प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwwd लेख ७
  • सेतो पुतलीको त्रिकोण पोज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेतो पुतलीको त्रिकोण पोज
  • सृष्टि या संयोग
  • मिल्दोजुल्दो सामग्री
  • सूर्यको प्रकाश सोस्ने पखेटा
    ब्यूँझनुहोस्‌!—२०१४
  • पाठ १
    मेरो बाइबल पाठ
सृष्टि या संयोग
ijwwd लेख ७
फूलमा बसिरहेको सेतो पुतली

सृष्टि या संयोग?

सेतो पुतलीको त्रिकोण पोज

उड्‌नको लागि प्रयोग हुने मांसपेशीहरूमा घामको न्यानो परेपछि मात्र पुतलीहरू पखेटा फट्‌फटाएर उड्‌न सक्छन्‌। तर बादल लागेको दिनमा अरू पुतलीहरू उड्‌नुभन्दा पहिल्यै सेतो पुतली उड्‌न थाल्छ। (यो पुतलीलाई अङ्‌ग्रेजीमा क्याबेज ह्वाइट बटरफ्लाई भनिन्छ।) अरू पुतलीसित नभएको कस्तो क्षमता यो सेतो पुतलीसित छ?

विचार गर्नुहोस्‌: उड्‌नुअघि विभिन्‍न प्रजातिका पुतलीहरूले आफ्ना पखेटाहरू बन्द गरेर वा फिँजाएर मजाले घाम ताप्छन्‌। तर सेतो पुतलीले भने त्रिकोण आकारमा आफ्नो पखेटा फिँजाउँछ। सक्दो धेरै ताप सोस्न यो सेतो पुतलीले आफ्ना दुवै पखेटा त्रिकोण आकारमा फैलाउनुपर्छ भनेर अनुसन्धानले देखाएको छ। यस्तो पोजले गर्दा यसको जीउमा हुने मांसपेशीहरू, जुन उड्‌नको लागि प्रयोग हुन्छ, त्यसमा सूर्यको ताप सीधै पर्छ र न्यानो पार्छ। त्यसपछि यो पुतली उड्‌न थाल्छ।

इङ्‌गल्यान्डको एक्सटर विश्‍वविद्यालयका अनुसन्धानकर्ताहरूले यो पुतलीको त्रिकोण पोजको नकल गरेर अझ प्रभावकारी सोलार प्यानलहरू बनाउन सकिन्छ कि भनेर अनुसन्धान गरे। यस्तो पोज नकल गरेर सोलार प्यानलहरू बनाउँदा त्यसले झण्डै ५० प्रतिशत बढी उर्जा उत्पादन गर्दो रहेछ भनेर ती अनुसन्धानकर्ताहरूले पत्ता लगाए।

यो सेतो पुतलीको पखेटाको सतहले अत्यधिक मात्रामा सूर्यको प्रकाश फर्काउँदो रहेछ भनेर पनि अनुसन्धानकर्ताहरूले याद गरे। यसको त्रिकोण पोज र प्रकाश फर्काउने पखेटाको नकल गरेर अनुसन्धानकर्ताहरूले हलुका र अझ प्रभावकारी सोलार प्यानलहरू बनाए। यस्तो नतिजाले गर्दा प्राध्यापक रिचर्ड फ्रेन्च-कन्स्टान्टले यो सेतो पुतलीलाई “सौर्य उर्जा सञ्चय गर्न खप्पिस पुतली” भनेका छन्‌।

तपाईँको विचार कस्तो छ? यो सेतो पुतलीको त्रिकोण पोज क्रमविकासको उपज हो या सृष्टि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने