a बाइबलकालीन समयमा “छडी”-को लागि चलाइएको हिब्रू शब्दले गोठालोले बगाललाई बाटो देखाउन प्रयोग गर्ने लट्ठी वा लौरोलाई जनाउँथ्यो। (भजन २३:४) त्यसैगरि आमाबुबाले चलाउने अनुशासनको “छडी”-ले छोराछोरीलाई निर्ममतापूर्वक कुटपिट गर्नुलाई नभई मायालु डोऱ्याइ दिनुलाई बुझाउँछ।