फुटनोट
c “माछा” अर्थ लाग्ने हिब्रू शब्दलाई ग्रीक भाषामा “अजङ्गको समुद्री जीव” वा “विशाल माछा” भनेर अनुवाद गरिएको छ। ठ्याक्कै कस्तो किसिमको जीवले योनालाई निलेको थियो भनेर पक्का गर्ने कुनै आधार त छैन तैपनि भूमध्यसागरमा मान्छेलाई सिङ्गै निल्न सक्ने ठूलठूला सार्क माछाहरू फेला परेका छन्। अन्य समुद्रहरूमा त्योभन्दा पनि विशाल सार्क माछाहरू फेला परेका छन्। जस्तै: ह्वेल सार्क भन्ने माछा १५ मिटर वा त्यो भन्दा पनि लामो हुन्छ!