फुटनोट
b सेप्टुआजिन्ट अनुवादमा हेर्ने हो भने योना घुरिरहेका थिए भनेर बताइएको छ। तिनको निद्रा गहिरो थियो भनेर यसबाट बुझिन्छ। त्यसैले योनालाई अरूको वास्तै थिएन भन्ने निष्कर्षमा हामी पुगिहाल्नु हुँदैन। किनभने निराशाले घेर्दा कहिलेकाहीं मानिसहरूलाई निद्राले झपक्क छोप्ने गर्छ। जस्तै, गेत्समनीको बगैंचाका पीडाजनक अन्तिम घडीमा येशूले आफ्ना चेलाहरू पत्रुस, याकूब र यूहन्नालाई “सुर्ताले क्लान्त भई निदाइरहेको” भेट्टाउनुभयो।—लूका २२:४५.