फुटनोट
a “आर्य श्रेष्ठता” बारे, फरवरी १७, १९४० को दी न्यु योर्क टाइम्समा, जर्ज टाउन विश्वविद्यलायको एउटा क्याथोलिक रिजेन्टले एसो भनेको कुरा दिएको थियो: “यो पवित्र रोमी साम्राज्य अथवा जर्मन साम्राज्यको पुनःस्थापना हुनै पर्छ भनेर एडोल्फ हिटलरले भनेको मैले सुनेको छु।” तर इतिहासकार, विलियम शररले त्यो साम्राज्यको नतिजाको वर्णन यस प्रकार गरेको पाउँछौं: “तेस्रो रायख्ले (सम्पूर्ण जर्मन राष्ट्रमण्डल) जनवरी ३०, १९३३ मा जन्म लियो र यसले हजार वर्ष सम्म राज्य गर्नेछ भनेर हिटलरले धाँक लगायो। र नात्सीहरू आपसमा बोल्दा, यसलाई ‘हजार वर्षे रायख्’ भन्ने गर्थिए। तर यो केवल बाह्र वर्ष र चार महिनासम्म कायम रहयो।”