सहनुपरेको थियो भनेर एलिसो बहिनीले सुनेकी थिइन्‌।

आफ्नो छोरा गुमाएको त्यस दम्पतीलाई एलिसोले त्यो खबर सुनेर दुःख लागेको कुरा बताइन्‌। ती पादरी र तिनकी पत्नी धुरुधुरु रुन थाले। त्यसपछि ती पादरीले रिसाउँदै यसो भने: “परमेश्‍वरले किन यस्तो परीक्षा लिनुहुन्छ भनेर म बुझ्नै सक्दिनँ। मेरो एक मात्र छोरालाई उहाँले कसरी लान सक्नुहुन्छ र? मैले परमेश्‍वरको सेवा गरेको २८ वर्ष भइसक्यो र मैले धेरै असल कामहरू पनि गरेको छु तैपनि परमेश्‍वरले मलाई यस्तो गर्नुभयो? परमेश्‍वरले मेरो छोरालाई किन मार्नुभयो?”

एलिसोले त्यस दम्पतीलाई तिनीहरूको छोरा परमेश्‍वरले लैजानुभएको होइन भनेर बताइन्‌। तिनले फिरौती, फेरि जीवित हुने आशा र परमेश्‍वरले किन नराम्रा कुराहरू हुन दिनुहुन्छ भन्‍ने जस्ता विषयहरूमा कुरा गरिन्‌। ती पादरी र तिनकी पत्नीले यी प्रश्‍नहरूको जवाफ पाउन सकूँ भनेर प्रार्थना गरेका रहेछन्‌ र तिनीहरूले एलिसोबाट ती प्रश्‍नहरूको जवाफ पाएको कुरा बताए।

अर्को हप्ता ती पादरी र तिनकी पत्नी त्यस स्त्रीको बाइबल अध्ययनमा बस्न आए। एलिसोले बाइबलले वास्तवमा के सिकाउँछ? किताबको “मरिसकेका प्रियजनहरूका लागि साँचो आशा” विषयको अध्याय छलफल गर्दै थिइन्‌। त्यस अध्ययनमा त्यो दम्पतीले पनि उत्सुक भएर भाग लिए।

तिनीहरू दुवै जना जर्जियाको टिबिलिसीमा आयोजना गरिएको यहोवाका साक्षीहरूको विशेष अधिवेशनमा उपस्थित भए। अधिवेशनमा देखेको प्रेम र एकताले तिनीहरूको मन छोयो। यस्तै प्रेम र एकता देखाउन तिनीहरूले आफ्नो चर्चका सदस्यहरूलाई प्रोत्साहन दिएका थिए तर सफल भने हुन सकेका थिएनन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने