प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख ९१
  • म घुलमिल हुन सकिनँ भने नि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म घुलमिल हुन सकिनँ भने नि?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानिसहरू किन जसरी पनि घुलमिल हुन चाहन्छन्‌?
  • तपाईँले के बुझ्नुपर्छ?
  • ममीड्याडी किन मलाई रमाइलो गर्न दिनुहुन्‍न?
    युवाहरू सोध्छन्‌
  • साथीहरूले दबाब दिंदा के गर्ने?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • मेरो किन कोही साथी छैन?
    युवाहरू सोध्छन्‌
युवाहरू सोध्छन्‌
ijwyp लेख ९१
एउटा केटा आफ्ना साथीहरूसित घुलमिल हुन नसकेकोले एक्लै बसिरहेको छ

युवाहरू सोध्छन्‌

म घुलमिल हुन सकिनँ भने नि?

“तिमी साथीहरूसित घुलमिल हुनै पर्छ। त्यसो गरेनौ भने तिम्रो कोही साथी हुनेछैन, तिम्रो जिन्दगी बरबाद हुनेछ। तिमीलाई कसैले वास्ता गर्नेछैन र तिमी एक्लै पर्नेछौ।”—कार्ल।

तपाईँलाई यो भनाइ असाध्यै बढाइचढाइ गरेर भनेको जस्तो लाग्यो कि? सायद लाग्यो होला। तर केही मानिसहरू कार्लले भनेको जस्तो हालतमा नपुग्न जे पनि गर्छन्‌। तपाईँ नि? यस लेखले तपाईँलाई साथीहरू बनाउने राम्रो तरिका सिकाउनेछ।

  • मानिसहरू किन जसरी पनि घुलमिल हुन चाहन्छन्‌?

  • तपाईँले के बुझ्नुपर्छ?

  • तपाईँका साथीहरू के भन्छन्‌?

मानिसहरू किन जसरी पनि घुलमिल हुन चाहन्छन्‌?

  • किनभने तिनीहरू एक्लो पर्न चाहँदैनन्‌। “केही साथीहरू मलाई नबोलाईकन आफूहरू मात्र घुम्न गएको फोटो मैले सामाजिक सञ्जालमा देखेँ। तिनीहरूले मलाई किन हेपेको होला जस्तो लाग्यो अनि मेरो दिमागमा त्यही कुरा मात्र घुमिरह्‍यो।”—नेटेली।

    यसबारे सोच्नुहोस्‌: के साथीहरूले तपाईँलाई एक्लै पारेको कहिल्यै महसुस गर्नुभएको छ? तिनीहरूसित घुलमिल हुन तपाईँले केही गर्नुभएको थियो कि?

  • किनभने तिनीहरू अरूभन्दा फरक देखिन चाहँदैनन्‌। “बुबाआमाले मलाई मोबाइल दिनुभएको छैन। साथीहरूले मेरो नम्बर माग्दा अनि मैले फोन छैन भन्दा तिनीहरू यसो भन्छन्‌: ‘के रे? तिमी अहिले पनि बच्चै हो?’ म १३ वर्षकी भएँ भन्दा तिनीहरू अचम्म मान्दै मलाई हेर्छन्‌।”—मेरी।

    यसबारे सोच्नुहोस्‌: बुबाआमाले तोकेको कस्तो नियमले तपाईँलाई अरूभन्दा फरक महसुस गराउन सक्छ? त्यस्तो अवस्थामा तपाईँ के गर्नुहुन्छ?

  • किनभने तिनीहरू दादागिरीको सिकार हुन चाहँदैनन्‌। “स्कुलका साथीहरूले अर्कै पाराले व्यवहार गर्ने, बेग्लै तरिकामा बोल्ने अथवा बेग्लै धर्म मान्‍नेहरूलाई मन पराउँदैनन्‌। तिमी घुलमिल हुन सकेनौ भने सबैले तिमीलाई हेप्नेछन्‌।”—ओलिभिया।

    यसबारे सोच्नुहोस्‌: घुलमिल हुन नसकेकोले के तपाईँ कहिल्यै दादागिरीको सिकार हुनुभएको छ? त्यस्तो अवस्थामा के गर्नुभयो?

  • किनभने तिनीहरू आफ्ना साथीहरू गुमाउन चाहँदैनन्‌। “मैले साथीहरूसित घुलमिल हुन प्रयास गरेँ। अर्कै पाराले बोल्न थालेँ, हाँसो नलाग्ने कुरामा पनि हाँस्न थालेँ अनि साथीहरूले कसैलाई चित्त दुख्ने गरी केही भन्दा म पनि तिनीहरूसँगै मिलेर गिज्याउन थालेँ।”—रेचेल।

    यसबारे सोच्नुहोस्‌: साथीहरूले तपाईँलाई मन पराउनु तपाईँलाई कत्तिको महत्त्वपूर्ण लाग्छ? तिनीहरूसित घुलमिल हुन के तपाईँले आफ्नो बोली-व्यवहार नै बदल्नुभएको छ?

तपाईँले के बुझ्नुपर्छ?

  • घुलमिल हुनको लागि मात्र अरूको नक्कल गर्दा नतिजा उल्टो हुन सक्छ। किन? किनभने कसैले देखावटी व्यवहार गरेको मानिसहरूले प्रायः थाह पाइहाल्छन्‌। बीस वर्षका ब्रायन यसरी सम्झन्छन्‌: “देखावटी व्यवहार गर्दा साथीहरूसित घुलमिल हुन झनै गाह्रो हुन्थ्यो। आफू जस्तो छु, त्यस्तै हुनु बेस हो भनेर मैले सिकेँ किनभने देखावटी व्यवहार गरेको मानिसहरूले थाह पाइहाल्छन्‌।”

    राम्रो तरिका: तपाईँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो, पक्का गर्नुहोस्‌। बाइबल यसो भन्छ: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।” (फिलिप्पी १:१०) आफैलाई सोध्नुहोस्‌, ‘मेरो भन्दा फरक मूल्यमान्यता भएकाहरूसित घुलमिल हुनु महत्त्वपूर्ण हो कि आफ्नै मूल्यमान्यतामा अडिग रहनु?’

    “अरूजस्तो हुन खोज्नु बेकार हो। यसो गर्दा मानिसहरूले तपाईँलाई अझै मन पराउँछन्‌ भन्‍ने छैन अनि तपाईँ असल व्यक्‍ति बन्‍नुहुन्छ भन्‍ने पनि छैन।”—जेम्स।

  • घुलमिल हुन खोज्दा आफ्नो पहिचान नै गुम्न सक्छ। यसो गर्दा तपाईँ साथीहरूलाई रिझाउन जे पनि गर्ने मानिस बनिरहनुभएको हुन सक्छ। जेरेमी नाम गरेका युवक यसरी सम्झन्छन्‌: “साथीहरूसित घुलमिल हुन आफ्नो बदनाम हुने कामहरू गर्नुपरे तापनि म तयार हुन्थेँ। म तिनीहरूको कठपुतली भइरहेको थिएँ।”

    राम्रो तरिका: आफ्नो मूल्यमान्यता के हो, थाह पाउनुहोस्‌ अनि त्यसैअनुसार चल्नुहोस्‌। वातावरणअनुसार रङ्‌ग बदल्ने छेपारोजस्तो नहुनुहोस्‌। त्यसैले बाइबलले यसो भन्‍नु एकदमै सुहाउँछ: “मानिसहरूको लहलहैमा लागेर खराब काम नगर्नू।”—प्रस्थान २३:२.

    “साथीहरूलाई जे-जे मन पर्थ्यो, मैले पनि त्यही-त्यही मन पराउन खोजेँ। जस्तै: सङ्‌गीत, गेम, लुगा, टिभी कार्यक्रम, मेकअप ... म तिनीहरूजस्तै हुन खोजेँ। तर मैले देखावटी व्यवहार गरेको तिनीहरूले थाह पाए जस्तो लाग्यो। तिनीहरूले मात्र होइन म आफैलाई पनि त्यस्तै महसुस भयो। यसले गर्दा मैले खोक्रो अनि एक्लो महसुस गरेँ। म वास्तवमा को हुँ जस्तो लाग्न थाल्यो, मैले आफ्नो पहिचान नै गुमाइसकेको थिएँ। भेटेका सबै मानिसहरूसित घुलमिल हुन सकिँदैन र तिनीहरूले मलाई रुचाउँछन्‌ भन्‍ने छैन भनेर बुझेँ। तर त्यसको मतलब साथीहरू बनाउन कोसिस नै गर्न छोड्‌नुपर्छ भन्‍ने पनि होइन। हतार नगर्नुहोस्‌, साथीहरू बनाउन अनि आफैलाई चिन्‍न समय लाग्छ भनेर मनमा राख्नुहोस्‌।”—मेलिन्डा।

  • घुलमिल हुन खोज्दा तपाईँमा नराम्रो बानी विकास हुन सक्छ। क्रिस नाम गरेका एक युवकको आफन्तको विषयमा यो कुरा साँचो साबित भयो। क्रिस भन्छन्‌: “आफ्ना साथीहरूसित घुलमिल हुन उसले सामान्यतया नगर्ने कुराहरू गर्न थाल्यो। जस्तै: ड्रग्स खाने। त्यसले गर्दा ऊ दुर्व्यसनी भयो र उसको जीवन झन्डै बरबाद भएको थियो।”

    राम्रो तरिका: खराब बोली-व्यवहार भएका मानिसहरूदेखि अलग रहनुहोस्‌। बाइबल भन्छ: “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ तर मूर्खसित सङ्‌गत गर्ने मानिसले दुःख भोग्छ।”—हितोपदेश १३:२०.

    “घुलमिल हुन प्रयास गर्नु सधैँ नराम्रो होइन। तर घुलमिल हुनको लागि जानाजानी गलत काम गर्नु हुँदैन। असल मानिसहरूले तपाईँ वास्तवमा जस्तो हुनुहुन्छ, त्यस्तै रूपमा स्विकार्छन्‌।”—मेलानी।

    सुझाव: एउटै रुचि भएकाहरूलाई मात्र साथी बनाउन नखोज्नुहोस्‌। त्यसको साटो तपाईँको जस्तै मूल्यमान्यता भएकाहरू छान्‍नुहोस्‌। जस्तै: एउटै आध्यात्मिक र नैतिक स्तर अनि एउटै मूल्यमान्यता पालन गर्ने मानिसहरू रोज्नुहोस्‌।

    नसुहाउने लुगा लगाएकी एउटी केटी

    कुनै-कुनै लुगा तपाईँलाई नसुहाउन सक्छ। त्यसैगरि कुनै-कुनै मानिसहरूसितको सङ्‌गत तपाईँलाई नसुहाउन सक्छ

तपाईँका साथीहरू के भन्छन्‌?

एमा

“कुनै साथीहरूसित घुलमिल हुन सक्नुहुन्‍न भने त्यसको कारण विचार गर्नु राम्रो हो। के तिनीहरू तपाईँको जस्तै मूल्यमान्यताअनुसार जीवन बिताउँदैनन्‌? त्यसो हो भने तिनीहरूसित घुलमिल हुन नसक्नु खुसीको कुरा हो।”—एमा।

नोवा

“घुलमिल हुनेबारे धेरै चिन्ता लिनुको सट्टा तपाईँलाई असल मानिस बनाउने गुणहरू विकास गर्नतिर समय र शक्‍ति खर्च गर्नुभए राम्रो हुनेछ। अरूप्रति दयालु हुनुभयो भने तपाईँले साथी बनाउन चाहनुभएका मानिसहरू तपाईँतर्फ स्वतः आकर्षित हुनेछन्‌।”—नोवा।

डोमिनिक

“घुलमिल हुन म मानिसहरूमा व्यक्‍तिगत चासो राख्छु अनि तिनीहरूलाई के मन पर्छ र विभिन्‍न कुराहरूप्रति तिनीहरूको दृष्टिकोण कस्तो छ भनेर बुझ्ने प्रयास गर्छु। म अरूजस्तो हुन खोज्दिनँ बरु अरूको सोचाइ मेरो भन्दा फरक हुन सक्छ भनेर चाहिँ मानिलिन्छु। यसले मलाई विभिन्‍न उमेरका मानिसहरूलाई साथी बनाउन मदत गरेको छ।”—डोमिनिक।

पुनरावृत्ति: म घुलमिल हुनै सकिनँ भने नि?

तपाईँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो, पक्का गर्नुहोस्‌।

ख्रिष्टियनहरूलाई नसुहाउने मूल्यमान्यता भएकाहरूसित घुलमिल हुनु महत्त्वपूर्ण हो कि आफ्नै मूल्यमान्यतामा अडिग रहनु?

राम्रो नाम कमाउनुहोस्‌ अनि त्यसमा गर्व गर्नुहोस्‌।

वातावरणअनुसार रङ्‌ग बदल्ने छेपारोजस्तो नहुनुहोस्‌।

खराब बोली-व्यवहार भएका मानिसहरूदेखि अलग रहनुहोस्‌।

घुलमिल हुन प्रयास गर्नु सधैँ नराम्रो होइन। तर घुलमिल हुनको लागि जानाजानी गलत काम गर्नु हुँदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने